Saturday, 4 December 2021

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

१९ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थाननमा उक्लेको हो ।

सिटीको लागि बर्नानर्डो शिल्भाले दुई तथा रहिम स्ट्रलिङले एक गोल गरे ।

जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा पुग्‍यो । चेल्सी पराजित भएपछि सिटीलाई फाइदा पुगेको हो ।

अर्को खेलमा लिभरपुलले वल्भ्सलाई १-० ले पराजित गर्‍यो । डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले जित हात पारेको हो ।

लिभरपुल १५ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1048157

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More