Tuesday 27 April 2021

सुनको भाउ तोलामा सात सयले घट्यो

१५ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अंकले घटिरहेको छ ।

 



source https://www.onlinekhabar.com/2021/04/949252

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More