Sunday, 5 December 2021

यू-१९ क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि गुल्सन झासहित २० खेलाडी छनोट

२० मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

यही डिसेम्बरमा अन्त्यमा हुने एसीसी यू-१९ एसिया कपलाई मध्यनजर गर्दै क्यानले २० खेलाडीलाई छनोट गरेको हो ।

आइतबार सम्पन्न भएको वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट समितिले खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्सन झा, राष्ट्रिय टिमको क्याम्पमा परिसकेका अर्जुन कुमाल र अनुज चुनारा लगायत खेलाडी छनोट भएका छन् । यस्तै घरेलु सिनियर प्रतियोगिता र फ्रेन्चाइज क्रिकेटमा राम्रो गर्दै आएका विवेक यादव, शेर मल्ल पनि छनोट भएका छन् ।

यस्तै यू-१९ प्रतियोगितामा उत्कृष्ट खेलाडी र बलर घोषित भएका मोहम्मद हुसेन, उत्कृष्ट ब्याट्सम्यान देव खनाल लगायत खेलाडी छानिएका छन् ।

क्यानका अनुसार नेपाली टोली आउने बुधबारदेखि प्रशिक्षण सुरु गर्नेछ । त्यसअघि छनोट भएका खेलाडीले मंगलबार रिपोर्ट गर्नुपर्ने क्यानले जनाएको छ ।

एसिया कपमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, युएई र कुवेतको सहभागिता रहने छ । प्रतियोगिता युएईमा हुने बुझिएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुज कुमार चुनारा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही, आदील अन्सारी



source https://www.onlinekhabar.com/2021/12/1048533

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More