Tuesday 27 April 2021

हिमालय टीभीमा निर्मल र कमलको ‘डन्ट माइन्ड’

म्यूजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा नेपाली टेलिभिजन सिरियल तथा चलचित्रहरूमा विभिन्न भूमिका निर्वाह गरेर लामो समयदेखि सक्रिय कलाकारहरुको अभिनय रहेको हाँस्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आजबाट प्रशारण हुने भएको छ ।

यो टेलिचलचित्र हरेक बुधबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । यस्तै, बुधबार बेलुकी साढे ८ बजेबाट म्यूजिक नेपालको युटुब च्यानल र मोमो एपबाट प्रशारण हुनेछ ।

यस टेलिचलचित्रको निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनीता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमिल्सिना, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतले अभिनय गरेका छन् ।

म्यूजिक नेपालद्वारा प्रस्तुत तथा समाजमा घटिरहने समसामयिक तथा राजनैतिक विषयवस्तु समेटेर प्रस्तुत हुने यो हाँस्य टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ हुन् । यसमा पटकथा कमल मैनालीको छ भने यसका सम्पादक गौतमराज खड्का हुन् । यसको दृश्याङ्कन राजु केसीले गरेका छन् । यो टेलिचलचित्रको शीर्ष गीत कमल मैनालीले लेखेका हुन् भने सङ्गीत र स्वर राजीव लोहनीको छ ।



source https://www.onlinekhabar.com/2021/04/949247

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More