बेलायतमा सार्स कोरोना भाइरस–२ बाट पीडित बिरामीहरुमा यो बिरामीका केही भिन्न लक्षणहरु देखिएको छ । ती बिरामीहरुले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए, कतिसम्म भने उनीहरुले आफ्नो छाति तथा ढाडमा हात राख्दा उनीहरुले अत्यधिक तातो महसुस हुन थालेको थियो ।
कोभिड–१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ बिरामी हो । त्यसैले विश्वभरका चिकित्सा विशेषज्ञहरुले यसका बारेमा नयाँ–नयाँ जानकारी संकलन गरिरहेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का ताजा रिर्पोटका अनुसार, यदि यो बिरामीको क्रममा कुनै पनि व्यक्तिको शरीरको तापमान १ सय दशमलव ४ (१००.४) डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेल्सियस हुन्छ, साथै खोकि र सास फेर्न पनि गाह्रो भैरहेको छ भने त्यस्ता व्यक्तिहरुले घरबाट बाहिर निस्कनै हुँदैन । साथै अन्य मानिसहरुबाट करिव ६ फिटको दुरीमा मात्र रहनु पर्छ ।
सबैभन्दा सामान्य लक्षण
सार्स कोरोना भाइरस–२ बाट ग्रसित व्यक्तिमा ज्वरो, थकान तथा सुख्खा खोकि लाग्नु सबैभन्दा सामान्य लक्षणहरु हुन् । यद्यपि, केही बिरामीहरुमा नाकबाट पानी बग्नु, घाँटीमा सूजन हुनु तथा दुख्नु, नाक बन्द हुनु अथवा नाकबाट सास फेर्न गाह्रो हुनु, शरीरमा सियोले घोचे जसरी पीडा हुनु तथा डाइरियाको समस्या पनि समावेश छन् ।
८० प्रतिशत केश माइल्ड हुन्छन्
कोभिड–१९ बाट पीडित बिरामीहरुमध्ये ८० प्रतिशत केशहरु माइल्ड हुन्छन्, जुन एउटा सामान्य चिसो लागेको जस्तै अनुभव गराउने शैलीका हुन्छन् र निको पनि हुन्छ । तीनलाई प्रायः विशेष उपचारको आवश्यकता समेत पर्दैन । कतिपटक त बिरामीलाई उनीहरु कोभिड–१९ बाट ग्रसित छु भन्ने कुराको जानकारी समेत हुँदैन ।
यी व्यक्तिहरुलाई समस्या
हरेक ६ मध्ये एक व्यक्तिमा कोरोनाको प्रभाव निकै नै गम्भिर स्तरसम्म पुग्छ । यो स्थिति खासगरी त्यस्ता बिरामीहरुमा देख्न सकिन्छ, जो पहिलादेखि नै कुनै गम्भिर बिरामीबाट पीडित छन् । जस्तो मुटुका बिरामी, ब्लड प्रेशरका बिरामी, मधुमेहका बिरामी अथवा कुनै क्रोनिक रेस्पेरेट्री कन्डिसन जस्तो दमका रोगी ।
कोभिड–१९ का विशेष लक्षणहरु
नेशनल हेल्थ सर्भिस (एनएचएस), यूकेमा कोभिड–१९ का केही विशेष लक्षणहरु देखा परे । त्यसमा रोगीको शरीरको तापक्रम अति नै बढेको पाइयो । यति बढी कि यदि बिरामीले आफ्नो छाती अथवा ढाडमा हात राख्दा समेत पोलेको अनुभव भयो ।
निको हुने सम्भावना रोग प्रतिरोधक क्षमतामा निर्भर
कोविड–१९ एउटा भाइरल निमोनिया भएकाले यसका बिरामीहरुलाई कुनै पनि प्रकारको एन्टिबायोटिक ट्याब्लेटले काम गर्दैन । फ्लूमा दिइने एन्टिभाइरल ड्रगले पनि यो बिरामीमा काम गर्दैन । अहिलेसम्म यो बिरामीको कुनै पनि खोप तयार भैसकेको छैन । यस्तो अवस्थामा यो रोगबाट छुटकारा पाउने कुरा बिरामीको रोग प्रतिरोधक क्ष्ँमतामा नै निर्भर गर्छ ।
नेशनल हेल्थ सर्भिसको सल्लाह
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह के छ भने जो सुकै व्यक्तिलाई माथि उल्लेखित लक्षणहरु देखा प¥यो भने ती व्यक्तिले कम्तिमा ७ दिनसम्म घर भित्रै बस्नु पर्छ । त्यसक्रममा परिवारका सदस्यहरुसंग समेत ती व्यक्तिले एउटा दुरी बनाउनु पर्छ । यदि तपाईं परिवारसंग बसिरहनु भएको छ भने तपाईंले कम्तिमा १४ दिनसम्म घर भित्रै बस्नु पर्छ ।
यस्तो अवस्थामा स्वास्थ सहायता
यदि तपाईंको शरीरमा बिरामीको लक्षण ७ दिनपछि नै देखा प¥यो भने पनि तपाईंले तत्काल स्वास्थ सहायता लिनु पर्छ । कोभिड–१९ बाट ग्रसित बिरामीहरुमध्ये मृत्यु हुने मानिसहरुको संख्या जवान व्यक्तिहरुमा एक प्रतिशतभन्दा पनि कम हुन्छ । जबकि वृद्ध–वृद्धा अथवा अन्य बिरामीसंग जुधिरहेका व्यक्तिहरुमा यो संख्या तीन प्रतिशत भन्दा बढी छ ।
फ्लू र कोभिड–१९ बाट मुक्ति
सिजनल फ्लूमा बीरामीबाट मृत्यु हुने मानिसहरुको संख्या एक प्रतिशतभन्दा कम हुन्छ । त्यही पनि त्यस्ता मौसमी विरामीहरुबाट हरेक वर्ष विश्वमा करिव चार लाख मानिसहरुको मृत्यु भैरहेको हुन्छ । मौसमी फ्लू तथा कोभिड–१९ मा एउटा ठूलो अन्तर के छ भने यो बिरामीको कुनै खोप बनेको छैन । त्यसैले जो व्यक्तिहरुमा यो बिरामीको संक्रमणको सम्भावना बढी हुन्छ, उनीहरुलाई बचाउन निकै गाह्रो हुन्छ ।
तापक्रम नाप्ने बेलामा ध्यान दिने कुराहरु
यदि तपाईंले खाना खानु भएको छ, कुनै पेय पदार्थ पिउनु भएको छ, डान्स अथवा एक्सरसाइज गर्नु भएको छ भने ती गतिविधिहरु गरेको कम्तिमा आधा घण्टापछि नै आफ्नो शरीरको तापमान परिक्षण गर्नु होला । यदि तपाईं पारासिटामोल, आईब्रूफिन, एस्पिरिन जस्ता कुनै औषधी सेवन गरिरहनु भएको छ भने तपाईंले ती औषधि सेवन गरेको छ घण्टापछि शरीरको तापमान परिक्षण गर्नु पर्छ ।
source https://www.onlinekhabar.com/2020/03/848348
0 comments:
Post a Comment