१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।
पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनको २, धनुषा, बर्दिया र नवलपरासीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
अढाइ वर्षको बालकदेखि ७७ वर्षका संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १३.१ देखि ३५.१ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
यो पनि पढ्नुहोस वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्युsource https://www.onlinekhabar.com/2021/05/950071
0 comments:
Post a Comment