२० फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भीडभाड हुने कार्यक्रम नगर्न सरकारले आग्रह गरेललगत्तै युवा संघले आफ्ना सबै कार्यक्रमहरू स्थगित गरेको हो ।
मातहतका सबै कमिटीहरूलाई जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताए ।
संघले कोरोना भाइरसबारे जनचेतनामूलक काममा परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन पनि दिएको छ ।
source https://www.onlinekhabar.com/2020/03/841202
0 comments:
Post a Comment