हिन्दू क्यालेन्डरका अनुसार होलीको पर्व फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ । भनिन्छ, हिन्दू सम्प्रदायको सबैभन्दा पुरानो चार्ड हो । यस चार्डको परम्परा र रंगहरू हरेक पटक परिवर्तन हुँदैछन् । समयको साथसाथै सबै राज्यहरूले होली मनाउन थाले र यसलाई स्थानीय भाषामा विभिन्न नामले चिनाउन थालियो ।
१. आर्यहरूको होलिका
प्राचीन समयमा होलीलाई होलका भनेर चिनिन्थ्यो । यस दिन आर्यले नवरात्रिमा यज्ञ गर्ने गर्थे । यस चार्डमा होलाका भन्ने अर्को व्यक्तिबाट हवन गरेपछि प्रसाद ग्रहण गर्ने परम्परा छ । होलाकाको अर्थ खेतमा पाकेको हन्न हो, जुन आधा काँचो र आधा पकाइएको खालको हुन्छ । हुनसक्छ, यसको नाम होलिका उत्सवको रुपमा भएको हुनसक्छ । प्राचीन कालदेखि नै नयाँ बालीको केही अंश देवताहरूलाई चढाउने गरिएको थियो । यस तथ्यले यो पनि देखाउँदछ कि यो चार्ड वैदिक कालदेखि नै मनाईँदै आएको छ। होली र दिपावली मनाउने गरेको प्रमाण सिन्धु घाटी सभ्यताको अवशेषमा पनि भेटिन्छ ।
२. होलिका दहन
यस दिन असुर हिरण्यकशिपुकी बहिनी होलिकाको दहन भएको थियो । प्रह्लाद जीवित भए । होलिकाको दहन भयो । यसैको सम्झनामा यो होली मनाउने गरियो । यो होलीको पहिलो दिन हो । सम्भावत: यही कारणले पनि यसलाई होलिकात्सव भनिन्छ ।
३. कामदेवलाई गरिएको थियो भस्म
यस दिन कामदेवलाई भष्म गरेपछि पनि फेरि जीवित गराएका थिए । यो पनि भनिन्छ कि यही दिन नै राजा पृथुले राज्यका बच्चाहरूलाई बचाउनको लागि राक्षसी राजकुमारको हत्या गरेका थिए । त्यसैले होलीलाई पनि ’वसन्त महोत्सव’ वा ’काम महोत्सव’ को नामबाट समेत चिन्ने गरिन्छ ।
४. फागु उत्सव
होलिका दहन पछि रंग उत्सव मनाउने प्रचलन भगवान कृष्णको समयदेखि नै सुरू भएको मान्ने गरिन्छ । त्यसपछि यसको नाम फागवाहको रुपमा परिवर्तन भयो । किनकि यो फागुन महिनामा मनाउने गरिन्छ । श्री कृष्णले नै होलीको चाडमा रंगको उत्सव थपेका थिए भन्ने मान्यता पाइन्छ ।
पहिले होलीको रंगलाई पलासको फूलबाट बनाउने गरिन्थ्यो । ती रंगहरू छालाका लागि धेरै राम्रो मानिन्थे । किनकि त्यसमा कुनै रसायन समावेश भएको हुँदैन थ्यो । तर समयसँगै रंगहरुमा रसायनको आविस्कार हुन थाल्यो । ती आविस्कारका कारण अहिले छालामा विभिन्न किसिमका समस्याहरु रंगको कारणले नै हुने गरेको पाइन्छ ।
विभिन्न जात्राहरुको प्रचलन
वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको छ । एक साता अघिदेखि विभिन्न पर्व एवं उत्सवहरु सहित यो पर्व मनाउने गरिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाईं सहित हरेक वर्ष होली मनाउने गरिन्छ । साथै सहभागीहरुबीच रंगीविरंगी अबिर दलेर समेत खुसीयाली मनाउने प्रचलन रहेको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक बिदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
source https://www.onlinekhabar.com/2020/03/841205
0 comments:
Post a Comment