Thursday, 2 December 2021

केही महीनामै स्थानीय तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् । ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ उनले भने, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ  ।’

उनले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।



source https://www.onlinekhabar.com/2021/12/1047496

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More