Monday 26 April 2021

एनबी बैंकले ९ महिनामा कमायो १ अर्ब ६३ करोड

१४ वैशाख, काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६३ करोडढ रुपैयाँ मूनाफा आर्जन गरेको छ । गत अािर्थक वर्षको सोहि अवधिमा १ अर्ब रुपैयाँमात्रै रहेको एनबी बैंकको मूनाफा अहिले ६३.०२ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको वितरण योग्य मूनाफा ९८ करोड ३२ लाख रुपैयाँ देखिएको छ । बैंकको अन्य धेरै सूचकहरु राम्रा देखिएका छन् । बैंकको निक्षेप पनि १०.३२ प्रतिशतले बढेर ७३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार भने कम देखिएको । बैंकको कर्जा १२.१२ प्रतिशतले बढेर ६६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी भने घटेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकको ब्याज आम्दानी गत वर्षको यहिँ अवधिमा २ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा ७.३५ प्रतिशतले घटेर १.९८ अर्ब रुपैयामा झरेको छ ।

बैंकको खराब कर्जा २.७६ बाट घटेर १.९८ प्रतिशतमा झरेको छ भने इपीएस २४.२६ रुपैयाँ रहेको छ ।



source https://www.onlinekhabar.com/2021/04/948915

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More