Monday, 13 December 2021

वागमतीमा मन्त्रिपरिषद विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

२८ मंसिर, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन ।

नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने मन्त्री शालिकराम जमकटेलले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने नेतृ मुनु सिग्देलले जानकारी दिइन् । वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1052291

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More