Monday, 2 December 2019

८ वर्षपछि सागमा फर्केको कराँतेले कति दिलाउला स्वर्ण ?

१६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले जितेको स्वर्ण गन्ने हो भने ठूलो हिस्सा मार्सल आर्टसले ओगटेको छ । त्यसमा पनि बढिजसो तेक्वान्दो र कराँतेले नेपालको स्वर्ण तिर्खा मेटाएका छन् ।

सन् १९९९ को आठौं सागमा यी दुई खेल पहिलो पटक समावेश हुँदा नेपालले दुवैमा १४-१४ स्वर्ण जितेको थियो । तर, त्यो सफलता फेरि दोहोरिन सकेको छैन । कराँतेको कुरा गर्ने हो भने १० औं सागमा २ वटा स्वर्णमा खुम्चिएको नेपालले ११ औंमा ३ स्वर्ण जित्यो । तर १२ औंमा कराँतेलाई  समावेश नै गरिएन ।

तेक्वान्दोले पनि १२ औं सागमा एउटा पनि स्वर्ण जित्न सकेन । अहिले दुवै खेललाई पुरानो साख फर्काउने चुनौती छ ।

२० वर्षपछि घरमै फर्किएको सागको १३ औं संस्करणमा कराँतेले आठौंजस्तो प्रदर्शन गर्ने र त्यसपछिको संस्करणको भन्दा राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ । आजै भएको खेलमा नेपालले कराँतेबाट स्वर्णको खाता खोलिसकेको छ । एउटा रजत पनि नेपालको पोल्टामा आएको छ ।

यो पनि पढ्नुहोस १३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

यसपटक ३३ खेलाडी नेपाली टिममा छन् । कुमुते र काता गरेर कूल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

घरेलु भूमिमै हुने भएकाले नेपाली कराँते खेलाडी अहिले हौसिएका छन् । ८ वर्षपछि सागमा फर्किएको कराँते पुरानो इतिहास दोहोर्‍याउने धुनमा छ । नेपाली टिमका मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठ पनि कराँतेले यसपटक राम्रो नतिजा ल्याउनेमा विश्वस्त देखिन्छन् ।

केही समयअघि नेपालले बंगलादेशमा भएको साउथ एसियन कराँते च्यम्पियनसिपमा ८ स्वर्णसहित १९ पदक जितेको थियो । नेपालमा हुने सागमा त्योभन्दा धेरै स्वर्ण ल्याउने श्रेष्ठले बताए ।

पुरूष एकल कातामा स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ ।

‘बंगलादेशमा भएको च्याम्पियनसिपमा ८ स्वर्ण ल्याएका थियौं । सागमा त्यहाँभन्दा धेरै मेडल आउँछ भन्ने आशा गरेका छौं,’ श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

बंगलादेशमा भएको च्यम्पियनसिपमा भारतले पनि प्रतिस्पर्धा गरेको थियो । सागमा भारत सहभागी छैन । त्यसले पनि नेपाललाई केही फाइदा छ । तर भारत नभए पनि सागमा पाकिस्तान आउने भएकोले प्रतिस्पर्धा हुने श्रेष्ठको भनाइ छ ।

यसपटक मार्सल आर्टसमा धेरै आशा गरिएको खेलमा पर्छ कराँते । राष्ट्रिय खेलकुद परिषदले पनि कराँतेको तयारीमा राम्रो सहयोग गरेको श्रेष्ठ बताउँछन् । खेलाडीहरू पनि उत्साही रहेको उनको भनाइ छ ।

केही समयअघि सागकै तयारी क्रममा कराँतेमा विवाद नआएको होइन । तर, यसले खेलाडीलाई असर गर्न नहुने र असर नगरेको श्रेष्ठ बताउँछन् ।

‘माहोल बिग्रेकोजस्तो देखिए पनि खेलाडीमा त्यसको असर छैन । खेलाडीले आफ्नो हिसाबले निरन्तर ट्रेनिङ गरेका छन्,’ श्रेष्ठले भने ।

नेपाली टिममा यसअघि नै साग खेलिसकेका अनुभवी विनोद शाक्य, अनु अधिकारीसँगै अन्य नयाँ खेलाडी रहेका छन् । कराँतेमा नेपालले अहिलेसम्म सागमा २० स्वर्ण जितेको छ । यो केवल तीन संस्करणको नतिजा हो । योपटक सागमा कराँतेतर्फ नेपालबाट ३१ खेलाडी सहभागी छन् ।

सागमा खेल्ने कराँते खेलाडी–

व्यक्तिगत काता महिला
चञ्चला दनुवार (रजत पदक प्राप्त)

व्यक्तिगत काता पुरूष

मण्डेकाजी श्रेष्ठ

टिम काता महिला

संगीता मगर
निर्मला तामाङ
सरु कार्की

टिम काता पुरूष

मण्डेकाजी श्रेष्ठ
महसुस तामाङ
प्रवीण मानन्धर

कुमुतेतर्फ 

५५ केजी – लक्ष्मण तामाङ
८४ केजी तल – दिवस श्रेष्ठ
८४ केजीमाथि – विप्लवलाल श्रेष्ठ
४५ केजी – कुसुम खड्का
५० केजी – अनु अधिकारी

व्यक्तिगत काता महिला
चञ्चला दनुवार
टिम काता महिला
संगीता मगर
निर्मला तामाङ
सरु कार्की

व्यक्तिगत काता पुरूष
मण्डेकाजी श्रेष्ठ
टिम काता पुरूष
मण्डेकाजी श्रेष्ठ
महसुस तामाङ
प्रवीण मानन्धर

फाइट महिला

४५ केजी – कुसुम खड्का
५० केजी – अनु अधिकारी
५५ केजी – मनिषा चौधरी
६१ केजी – अनु गुरुङ
६८ केजीमुनि – सुनीता महर्जन
६८ केजीमाथि – अनुपमा मगर

टिम फाइट महिला

सुस्मिता वाइवा
इस्तर राई
सनी तामाङ
रीता कार्की

पुरूष फाइट
५० केजी – सोनाम लामा
५५ केजी – लक्ष्मण तामाङ
६० केजी – राजीव पुडासैनी
६७ केजी – नवीन रसाइली
७५ केजी – गंगाराम कुसुवार
८४ केजी तल – दिवस श्रेष्ठ
८४ केजी माथि – विप्लवलाल श्रेष्ठ

टिम फाइट पुरूष

राजकुमार रसाइली
अर्जुनकुमार बाक्चन्द
विनोद शाक्य गुवाजु
मुकुन्द महर्जन
लेखनाथ मैनाली
सुशील पौडेल
दिगम्बरप्रसाद पन्त



source https://www.onlinekhabar.com/2019/12/816482

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More