Tuesday 27 April 2021

नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु

१५ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । उनमा मधुमेहको पुरानै समस्या थियो ।



source https://www.onlinekhabar.com/2021/04/949235

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More