Sunday, 5 December 2021

एसियन युथ पारा गेम्समा नेपालकी पलेशाले जितिन् स्वर्ण

काठमाडौं । बहराइनको मान्नमा भएको एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले स्वर्ण पदक जितेकी छन् ।

एसियन युथ पारा गेम्समा नेपालले १ स्वर्ण १ रजत र १ कांस्य पदक जित्दै ऐतिहासिक सफलता हात पारेको तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

एसियन युथ पारा गेम्स २०२१ मा नेपालबाट तेक्वान्दोतर्फ प्रतिस्पर्धा गरेका पारा ओलम्पिक पलेशाले स्वर्ण जित्दा सिर्जना घिसिङले रजत र विशाल गर्वुजाले कांस्य पदक जितेका हुन् ।

के ४४ क्याटेगोरी माइनस ५७ केजी समूहमा पलेशाले इरानकी रोजा एब्राहिमलाई पराजित गरेकी हुन् ।

के ४४कै माइनस ५२ केजीको फाइनलमा नेपालकी सिर्जना इरानकी घनबारिकोमिसानी साहरसँग पराजित भइन् ।

विशाल भने के ४४ माइनस ५८ केजी समूहको सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडी सोनाजारोभसँग पराजित भए ।



source https://www.onlinekhabar.com/2021/12/1048542

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More