Tuesday, 3 March 2020

नेपालबाट स्पेन फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु

२१ फागुन, काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस फेला नपरे पनि यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भ्यालेन्सियाको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार, नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा निधन भएको हो ।

कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो । ज्यान गुमाउने ती व्यक्तिबारे विस्तृत केही बताइएको छैन ।



source https://www.onlinekhabar.com/2020/03/841466

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More