Friday 27 March 2020

रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ४२ पुग्यो

१५ चैत, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् ।

छिमेकी मुलुक भारत र अन्य बिभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका बिभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ जना, गोकुलगंगा गाउँपालिकामा ६ जना र खाँडादेवी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । तीमध्ये ३१ जना घरमा र बाँकी सामुदायीक क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

जिल्लाका विभिन्न पालिकाहरुहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ३७ भन्दा बढी आइसोलेसन कक्षहरु स्थापना भइसकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछापमा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ४ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।

सबै पालिकाहरुले सामुदायीक भवन तथा विद्यालय भवनहरुमा क्वारेन्टाइन कक्षहरु निर्माण गरेर शंकास्पद र बाहिरबाट आएका मनिसहरुलाई राख्ने प्रवन्ध मिलाएको रामेछाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । पालिकाहरुमा आपतकालीन अवस्थामा चिकित्सक गएर उपचार गर्ने गरी आइसोलेसन कक्ष स्थापनाका कामहरु समेत भइरहेका उनले बताइन् ।



source https://www.onlinekhabar.com/2020/03/848374

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More