१५ चैत, सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।
झापामा ३४१ क्वारेन्टाइन तयार
सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० शैयाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
मेची नगरपालिकामा ७० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ । मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।
जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०/१० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
लकडाउनका समयमा सेवा पु र्याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले छ एम्बुलेन्स तयार गरेको छ । गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका छ । एम्बुलेन्स तयार गरेको हो ।
एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाएको गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिए ।
source https://www.onlinekhabar.com/2020/03/848364
0 comments:
Post a Comment