१४ वैशाख, काठमाडौं । प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेष्टरले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।
लेष्टरको मैदानमा भएको खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त अग्रता कायम रहे पनि दोस्रो हाफमा लेस्टरले पुनरागमन गर्दै दुई गोल फर्कायो ।
५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए । ८०औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।
जितपछि ३३ खेलबाट ६२ अंक जोडेको लेस्टर शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना मजबुत बनाएको छ । समान खेलबाट ७७ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने म्यानचेष्टर युनाइटेड ६७ अंकसहित दोस्रो स्थानमा छ ।
क्रिस्टल प्यालेस ३८ अंकसहित १३औं स्थानमा रहेको छ ।
source https://www.onlinekhabar.com/2021/04/948901
0 comments:
Post a Comment