Thursday 29 April 2021

इजरायलमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु

१७ वैशाख, काठमाडौं । इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो । घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वार्षिक पर्व मनाउन दशौं हजार यहुदा भेला भएका थिए । भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् ।

यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/949805

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More