Saturday 28 March 2020

तरकारी पसलमा उच्च सुरक्षा सतर्कता

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई लकडाउन गरिएको छ । भाइरसबाट जोगिन सबै नागरिक घरमै छन् । तर, अत्यावश्यक सामाग्री लिन भने बाहिर निस्कनै पर्ने बाध्यता छ ।

तरकारी, फलफुल, खाद्यान्न लगायतका सामाग्री किन्न कसरी सुरक्षित हुने त ? यसको एउटा नमूना हो, डिल्लीबजारको ढकाल फलफूल तथा तरकारी बजार । यस पसलमा तरकारी किन्न पुग्ने जो कोहीले केही नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

पसल सञ्चालकले ग्राहक आएर कहाँ बस्ने भनेर रेखांकन गरिदिएका छन् । तीन फिट फरकको दुरीमा गोलाकार रेखांकन गरिएको छ । रेखांकनमा बसेर पालैपालो पसलको काउन्टरसम्म पुग्न सकिनेछ । त्यहाँ जाने सबैलाई माक्स अनिवार्य गरिएको छ ।

पसलमा ह्याण्ड स्यानिटाइजर पनि राखिएको छ । ग्राहकका लागि मात्रै होइन पसलका सञ्चालक आफैं पनि उच्च सुरक्षा सतर्कता अपनाएका छन् । हातमा पञ्जा, मुखमा मास्क मात्रै होइन अनुसार छेक्नका लागि सीसाको भाइजरसमेत लगाएका छन् ।

परबाटै सामान दिन्छन्, परैबाट पैसा लिन्छन् । वसन्तपुरको झोंछेमा रहेको एउटा खाद्यान्न पसलमा पनि यस्तै सुरक्षा सतर्कता अपनाइएको छ ।

हेर्नुसः तस्वीरहरु : 



source https://www.onlinekhabar.com/2020/03/848758

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More