Sunday, 1 December 2019

धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित

१६ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार  ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

विजयी तिलक राईलाई  नेकपाका पराजित उम्मेदवार प्रकाश राईले बधाइ दिएका छन् ।



source https://www.onlinekhabar.com/2019/12/816441

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More