Sunday, 5 December 2021

पुरुष भलिबल : दोस्रो चरणमा १६ खेलाडी छनोट, ४ खेलाडी बाहिरिए

काठमाडौं । एभिसी सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपको लागि दोस्रो चरणमा पुरुष टिममा १६ खेलाडी छनोट भएका छन् ।

प्रतियोगिताका लागि नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा सुरुमा २० खेलाडीलाई राखेको थियो । जसबाट १६ खेलाडी दोस्रो चरणमा छनोट भएको संघले जनाएको छ ।

प्रशिक्षणमा रहेका मध्ये दुर्गा महतो, विजय थापा, दिलबहादुर सुनवार र झमन सिंह दर्जी भने बाहिरिएका छन् ।

अब सेन्ट्रल जोन खेल्ने अन्तिम १२ जनाको टोली डिसेम्बर १२ मा छनोट गरिने पनि संघले जनाएको छ । पुरुष टिमलाई विदेशी प्रशिक्षक हान अबिङले प्रशिक्षण दिइरहेका छन् ।

बंगलादेशको ढाकामा यही डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोनका लागि अहिले नेपालको पुरुष र महिला टोली बन्द प्रशिक्षणमा छन् ।

बन्द प्रशिक्षणमा रहेका १६ खेलाडी:

ईम राना मगर, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरवबहादुर बम, दीपकराज जोशी, रविन चन्द, शरण समारी क्षेत्री, विशाल विक, इश्वर थापा, विनोद चन्द ।



source https://www.onlinekhabar.com/2021/12/1048536

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More