Friday, 10 December 2021

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार

२५ मंसिर, काठमाडौ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।

प्रदेश अधिवेशनमा गण्डकीमा सभापतिको उम्मेदवारका लागि ९१ हजार शुल्क तोकिएको थियो ।



source https://www.onlinekhabar.com/2021/12/1050717

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More