Monday 26 April 2021

कृषि विकास बैंकको नाफा १.३९ प्रतिशतले बढ्यो

१४ वैशाख, काठमाडौं । कृषि विकास बैंकको मूनाफा १.३९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा १.३९ प्रतिशत धेरै हो ।

बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत बढेको भने वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ प्रति सेयर आम्दानी आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा ०.५७ प्रतिशतविन्दु घटेर ३.०८ प्रतिशतमा झरेको छ ।



source https://www.onlinekhabar.com/2021/04/948931

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More