Saturday, 4 December 2021

रियल मड्रिड विजयी, एट्लेटिको र बार्सिलोना पराजित

१९ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै अंक दूरी बढाएको छ ।

शनिवार राति सोसिडाडको मैदानमा भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे ।

छिमेकी एट्लेटिको मड्रिड मायोर्कासँग २-१ ले पराजित भएपछि रियललाई झन् फाइदा पुगेको छ ।

रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ । रियलको १५ खेलबाट ३९ अंक छ । सेभियाको ३१ अंक छ । सोसिडाड १६ खेलबाट २७ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

टाकेफुसा कुबोले इन्जुरी टाइममा गोल गरेपछि मायोर्काले एट्लेटिको विरुद्ध पुनरागमन जित हात पारेको हो । माथियस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाए पनि कायम राख्न सकेन । फ्रान्को रुसोले मायोर्काका लागि बराबरी गोल फर्काएका थिए ।

हारपछि एट्लेटिको १५ खेलबाट २९ अंकसहित चौथो स्थानमा छ ।

यस्तै अर्को खेलमा बार्सिलोना घरेलु मैदानमै रियल बेटिससँग पराजित भएको छ । बेटिसका लागि दोस्रो हाफमा जुअनमीले गोल गरेका थिए ।

जितपछि बेटिस १६ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । बार्सिलोना भने २३ अंकसहित सातौं स्थानमा छ । जाभी प्रशिक्षक बनेपछि बार्सिलोनाले लिगमा पहिलो हार बेहोरेको हो ।



source https://www.onlinekhabar.com/2021/12/1048154

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More