Saturday 28 March 2020

देश फर्केकाको लगत संकलन गरेर क्वारेन्टाइनमा राख : सापकोटा

१६ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपालले विदेशबाट फर्केकाहरूको तत्काल लगत संकलन गरेर क्वारेन्टाइनमा राख्न माग गरेको छ । साथै उसले सर्वपक्षीय कार्यदल बनाएर कोरोना भाइरसविरुद्ध लड्न पनि सुझाएको छ ।

विदेशबाट फर्किएकाहरूबाट कोरोना संक्रमणको खतरा बढिरहेका बेला संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ती सबैलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा राख्न माग गरेका हुन् ।

‘बाहिरबाट आएकाहरू के गरिरहेका छन् ? तिनको अवस्था के छ ?,’ सापकोटाले फेसबुकमा लेखेका छन्, ‘देश फर्किएकाहरूको लगत निकाल र क्वारेन्टाइनमा राख । स्वास्थ्य जाँच गर ।’ तर देश फर्किएकाहरूलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा राख्नुपर्ने सापकोटाको भनाइ छ ।

लगत संकलन र क्वारेन्टाइन व्यवस्थापनका लागि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी परिचालन गर्न पनि उनले माग गरेका छन् । यतिले नपुगेमा युवा र विद्यार्थी सहायता गर्न तयार रहेको उनले बताएका छन् ।

सक्रिय युवा, विद्यार्थी, राजनीतिकर्मीहरूको सर्वदलीय र सर्वपक्षीय परिचालन कार्यदल बनाउन पनि युवासंघले सुझाएको छ । ‘यो लडाइँ सरकारी मानिसहरूको मात्रै होइन, जे–जे हुनु भइसक्यो । बिनापूर्वाग्रह अब सम्हालौं । यसले मात्रै यो युद्ध जितिन्छ ।’



source https://www.onlinekhabar.com/2020/03/848692

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More