Tuesday, 27 April 2021

निषेधाज्ञामा विमानस्थल आवतजावत गर्न साझा बसको सुविधा

१५ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन । हवाई उडानका यात्रुको सहजीकरण गर्न प्राधिकरणले साझा यातायातका बस सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबारको बैठकले वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघसंस्थाका कर्मचारी तथा सवारी साधनलाई विगतमा झैं आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमतिपत्र जारी गर्ने भएको छ ।

आन्तरिक हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल जान-आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था मिलाउने निर्णय समेत गरेको हो ।



source https://www.onlinekhabar.com/2021/04/949244

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More