Sunday, 1 December 2019

सागमा नेपालले जित्यो तेस्रो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816442

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More