Thursday, 2 December 2021

‘ए मेरो हजुर ४’ पछि घरबाहिरको फिल्ममा काम गर्ने सुहानाको तयारी

१७ मंसिर, काठमाडौं । नायिका सुहाना थापा बिहीबार दिउँसो नेपाल आएकी छन् । अमेरिकामा रहेकी सुहाना चलचित्र ‘ए मेरो हजुर ४’को डबिङ र प्रमोसनका लागि नेपाल आएकी हुन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सुहानाले आफू चलचित्रलाई लिएर उत्साहित भएको बताइन् ।

सुहानाले ‘ए मेरो हजुर ३’बाट चलचित्र यात्रा शुरु गरेकी हुन् । यही चलचित्रको चौथो सिरिजमा पनि सुहानाले नायक अनमोल केसीसँग स्क्रिन शेयर गरेकी छन् ।

सुहानाले घर बाहिरको चलचित्रमा काम गर्न मन देखाएकी छैनन् । तर, चलचित्र ‘ए मेरो हजुर ४’ पछि भने सुहाना बाहिरको चलचित्रमा काम गर्ने तयारीमा छिन् । सुहानाका बुवा सुनिलकुमार थापाले भने, ‘अहिले उनलाई एउटा बाहिरी ब्यानरको चलचित्रको कथा मन परेको छ । अब त्यसमा काम गर्छिन् होला ।’

यो चलचित्रको काम सकिएपछि भने सुहानाले होम प्रोडक्सनकै चलचित्र ‘भागवत गीता’मा काम गर्नेछिन् । यो चलचित्रको छायांकन वैशाखबाट शुरु गर्ने निर्माता थापाको योजना छ ।



source https://www.onlinekhabar.com/2021/12/1047513

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More