Sunday, 5 December 2021

ज्याकलिनलाई विदेश जान रोक लगाइयो

२० मंसिर, काठमाडौं । विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ ।

ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो मुद्दाको बलियो प्रमाण भएकाले विदेश जान नदिइएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन विरुद्ध लुकआउट जारी गरिएको छ । यो विषयमा अर्की अभिनेत्री नोरा फातेहीसँग पनि सोधपुछ गरिसकिएको छ ।

मिडिया रिपोर्टका अनुसार ज्याकलिन यो मुद्दाका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरको प्रेम सम्बन्धमा छिन् । उनीहरुको एक तस्वीर केही दिन अगाडि मात्र सार्वजनिक भएको थियो । सुकेशले प्रहरीसँगको बयानमा ज्याकलिनलाई ५२ लाखको घोडा र चारवटा बिरालो उपाहार दिएको बताएका थिए । उनका अनुसार एउटा बिरालोको मूल्य ९ लाख भारु पर्छ ।

ज्याकलिनले भने यो विषयमा केही पनि बताएकी छैनन् ।



source https://www.onlinekhabar.com/2021/12/1048618

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More