Friday, 27 March 2020

विदेशबाट फर्केका खोज्दै, स्वास्थ्य परीक्षण गर्दै थाहा नगरपालिका

१५ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले विदेशबाट फर्केकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परीक्षण थालेको हो ।

स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृतसहितको टोली परिचालित भएको थाहा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार, फागुन १५ पश्चात यो क्षेत्रका ६३ जना घर फर्किएका छन् । यीमध्ये ३४ जनाको नगरपालिकाले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरिसकेको छ । बाँकी २९ जनाको पनि स्वास्थ्य परीक्षण भइरहेको नगरपालिकाले जनाएको छ ।  कतिपय भने परीक्षणका लागि आफैं स्वास्थ्य संस्था पुगेको नगरपालिकाले जनाएको छ ।

यसैबीच, थाहा नगरपालिकाले क्वारेन्टाइन निर्माणसमेत गरिरहेको छ । थाहा नगरपालिका–६, मा निर्माण भइरहेको क्वारेन्टाइन अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/03/848365

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More