Friday, 30 June 2023

कष उपज फलनपरन अवसथ कन आउछ?

गएको साता किसानले मूल्य नपाएर कालीमाटीमा गोलभेंडा फालेको समाचारले तरंगित बनायो। किसानले प्रतिकिलो २ रुपैयाँ पनि नपाएको गोलभेंडा उपभोक्तासम्म आइपुग्दा ४५ रुपैयाँ हुनगई मिहिनेत गर्नेले भन्दा स्रोत (कालीमाटी, वित्तीय स्रोत र सरकारी निकाय) मा पहुँच हुनेले बढी नाफा कमाए भनेर हामी मौसमी रूपमा आन्दोलित भयौं। मौसमी किनकि यो प्रत्येक वर्ष दोहोरिने समस्या हो। केही समय पत्रकारले विषय उठाउने र आम मानिस डिजिटल रूपमा उठ्ने लगभग परिपाटी नै बनिसक्यो। सरकार र उपभोक्ता महासंघले पनि यो सन्दर्भमा नियम बनाउने, अध्ययन गर्ने र प्रतिवेदन तयार गर्ने परिपाटी पनि मौसमी नियमानुसार चलिरहेकै हुन्छ।

क्रमैसँग घट्दै गएर निमिट्यान्न हुनुपर्ने यो समस्या झन् धेरै किसान व्यावसायिक हुँदा किन बढिरहेको छ? सरकारले सहुलियत कृषि ऋण, अनुदान र कृषिलाई प्राथमिकतामा राखेर बनाएका नीति/नियमले काम गर्दैछन् कि कर्मकाण्डीय चक्रमा फसिरहेका छन्? किसानलाई लक्षित सरकारी र गैरसरकारी प्रायोजनमा हुने विभिन्न वित्तीय साक्षरतादेखि व्यावसायिक र प्राविधिक साक्षरताका कार्यक्रमहरूलाई कुरी–कुरी गर्ने काम भइराखेको त छैन?

प्रश्नहरू धेरै छन्। उत्तरका लागि उत्तरको पनि कमि छैनन् तर समस्या ज्युँका त्यूँ हुँदा अब चाहिं समस्याको पहिचानमा नै हामी गल्ती गरिरहेका त छैनौं भन्ने प्रश्न उठेको छ।

निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिकतर्फको हाम्रो इतिहास धेरै पुरानो छैन। आफूलाई पुग्ने रोप्ने अनि बाँकी ऐंचो-पैंचो गर्ने परिपाटीबाट उत्पादनको मूल्य, लागत, बजार र बजारसम्म पुग्ने बाटो खोज्न थालेको पनि धेरै भएको छैन। तसर्थ धेरै समस्याको उत्तर हाम्रो समग्र कृषि प्रणालीको परिपक्वतासँग पनि जोडिन्छ।

यसलाई यसरी पनि हेर्न मिल्लाः निजी क्षेत्रबाट हुने अन्य व्यापारहरू तुलनात्मक रूपमा सुदृढ छन्, प्रणालीगत व्यवस्थामा छन्, सरकार र नीतिनिर्माताहरूसँग सामीप्यता राख्छन्। जसका कारण निजी क्षेत्रमा आउने लगानीका कुरादेखि बजार व्यवस्थापनको कुरा अलि बढी राज्यसत्ताको चासोमा पर्दछन्। तर त्यसको दाँजोमा कृषिमा व्यावसायिक लगानी कम भएका कारण, साना कृषि लगानीकर्ताहरूको राज्यसँग सहज पहुँच नभएका कारण कृषि प्रणालीको विकास तुलनात्मक रूपमा सुस्त भएको हो।

समग्रमा असंगठित रूपमा स-साना किसान बढी हुनु र कुल गार्हस्थ्य उत्पादन र जनशक्तिको अनुपात प्रतिकूल हुनुले पनि समस्या गिजोलिएको र समाधानउन्मुख नभएको देखिन्छ।

आँखा खोल्ने एउटा उदाहरण

केही समय अगाडिदेखि पूर्वी नेपालमा किबीको खुबै लहर आयो। विशेषगरी सरकारी तबरबाट पकेट क्षेत्रको घोषणा र गैरसरकारी क्षेत्रको प्रोत्साहनले धेरै किसानको किबी खेतीतर्फ आकर्षण ह्वात्तै बढ्यो। त्यसबेला किसानहरूसँग कुरा गर्दा किबी निकै फाइदाजनक रहेको, बिक्री मूल्य र नाफाको अनुपात धेरै भएको कुरा सुनिन्थ्यो। धेरै किसानले कागजमै हिसाब गरेर प्रति केजी ७०० रुपैयाँसम्म आउने र मनग्ये आम्दानी हुने सपनाका साथ खेती सुरु गरे।

तर कस्तो किबीले प्रति केजी ७०० रुपैयाँ पाउने हो? किबीमा कस्तो कस्तो रोग आउन सक्छ? पोस्ट-हार्वेस्ट उत्पादनको व्यवस्थापन कसरी गर्ने? सैद्धान्तिक प्रश्नदेखि उत्पादन धेरै हुँदा माग र मूल्यको सम्बन्ध कस्तो हुन्छ? कस्तो किबी चाहिं राम्रो हो? कहिले टिप्दा उपयुक्त हुन्छ? भन्ने प्राविधिक विषयमा निकै कम जानकारी थियो। फलस्वरूप किबी उत्पादन गर्ने धेरै किसानले आशातित मूल्य पाएनन्।

मनग्ये आम्दानी हुने कुरो त परै जाओस्, कतिको उत्पादन लागत नै नउठेको पनि सुनियो। प्रतिकेजी ६००-७०० आउने हिसाब गरेको किबी अन्ततोगत्वा ८०-१०० रुपैयाँमा बेच्दा कस्तो भयो होला? किबीको उदाहरण प्रतिनिधि मात्र हो, विशेष फलफूलदेखि दिनानुदिन प्रयोग हुने फलफूल/तरकारीमा समेत यस्तो समस्या विद्यमान छन्। गोलभेंडा, काउली, भान्टा, दूध लगायत उत्पादन वर्षेनि सडकमा खन्याउनु यसैको ज्वलन्त उदाहरण हो।

किबीको जस्तो समस्या आउनुमा गल्ती कसको त? हाम्रोमा बिचौलियालाई सबै दोष थुपारेर अरु पानीमाथिको ओभानो हुने परिपाटी हावी छ।

हो, बिचौलियाहरूले आफ्नो फाइदा हेरेका हुन्छन्। कृषि क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा, समस्या कृषिमा मात्र किन जटिल छ त ? यदि बिचौलियाले अनुचित कार्य गरेको भए सामाजिक र कर कानुन मार्फत त्यसको निदान सरकारले किन नगरेको? सरकारले चिस्यान केन्द्र र अन्य पोस्ट हार्वेस्ट पूर्वाधार किन नबनाएको? किसानलाई मूल्यबारे सूचना दिन किन नसकेको? के लगाउने, कसरी लगाउने, लगाउँदा समस्या कस्ता आउन सक्छन्? आधारभूत प्रश्नको उत्तर किन दिन नसकेको? शिक्षालय र कृषि ज्ञान केन्द्र लगायतहरूले व्यावसायिक कृषि प्रवर्धनमा किन आशातीत कोसिस गर्न नसकेको? गैरसरकारी संस्थाले कृषक तालिम भनेर गरेको त्यत्रो लगानीको ठोस प्रतिफल के? प्रश्नको फेहरिस्त पनि थोरै छैनन्।

त्यसो त हाम्रो व्यावसायिक कृषिको धरातल यसै पनि कमजोर नै छ। व्यावसायिक परिमाणका लागि नपुग्ने खण्डित जमिन, कृषिमा व्यावसायिक ज्ञानको कमि, वित्तीय व्यवस्थामा कृषकको कमजोर पहुँच, कृषि पूर्वाधारको निराशाजनक/दुरवस्था र समग्र कृषि प्रणालीको बृहत्तर विकासका लागि उदासीन सरकारका कारण हाम्रो कृषिको अवस्था यथास्थितिमै रुमल्लिरहेको छ।

हुन त नयाँ आउने सबै कृषिमन्त्रीले वैज्ञानिक भूमिसुधार, व्यावसायिक रूपमा सुदृढ आत्मनिर्भर कृषि प्रणाली, किसान सम्मान जस्ता लोकप्रिय नारा नदिएका होइनन् तर करिब ६५ प्रतिशत क्रियाशील जनशक्ति कृषिमै हुँदा पनि कृषि क्षेत्रमा रचनात्मक तथा प्रगतिशील नीति नआउँदा ती सबै कुरा लोकरिझ्याईं हुन् भन्ने बारम्बार प्रमाणित भएका छन्।

समाधानतर्फको बाटो

जमिनको स्वामित्व (वैज्ञानिक भूमिसुधार अब सुन्दा–सुन्दा पट्यार लागिसक्यो) सम्बन्धमा सुधार नभइकन कृषि प्रणालीको सुधारको कुरा गर्नु जरा छोडेर पातमाथि पालिस घस्नु जस्तै हुन्छ। हाल नेपालमा जग्गाको औसत स्वामित्व करिब १३ रोपनी (०.६८ हेक्टर) रहेको छ भन्ने तुलना गर्दा भारतमा यस्तो परिमाण १.०८ हेक्टर (२१.२३ रोपनी) रहेछ। अलि परको कुरा होला तर अमेरिकामा यसको परिणाम ३ हजार ५४७ रोपनी रहेको छ। जग्गाको खण्डीकरण र पारिवारिक भागबण्डाका कारण यो स्वामित्व अझ कम हुँदै जाने देखिन्छ।

जग्गाको स्वामित्व कृषि कार्यसँग मात्र सीमित नभएर वित्तीय पहुँचसँग पनि जोडिएको छ, करिब ६६.८ प्रतिशत ऋण जग्गाको स्वामित्वको आधारमा दिइन्छ जसको प्रत्यक्ष प्रभाव स्वामित्व नभएका असंख्य कृषकको वित्तीय पहुँचमा गएर जोडिन्छ। तर यो आलेख भू-स्वामित्व जस्तो जटिल विषयमा केन्द्रित छैन। करार खेती, चकलाबन्दी, कृषि जमिनको प्राथमिकीकरण आदि संवेदनशील र जटिल राजनैतिक मुद्दा हुन् जसको टिप्पणीयोग्य ज्ञान लेखकलाई छैन।

सुन्दा विश्वास नलाग्ला तर आधारभूत तहमा हामीले गर्न सक्ने भनेको व्यावसायिक कृषि प्रणालीको विषयमा कृषकहरूलाई तालिम र अभिमुखीकरण नै हो। हुन त दुवै शब्द बदनाम छन्, तालिम लिने र दिने दुवैको त्यसमा गल्ती देखिन्छ। तर हालसम्म जे गल्ती भए त्यो दोहोरिरहनुपर्छ भन्ने छैन।

यो लेख मार्फत म विशेषगरी गैरसरकारी संस्थाहरूलाई भन्न चाहन्छु, तालिममा आउनेलाई प्रोत्साहन भत्ता दिने चलन बन्द गरौं। बरु त्यो पैसा तालिमको विषयको स्तर र तालिम प्रदानको आधुनिक विधिमा खर्च गरौं।

कृषकलाई बजार बारे जानकारी दिउँ, त्यसको गतिशीलताको जानकारी दिउँ। उत्पादनको माग, आपूर्ति र मूल्यमा त्यसको असर बारे जानकारी दिउँ। लागत मूल्य निर्धारणको जानकारी दिउँ, बजार व्यवस्थापनका धेरै अवयवको जानकारी दिउँ। कृषिमा आएका नयाँ प्रविधि र प्रयोगको जानकारी दिउँ। धरातल बुझेर अनि दूरगामी भएर दिउँ, बस दिनका लागि मात्र नदिउँ।

कृषिसँग निकट भएर प्रविधि अघि बढ्नुपर्ने हो। कृषि विज्ञान, सिंचाइ, बजारको विषय, पूर्वाधार, कृषि औजार लगायत सबै विषयमा कृषि र प्रविधि समिप हुनुपर्नेमा हामीले अझ पनि पुरातन कृषि प्रणालीकै हालीमुहाली देखेका छौं। प्रति हेक्टर उत्पादकत्व कुनै उत्पादनमा बढेको त छ तर अझ पनि त्यो निकै कमजोर छ। कृषि प्रविधिमा सरकार, प्राज्ञिक तथा निजी क्षेत्रबाट प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

कृषिमा वित्तीय पहुँचको दुरवस्था हेर्दा त कतै स-साना किसानलाई प्राथमिकतामा राखी उनीहरूको वित्तीय आवश्यकता पूरा गर्न एउटा नयाँ वित्तीय संरचनाको आवश्यकता त छैन भन्ने प्रश्न पनि जोडदार रूपमा उठाउन सकिन्छ। चलिरहेका संस्थाहरूमा कृषि ऋणको कमजोर अवस्था, त्यसमा प्रशासनिक खर्चको अनुपात बढी, कृषि बुझ्ने जनशक्तिको कमिका कारण पनि विस्तार हुन नसकेको होला। नयाँ बनाएर होस् वा पुरानोलाई नयाँ जस्तो बनाएर, कृषिमा वित्तीय पहुँच बढाउने संरचनाको तत्काल आवश्यकतालाई नकार्न सकिंदैन।

कृषि क्षेत्र नाम मात्रको लागि हाम्रो सबैभन्दा महत्वपूर्ण क्षेत्र होइन। सूचनाप्रविधिसँगै कृषि नै तुलनात्मक कम लगानीमा बढी प्रतिफल दिने क्षेत्र पनि हो। अझै दूरगामी हिसाबले हेर्दा कामको सिलसिलामा विदेशिनुभएका दाजुभाइ दिदीबहिनीहरू फर्किएर आशाका साथ गर्ने मुख्य पेशा/व्यवसाय पनि कृषि नै हो।

कृषि क्षेत्रको व्यावसायिक विकासको आधार हामीले अहिले तयार गर्न सकेनौं भने विदेशिनुभएका पहिलो पुस्ता आएर नेपालमा केही गर्न मुस्किल हुनेछ जुन सामाजिक तथा आर्थिक सबै हिसाबमा प्रत्युत्पादक हुनेछ। फेरि अहिले नै कृषकहरूको अवस्था नसुधार्ने हो भने अझ धेरै नेपाली खाडीमा अमानवीय तवरले श्रमिक जीवन बिताउन बाध्य हुनेछन्। यसैसँग हाम्रो खाद्य सुरक्षा र सम्प्रभुता पनि जोडिएको छ।

तसर्थ हाम्रो सुरक्षा, स्थायित्व, रोजगारी सिर्जना र समग्र आर्थिक सामाजिक उत्थानका लागि कृषि प्रणालीको निर्मम समीक्षा गरी अघि बढ्नुको विकल्प छैन। त्यसपछि मात्र तरकारी फाल्नुपरेको कारुणिक कथाहरू हराउने छन्।



source https://www.onlinekhabar.com/2023/07/1330222

भरजन गयलकटकक पहल वयवसयक अनतरकष परयटन उडन यतरल गरक अनतरकषक सयर

अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेििक्टकले पहिलोपटक अन्तरीक्षमा व्यवसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो व्यवासयिक अन्तरिक्ष पर्यटन यात्रामा तिनजना यात्रु गएका थिए । तिनैजना इटालियन नागरिक हुन् ।

भर्जिन ग्यालेक्टिकको विमान भिएसएस युनिटीले मेक्सिकोस्थित मरुभूमिको आकाशमा ८० किलोमिटर माथि उडान भरेको थियो ।

सो अन्तरिक्ष यात्रामा इटालियन वायुसेनाका कर्णेल वाल्टर विलाडी, लेफि्टनेन्ट कर्णेल एन्जेलो ल्यान्डोल्फी तथा डाक्टर पेन्टालियोन कारलूसी सहभागी भएका थिए ।

साथै सो उडानमा दुईजना चालक दलका सदस्य थिए जसमा पाइलट माइकल मासुची र निकोला पेसिल थिए । उक्त अन्तरिक्ष उडान कूल ९० मिनेटमा सम्पन्न भएकको थियो ।

उडान भरेको ७५ मिनेटपछि विमानले अन्तरीक्षबाट तल र्झन सुरु गरेको थियो । युनिटी २ वटा इन्जिन भएको जहाज हो । ८० किलोमिटरको उचाइमा पुगेपछि सबै यात्रुले शून्य गुरुत्वाकर्षणको अनुभव गरेका थिए । पाइलटले उनीहरुलाई आफुहरु अन्तरिक्षमा आइपुगेको जानकारी गराएका थिए । त्यसपछि तिनैजना केहीबेरका लागि अन्तरीक्षको शून्य गुरुत्वाकर्षणमा तैरिए ।

अर्बपति जेफ बेजोसका अन्तरिक्ष कम्पनी ब्लू ओरिजिन तथा एलन मस्कको स्पेस एक्स कम्पनीपछि भर्जिन ग्यालेक्टिक मानिसहरुलाई पर्यटकको रुपमा अन्तरिक्षको यात्रा गराउने तेस्रो व्यवसायिक अन्तरीक्ष कम्पनी बनेको छ ।

ब्लू ओरिजिन र भर्जिन ग्यालेक्टिकले मानिसहरुलाई अन्तरिक्षको ढोकासम्म लिएर जान्छन् अर्थात् ८० देखि १ सय किलोमिटरको उचाइसम्म । यो क्षेत्रलाई कारमान लाइन भनिन्छ । उता स्पेस एक्सका यानमा जाने यात्रुहरु भन सिधै अन्तरिक्ष स्टेशनसम्मै जान पाउँछन् । यस्तो अन्तरिक्ष यात्राका लागि ती कम्पनीहरुले निकै मोटो रकम लिने गर्दछन् ।

भर्जिन ग्यालेक्टिकको उक्त व्यवसायिक उडानको टिकट शुल्क साढे ४ लाख डलर रहेको बताइएको छ । उक्त जहाज जुन ठाउँसम्म पुग्दछ सो ठाउँबाट पृथ्वी पूर्णरुपमा गोलाकार देखिन्छ र माथि कालो अन्तरिक्ष देखिन्छ जहाँ असंख्य तारा तथा ग्रहहरु देखिन्छन् ।

भर्जिन ग्यालेक्टिक कम्पनीले आफ्नो पहिलो सफल व्यवसायिक उडानमा खुसी व्यक्त गर्दै एक ट्वीट गरेको छ । युनिटी विमान अन्तरिक्षको यात्रा गरी पृथ्वीमा सफल अवतरण गरेसँगै उसले ग्यालेक्टिक १.० लाई पृथ्वीमा स्वागत छ भनेर लेखेको छ ।

स्मरण रहोस् अन्तरीक्षमा यात्राका लागि भर्जिन ग्यालेक्टिकसँग यसअघि नै ८ सय मानिसहरुले टिकटक बुक गराइसकेका छन् । अब दोस्रो उडान कहिले गर्ने भन्ने बारेमा केही बताइएको छैन ।



source https://www.onlinekhabar.com/2023/07/1330219

नरयणगढमगलन सडक फर अवरदध

१६ असारऽ चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।



source https://www.onlinekhabar.com/2023/07/1330217

कठमड महनगरल शकषम गरनपरन थप कम

बजेटलाई सामान्यतया सरकारले एक आर्थिक वर्षमा गर्ने आम्दानी र खर्चको विवरण सहित घोषणा गरिने कार्यक्रमको सँगालोको रूपमा बुझ्ने गरिन्छ। तर, यति मात्रैले बजेटको समग्र परिचयलाई समेट्न सक्दैन। बजेट भनेको संविधानले निर्दिष्ट गरेको राज्यको राजनीतिक, आर्थिक, सामाजिक नीतिलाई कार्यान्वयन गर्ने इन्जिन हो। सरकारको प्राथमिकतामा परेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता वा घोषणापत्र हो। जसको कार्यान्वयनबाट देशले समृद्धि र विकासको लक्ष्य हासिल गर्छ।

असार १० गते देशभरका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन्। कतिपय स्थानीय तहका जनप्रतिनिधिको पारा हेर्दा त उनीहरूले राजीनामा दिएर मार्गप्रशस्त गरिदिए हुन्छ। किनभने उनीहरूले न बजेटको मर्म बुझेको देखिन्छ, न संघीयताको, न स्थानीय सरकारको। दुइटा बजेट त ल्याइसके। अब संघीयताको मर्म र भावना बमोजिम बाँकी तीन वर्ष पनि कुनै माखो मार्ने छाँटकाँट देखिंदैन। एउटा राष्ट्रको जीवनमा पाँच वर्षको समय निकै लामो हो। समाज परिवर्तनको गति पाँच वर्ष अवरुद्ध हुनु भनेको सधैंका लागि पछाडि पर्नु पनि हुनसक्छ। त्यसैले स्थानीय तहको एक वर्ष त खेर गयो गयो अब बाँकी चार वर्ष खेर जानुहुँदैन। अब उनीहरूले सामूहिक राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्छ र संघीयताको मर्म, भावना बुझेको नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ।

महानगरले थोरै भए पनि गर्‍यो

स्थानीय तहले तर्जुमा गरेका बजेटहरूको आम अवस्था निराशाजनक भए पनि केही पालिकाले तुलनात्मक रूपमा राम्रो बजेट ल्याएका छन्। संघीयताको मर्म र भावना अनुसार जनताको अपेक्षालाई केही हदसम्म भए पनि सम्बोधन गर्ने गरी बजेट ल्याउने स्थानीय तहहरूमा काठमाडौं महानगरपालिका पनि पर्छ। काठमाडौं महानगरको बजेटलाई हेर्दा जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। समृद्धि र विकासका सबै पक्षलाई समेटेको छ। अझ गज्जबको कुरा त के छ भने ३५ वटा अन्य स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराउन समेत बजेट विनियोजन गरिएको छ।

यो कुरा सुनेर संघको बजेटमा केही थान निर्वाचन क्षेत्रमा शक्तिशाली मन्त्री र नेताहरूको दबाबमा रकम विनियोजन गर्ने नेपाल सरकारले कस्तो महसुस गरिरहेको होला कुन्नि ? त्यसैगरी लामो समयदेखि संघ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको शिक्षा क्षेत्रलाई त महानगरले प्राथमिकतामा राखेको छ भन्ने कुरा यो क्षेत्रमा गरिएको बजेट विनियोजन र आकर्षक कार्यक्रमहरूले देखाउँछ। त्यसैगरी ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ भन्ने योजनाका लागि मात्रै ५० करोड विनियोजन गरिएको छ।

शायद अघिल्लो आर्थिक वर्ष सुरु भएको ‘शिक्षा सँगै सीप’ कार्यक्रमलाई थप परिमार्जित गरी निरन्तरता दिनका लागि यो कार्यक्रम घोषणा गरिएको हो। जुन कार्यक्रम अन्तर्गत महानगरभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीले ९० घण्टे छोटो अवधिको सीपमूलक तालिम प्राप्त गरेका थिए। जबकि शिक्षासँगै सीप कार्यक्रम नेपाल सरकारले संघीय बजेटमा आव २०७९/८० मा समावेश गरे पनि कार्यान्वयन गर्न नसकेको कार्यक्रम हो। बजेटमा सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाई विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु.५ करोड विनियोजन गरिएको छ।

यो कार्यक्रम पनि पुरानै कार्यक्रम हो बीचमा छुटेको थियो अब निरन्तरता पाउने भएको छ। त्यसैगरी एक विद्यालय एक स्वास्थ्यकर्मी पनि नेपाल सरकारले आव २०७८/७९ को बजेटमा समावेश गरे पनि त्यसपछिका बजेटमा निरन्तरता नदिएको कार्यक्रम हो। संघीय सरकारले कार्यान्वयनमा ल्याउन नसकेको कुरा महानगरले ल्याउनु संघीय लोकतान्त्रिक गणतन्त्रमा खुशीको कुरा हो। यसका साथै एक विद्यालयमा एक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक व्यवस्था मिलाइएको कुरा पनि उल्लेख छ। कस्तो प्रकृतिको सहजकर्ता हो नखुलाइए पनि कार्यान्वयनको चरणमा थाहा होला।

आव २०८०/८१ को बजेटमा महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीलाई उपलब्ध गराउँदै आइरहेको दिवा खाजाका लागि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा उपलब्ध गराउन आवश्यक रकमको व्यवस्था गरिएको कुरा समावेश गरिएको छ। कतिपय विद्यालयले फर्जी विद्यार्थीको नाम पेश गरी खाजाको रकम बुझेको भन्ने कुरालाई नियन्त्रण गरी पारदर्शिता कायम गर्न शायद यो व्यवस्था गरिएको हो।

महानगरको बजेटमा व्यवस्था भएको शिक्षा क्षेत्रको अर्को महत्वपूर्ण कुरा भनेको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न रु.३० करोडको छुट्टै शोधभर्ना कोषको व्यवस्था हो। तीन महिनाको एक पटक तलब पाउन पनि मुश्किल भइरहेको अवस्थामा कोषको व्यवस्थाले अब भने मासिक रूपमा तलब भुक्तानी हुने कुरा शायद सुनिश्चित भएको छ। यो व्यवस्थाले आ.व. २०७६/७७ मै महानगरले मासिक रूपमा तलब भुक्तानी गर्ने भनी एनआईसी एसिया र प्रभु बैंकमा सम्पूर्ण शिक्षक तथा कर्मचारीको बैंक खातासम्म खोलिसकेर पनि कार्यान्वयन हुन नसकेको काम कार्यान्वयन हुने भएको छ। यो आफैंमा सराहनीय कार्य हो।

यसका साथै बजेटमा सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको लागि मासिक भत्ता वृद्धि गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको कुरा उल्लेख छ। यद्यपि महानगरको पहिलेकै कार्यकालमा संघले उपलब्ध गराउने ५०० मा १ हजार थप गरी १५०० पुर्‍याइएको प्रधानाध्यापक भत्ता कति वृद्धि गरिएको हो खुलाइएको छैन। कुल २५ अर्ब ४१ करोड बजेट विनियोजन भएकोमा समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा नियमित क्रियाकलापको लागि महानगरपालिकाको आन्तरिक स्रोतबाट रु.१ अर्ब ३२ करोड ९ लाख ३३ हजार विनियोजन गरिएको छ। किनकि, संघीयताको सफलता वा असफलता वा प्रभावकारिता स्थानीय तहले तर्जुमा गर्ने नीति, कार्यक्रम, बजेटले निर्धारण गर्ने यो बजेट कुल बजेटको हो।

जताततै निराशा छाएको बेला, जनतामा व्यवस्थाप्रति नै वितृष्णा फैलिरहेको बेला महानगरले यति गर्नु पनि कम होइन। कम्तीमा कालो बादलमा चाँदीको घेरा देखिएको छ। निष्पट्ट अँध्यारो छाएको बेला जूनकीरीको उज्यालो पनि गन्तव्य पुग्ने आशा जगाउन पर्याप्त हुन्छ भन्ने उदाहरण सायद यही हो।

धेरै गर्न सकिन्थ्यो

चर्चित भारतीय लेखक कमला भासिनले लेखेको कुरा कतै पढेको थिएँ। मेरो परिवारमा ४ जना सदस्य छन्। म, मेरो श्रीमती, मेरो छोरा र गान्धीजी। म जागिरे हुँ एक सरकारी अफिसमा काम गर्छु, श्रीमती गृहिणी हुन्, घर गृहस्थी सम्हाल्छिन्। छोरा विद्यालय तहको विद्यार्थी हो, पढ्छ। र, गान्धीजी हाम्रो घरमूली हो। भित्तामा बसेर हामीलाई निर्देशन दिइरहनुहुन्छ। हाम्रो घरमा उहाँकै आदेश चल्छ।

छोरा भन्छ- गान्धीजीले मलाई सधैं गृहकार्य गर्न भन्नुभएको छ, सधैं विद्यालय जान भन्नुभएको छ, हातका नङ काट्न भन्नुभएको छ, कपाल कोर्न भन्नुभएको छ, अनुशासित हुन भन्नुभएको छ, साथीहरूसँग मिलेर खेल्न भन्नुभएको छ, आफ्ना लुगा आफैं सफा गर्न भन्नुभएको छ।

श्रीमती भन्छिन्- गान्धीजीले बिहानै उठ्न भन्नुभएको छ, घरको सरसफाइ गर्न भन्नुभएको छ, कम खर्चमा भान्छा चलाउन भन्नुभएको छ, स्वदेशमै उत्पादन हुने सामग्री उपभोग गर्न भन्नुभएको छ।

मलाई पनि गान्धीजी नै सम्झाउनुहुन्छ— समयमा कार्यालय पुग्नु, कार्यालय अवधिभर काम गर्नु, भ्रष्टाचार नगर्नु, अनियमितता नगर्नु, पक्षपात नगर्नु। छिटो–छरितो सेवा प्रवाह गर्नु, सरकार भनेको म होइन नागरिकलाई सेवा दिने कर्मचारी हो अर्थात् तिमी हौ। हामी सबै गान्धीजीले भने अनुसार खुरुखुरु गर्छौं। किनकि हामीलाई विश्वास छ कि गान्धीजीले गलत भन्दैनन्, गलत गर्दैनन्।

भारत स्वतन्त्र भनेको यो एउटा दृष्टान्त हो। गान्धीको नेतृत्वप्रति जनताले गरेको विश्वास हो। सिङ्गो भारतलाई जब गान्धीले आफ्नो भिजन अनुसार हिंडाउन सके अनि भारत बनेको हो। चाहे भारत भन्नुस्, चाहे चीन, मलेसिया, सिङ्गापुर, कोरिया। त्यहाँको नेतृत्वलाई जनताले विश्वास गरेको बेला, आदर्श मानेको बेला सही मार्गमा डोर्‍याउन सकेकाले बनेका हुन्। जनतालाई जब नेताप्रति विश्वास पैदा हुन्छ जब आम नागरिक नेताले देखाएको बाटोमा हिंड्न तयार हुन्छन् त्यतिबेला नेताले सही गन्तव्य देखाउन सक्यो र त्यो बाटोमा हिंडायो भने मात्रै देश बन्ने हो।

बालेनहरूलाई गान्धी, लि क्वान यु, महाथिर मोहम्मदसँग तुलना गर्नु त अतिरञ्जना जस्तो लाग्ला। तर आवेग, उत्तेजना, परम्परागत दलहरूप्रतिको वितृष्णा वा निराशाको अभिव्यक्ति नै सही युवा पुस्ता बालेनको समर्थनमा देखिन्छन्। स्थानीय तहमा बालेन र हर्कको अवस्था हेर्ने हो भने धेरै जनताले विश्वास गरेको अवस्था हो। देशभरिका नागरिकलाई आफूले मतदान गरेर जिताएको आफ्नो पालिकाको नाम थाहा छैन तर हर्क र बालेनको नाम कण्ठै छ।

आवेग भन्नुहोस् वा उत्तेजना नै सही उनीहरूका हजारौं समर्थक छन्। स्वतन्त्रबाट उम्मेदवार बनेर ठूलो मतान्तरबाट राजधानी रहेको महानगरबाट विजयी भए। अवस्था यतिसम्म पुगेको छ कि, अदालतको फैसला मान्दिनँ भन्दा पनि गुडलक बालेन भनेर लेख्छन्। उनीहरूको विरुद्धमा कसैले एक शब्द बोल्यो भने हजारौं मानिस प्रतिवादमा उत्रिन्छन्।

यति मात्रै होइन धेरै पालिकामा एउटै दलका मेयर र उपमेयर हुँदा पनि कुरा नमिलेर मन मिलाउँदैमा कार्यकाल सकिएका छन्। फरक–फरक दलका प्रमुख र उपप्रमुख भएका ठाउँमा त कार्यपालिकाको बैठक बसेर छलफल गर्ने कुरा पनि महाभारत भएको छ। तर, स्वतन्त्र उम्मेदवार उठेर निर्वाचित भएका काठमाडौंका मेयरका लागि यो अवस्था पनि छैन। सुरुका केही बैठकमा केही बेमेलको अवस्था देखिए पनि हाल आएर उपमेयर मात्र होइन सबै वडाअध्यक्षहरू समेत महानगरको विकास गर्ने कुरामा एकमत देखिन्छन्। उनले चालेका कुनै कदममा उपमेयर लगायत वडाध्यक्षहरूले अवरोध गरेको देखिंदैन।

यही अवस्था धरानका मेयरको छैन। हर्क हरेक दिन जस्तो मुद्दा खेपिरहेका छन्। सबै वडाअध्यक्षहरू विरोधमा छन्। तर, राजधानीको मेयरको अवस्था त्यो होइन। बरु उनी आफैं अरुका विरुद्ध मुद्दा दर्ता गर्न गएका छन्। समाज परिवर्तनको सही भिजन, इच्छाशक्ति र देशप्रति माया भएको नेतृत्वका लागि योभन्दा राम्रो अवसर सायदै आउला।

क. दिवा खाजा कार्यक्रम

नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको लागि प्रतिविद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ। काठमाडौं महानगरको गणतन्त्र स्थापनापछिको यो दोस्रो कार्यकाल हो। पहिल्यै कार्यकालमा महानगरले संघीय सरकारले दिवा खाजाका लागि उपलब्ध गराएको १५ रुपैयाँलाई १० रुपैयाँमा झारिएको छ। यसपालिको बजेटमा दिवा खाजा कक्षा ९ र १० सम्मका विद्यार्थीलाई उपलब्ध गराएको भए वा प्रति व्यक्ति खाजा रकममा १० रुपैयाँ थपेर २५ पुर्‍याएको भए वा कतिपय विद्यालयमा क्यान्टिन नभएकोले, कतिपय विद्यालयमा खाजा बनाउने मान्छे नभएकोले विद्यार्थीले स्वस्थकर, गुणस्तरीय खाजा खान नपाएको अवस्थालाई ध्यानमा राखेर विद्यालयमा खाजा बनाउने मान्छेको व्यवस्थापन गरिदिएको भए धेरै राम्रो हुन्थ्यो। यी सबै कुरा वा केही कुराको व्यवस्था गर्न काठमाडौं महानगरका लागि कुनै ठूलो कुरा थिएन।

ख. शिक्षक तथा कर्मचारीको प्रोत्साहन

महानगरको बजेटमा सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता वृद्धिका लागि आवश्यक रकमको व्यवस्था मिलाइएको कुरा आयो। महानगरको अघिल्लो कार्यकालमै संघीय सरकारले उपलब्ध गराउने प्रधानाध्यापक भत्तामा स्थानीय सरकारका तर्फबाट १ हजार थपिएको छ। अहिले कति थपिएको हो खुलाइएको छैन। सामुदायिक विद्यालयमा न्यून वेतनमा लामो समयदेखि काम गरिरहेका परिचर, लेखापाल तथा बाल विकासका शिक्षकहरू छन्। लेखापालले संघले उपलब्ध गराउने १३ हजार ५०० र महानगरले अघिल्लो कार्यकालमै थपेको ३ हजार ५०० गरी १७ हजार, बाल विकास शिक्षकले संघले उपलब्ध गराउने १० हजारमा महानगरले पहिलो कार्यकालमा थपेको ७ हजार गरी मासिक १७ हजार र परिचरले संघले उपलब्ध गराउने ८ हजार र महानगरले पहिलो कार्यकालमै थपेको ७ हजार गरी मासिक १५ हजार पारिश्रमिक पाइरहेका छन्।

राजधानीको महँगीमा उनीहरूले पाइरहेको तलब हो ? भत्ता हो ? अरु नै ? थाहा छैन। महानगरको बजेटमा कम्तीमा २० हजार पुर्‍याइदिएको भए धेरै राम्रो हुन्थ्यो। यो कार्य काठमाडौं महानगरका लागि सामान्य काम हो। उसको क्षमताभित्रकै काम थियो। मजाले सक्थ्यो। संविधानले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय सरकारको क्षेत्राधिकारभित्र राखेको बेला आफ्नो मातहतका कर्मचारीको माग तथा आवश्यकतालाई सम्बोधन गर्नु महानगरको दायित्व पनि हो। तर विद्यालयभित्रका सबैभन्दा पीडित शिक्षक तथा कर्मचारीको आवश्यकतालाई प्राथमिकता दिइएन।

ग. खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक व्यवस्थापन

महानगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवश्यक संख्यामा खुला विज्ञापन मार्फत प्रतिस्पर्धा गराउने, छनोट भएका शिक्षकहरूको रोष्टर तयार गर्ने, रोष्टरमा भएको शिक्षक प्रधानाध्यापकको पद रिक्त भएको महानगरभित्रको तह मिल्ने कुनै पनि विद्यालयमा नियुक्त हुनसक्ने र एउटै व्यक्ति उही विद्यालयमा दुई कार्यकाल भन्दा बढी प्रधानाध्यापक नियुक्त हुन नसक्ने व्यवस्था गरेको भए राम्रो हुन्थ्यो।

यो कार्य अहिलेको महानगरको नेतृत्वले चाह्यो भने सक्थ्यो। यसपालिको संघीय सरकारको बजेटमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न स्थानीय सरकारलाई प्रोत्साहन गर्ने कुरा उल्लेख छ।

घ. निश्चित अवधिपछि शिक्षकको अनिवार्य सरुवा

शिक्षण गर्ने भनेको सिकाउने मात्रै होइन सिक्ने पनि काम हो। एउटा शिक्षकले आफ्नो कार्यकालभरि सिक्ने अवसर प्राप्त गरिरहनुपर्छ। निश्चित गतिमा बगेको पानीले मात्रै बिजुली निकाल्न सक्छ। कार्यकालभरि एउटै विद्यालयमा रहनु भनेको पानी जम्नु जस्तै हो। जसले ऊर्जा उत्पादन गर्न सक्दैन।

त्यसैले प्रत्येक शिक्षकका लागि ५ वर्षपछि महानगरभित्रका कुनै पनि विद्यालयमा तह र विषय मिल्ने गरी सरुवा गर्ने व्यवस्था गरेको भए शिक्षकले र विद्यार्थीले पनि सिक्ने र सिकाउने उपयुक्त अवसर प्राप्त गर्थे।

ङ. पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन

विद्यार्थीले आफ्नो रुचि, क्षमता र सीप अनुसार निश्चित समयमा उत्पादनशील काम गरेर त्यसबाट आयआर्जन गर्ने पढ्दै कमाउँदै कार्यक्रम देशका अन्य पालिकाले सञ्चालन गरेको सुनिन्छ। काठमाडौं महानगरमा यो कार्यक्रम धेरै प्रभावकारी रूपमा सञ्चालन हुन सक्थ्यो। महानगरले विद्यार्थीलाई उनीहरूको रुचि अनुसार छोटो अवधिको तालिम उपलब्ध गराएकै थियो। तालिम उपलब्ध गराएको बाहेकको क्षेत्रमा कतिपय विद्यार्थीको सीप र दक्षता हुन सक्छ।

विद्यार्थीको क्षमता र दक्षता पहिचान गरी उनीहरूले उत्पादन गरेका चीजहरूको बजारको जिम्मा महानगरले लिने हो भने यो कार्यक्रम राजधानीको महानगरका लागि अत्यन्तै प्रभावकारी हुने थियो। जस्तो कि कतिपय विद्यार्थी चित्रकलामा सिपालु हुन सक्छन्, उनीहरूलाई चित्रकलाका लागि प्रोत्साहन गरेर उनीहरूको आर्टलाई बेच्ने व्यवस्था गर्न सकिन्छ।

 च. आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क

भर्खरै महानगरले संस्थागत विद्यालयहरूलाई कक्षा ११ र १२ मा के–कति शुल्क उठाउने गरेको छ वा अब नयाँ भर्नामा के–कति शुल्क उठाउने निर्णय भएको छ, सोको विवरण पठाउनु भनेर परिपत्र गरेको छ। यो आफैंमा महत्वपूर्ण काम हो। यसका साथै सामुदायिक विद्यालयहरूमा साँच्चिकै निःशुल्क शिक्षा छ कि छैन भन्ने कुरा पनि महानगरले हेर्नुपर्छ।

संविधानले अनिवार्य तथा निःशुल्क शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेको अवस्थामा कम्तीमा सामुदायिक विद्यालयले कुनै पनि प्रकारको शुल्क लिने कुरा वाञ्छनीय हुँदैन। कक्षा ८, कक्षा १० र कक्षा १२ मा विद्यार्थीसँग रजिष्ट्रेशन, परीक्षा, भर्ना, मासिक शुल्क लगायत कुनै पनि शुल्क नउठाउने व्यवस्था महानगरले गर्नुपर्छ। त्यसका लागि आवश्यक रकमको व्यवस्था महानगरले नै गर्नुपर्छ। साधन र स्रोतले सम्पन्न, इच्छाशक्तिले भरिपूर्ण महानगरले यो काम सजिलै गर्न सक्छ र सक्नुपर्छ।

समय अझै छ, गर्छन् होलाः शंकाको सुविधा

महानगरको पाँचवर्षे कार्यकालमध्ये १ वर्ष मात्रै व्यतीत भएको छ। दोस्रो वर्षको बजेट छलफलको चरणमा छ। काम गर्नका लागि पूरै ४ वर्ष बाँकी छ। ३ वटा बजेट बनाउने अवसर पूरै बाँकी छ। प्रगति र विकासका लागि यो अवधि पर्याप्त हो। योपालिको बजेटमा भएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा परिस्थिति थप अनुकूल बन्दै जाला।

मेयर र उपमेयरहरू ऊर्जाशील छन्। महानगरमा केही नयाँ गर्न प्रतिबद्ध छन्। महानगरको सिङ्गै टिम एकताबद्ध छ। आगामी दिनमा अहिले नसमेटिएका प्रगति र सुधारका कार्यक्रमहरू समेटिने छन्। यो शंकाको सुविधा उहाँहरूलाई छ।

(लेखक शिक्षण पेशामा संलग्न छन्।)



source https://www.onlinekhabar.com/2023/07/1330214

जपनक टकयम नपल फसटबल हद

१६ असार, टोकियो । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा ‘नेपाल फेस्टिवल’को आयोजना हुने भएको छ ।

जापानीज नागरिक नेपाल घुम्न जाउन भन्ने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको आयोजक गैरआवसीय नेपाली संघ एनआरएन जापानले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

फेस्टिवल जापानको टोक्यिोस्थित नाकानोमा जुलाई २२ र २३ तारिक (साउन ६ र ७ गते) हुनेछ ।

फेस्टिवलले नेपाली खाना, कला र संस्कृतिसँगै सिंगो नेपाल चिनाउने फेस्टिवलकी उप‐संयोजक संगीता अधिकारीले पत्रकार सम्मेलनमा बताइन् ।

‘फेस्टिवल मार्फत् विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मभूमि नेपाल भनेर जापानिज नागरिकलाई नेपाल चिनाउने प्रयास गर्ने छौं’ उप‐संयोजक अधिकारीले भनिन् ।

फेस्टिवलको आर्कषण नेपालको हिमालदेखि तराईसम्मका ११ वटा जातजातीको भेषभुषासहित झाँक्रीको प्रस्तुति, लोक भजन, पञ्चेबाजा, जापनीज कलाकारको प्रस्तुति रहेको संयोजक तथा एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

‘साथै नेपालको परम्परा, धर्म र संस्कृति झल्कने मन्दिर अथवा घरको निर्माण गर्ने छौं’ उनले भने । फेस्टिवलको उद्घाटनका लागि जापान र नेपालको तर्फबाट वहालवाल मन्त्रीको सहभागिताका लागि नेपाली राजदूतावास जापान र एनआरएन जापानले पहल गरिरहेको पौडेलले बताए ।

फेस्टिवलको अनुमानित खर्च १ करोड ५० लाख येन रहेको आर्थिक संयोजक नवीन निउरेले जानकारी दिए ।

‘एनआरएन जापानले लामो समयसम्म घाटा सहेर भएपनि फेस्टिवलको आयोजना गर्दै आएको थियो । खुसीको कुरा के छ भने गत वर्ष पहिलो पटक फेस्टिवल नाफामा गयो । यसवर्ष पनि नाफामा लाने हाम्रो लक्ष्य छ’ निउरेले भने ।

फेस्टिवलको स्पोनजरमा जापानीज संस्था आइएचएनओ समेत रहेको छ । फेस्टिवलमा नेपाल पर्यटन बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मीले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको निउरेले अनलाइन खबरलाई बताए ।

फेस्टिवलमा २६ वटा व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । जसमा १० वटा नेपाली खानाको, १२ वटा व्यापपारिक तथा ४ आयोजकको प्रयोजिनका लागि स्टल रहने, स्टल व्यवस्थापक संयोजक सुवास लामिछानेले जानकारी दिए । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।

गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ ।

कोरोना महामारीमा भने फेस्टिवल गर्न नसकेको एनआरएन जापानले जनाएको छ ।

आयोजकले फेस्टिवलमा उपस्थित हुने नेपालीलाई नेपाली पोशाकमा उपस्थित भइदिन अनुरोध गरेको छ । साथै आफ्नो सम्पर्कमा रहेका जापानिज नागरिकलाई लिएर आउनसमेत अनुरोध गरेको छ ।



source https://www.onlinekhabar.com/2023/07/1330211

Thursday, 29 June 2023

पदमशर परसकरक लग पहल चरणम पसतकक सच सरवजनक

१५ असार, काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष प्रकाशित मध्ये प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरुमध्ये निर्णायक समितिले गरेको सिफारिस अनुसार पहिलो चरणको उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूचि सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ ।

विस्तारित पुस्तकको सूचीमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानी घट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सुन्धुलीयको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा. नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून छन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गर्दै पहिलो चरणको उत्कृष्ट यिनै १५ पुस्तकहरुमध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने जानकारी दिएका छन् ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।



source https://www.onlinekhabar.com/2023/06/1329663

सरकरसग सटङ गरक वयवसयबहक सब सकटम छन : ओल

१५ असार, चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन् ।

असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको  अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए ।

अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए ।

उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए । ‘कोरोनाको महामारीमासमेत हामीले अर्थतन्त्रलाई बचाएका थियौं, संकट आउन दिएका थिएनौं, बैंकमा तरलताको अभाव थिएन, ब्याजदर बढ्न दिएनौं, आपूर्तीमा खास समस्या थिएन, ठूला पूर्वाधारहरुको काम रोकिएन,’ ओलीले भने, ‘तर अहिले न कोरोना छ, केही छैन, किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन । अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर ।’

बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको भन्दै ओलीले त्यसलाई सच्चाउन जरुरी रहेको बताए । ‘ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ ?’ ओलीले भने, ‘किसान वा उद्यमीलाई धरौटी राख्ने नीति नै ठिक छैन, प्रोजेक्ट हेरेर लोन दिने हो, कम्तीमा पनि लोनको अवधि १०/१२ वर्ष बनाउनुपर्छ ।’

ठूला हाइड्रोपावर, राष्ट्रिय राजमार्ग विस्तार, विभिन्न करिडोर र औद्योगिक क्षेत्र स्थापना, पालिकामा अस्पतालहरु जस्ता महत्वपूर्ण संरचनाहरुको काम आफू सरकारमा हुँदा थालेको दाबी गर्दै ओलीले त्यसपछिका सरकारले कुनै ठोस नयाँ पूर्वाधार विकासमा काम गर्न नसकेको आरोप लगाए ।

रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देश भित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राखे । युवा उद्यमीहरुलाई कानुनी रुपमा परेका समस्याहरु लिखित रुपमा दिन आह्वान गर्दै ओलीले त्यसका लागि आफूले जतिसुकै बेला पनि साथ दिन र सहयोग गर्न तयार भएको बताए ।

युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने उनको धारणा छ । उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उनको भनाइ छ ।

जनतालाईसमेत सचेत बनाउन नसकिएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘जनताले पनि काम गरेको देखेन, इतिहास देखेन, हाँहुँका पछाडि कुद्यो, कहिलेकाहीँ इतिहासमा यस्ता समस्या आउँछन्, यस्तोमा तर्क विवेकले काम गर्दैन, एकछिन कुद्नका लागि काम गर्छ, सेन्टिमेटले देश बन्दैन । जबसम्म आम रूपमा रियलाइज गर्दैनौं तबसम्म काम लाग्दैन ।’



source https://www.onlinekhabar.com/2023/06/1329658

धन दवसल समझएक धन

यस वर्षको २०औं राष्ट्रिय धान दिवस यही असार १५ गते शुक्रबारको दिन ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ । यसै दिनलाई दही–चिउरा खाने दिनको रूपमा समेत लिइन्छ ।

नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग पनि जोडिएको छ । नेपाल मात्र होइन विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । विश्वका झन्डै चार अर्ब जनसंख्याको आधारभूत खाद्यान्न चामल हो । नेपालमा धानको महत्व मानिसको जन्मदेखि मृत्युसम्मको सामाजिक तथा सांस्कृतिक संस्कारको रूपमा महत्व छ । यसरी हेर्दा धानको आर्थिक, सामाजिक, सांस्कृतिक सबै खालको महत्व रहेको स्पष्ट हुन्छ ।

धानखेतीको परिदृश्य

भनिन्छ कृषि नेपाली अर्थतन्त्रको आधार स्तम्भ हो । कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ हिस्सा कृषि क्षेत्रले ओगट्छ । कृषि आफैंमा नेपाली अर्थतन्त्रको मूल हिस्सा हो भने कृषि उपक्षेत्रको सबैभन्दा बलियो हिस्सा धान खेती हो किनभने धान खेतीले मात्रै कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत र कृषितर्फको कुल गार्हस्थ्य उत्पादनमा करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपालमा करिब ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिन्छ जसमध्ये करिब आधा–आधी क्षेत्रफलमा धान खेती गरिएको पाइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७९ को धान उत्पादनको तथ्याङ्कलाई हेर्दा वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा धान लगाइएको क्षेत्रफलमा झिनो वृद्धि (०.२६ प्रतिशत) भई कुल क्षेत्रफल १४ लाख ७७ हजार ३७८ हेक्टर भए तापनि उत्पादन र उत्पादकत्व क्रमशः ८.७ र ७.८ प्रतिशतले घट्न गई क्रमशः ५१ लाख ३० हजार ६२५ मेट्रिक टन र ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको छ । यसले धान आयातको अहिलेको अवस्थालाई झनै चिन्ताजनक बनाउन सक्ने देखिन्छ ।

नेपालमा कुल धान खेती हुने भूगोलमध्ये अधिकतम धान उत्पादन तराईका जिल्लामा हुने गर्छ । कुल उत्पादनको करिब ७० प्रतिशत हिस्सा नेपालको तराई भूभागमा हुने भएकाले गर्दा तराईलाई नेपालको खाद्यान्न भण्डारको संज्ञा समेत दिइन्छ । देशको कुल भूभागको सबैभन्दा धेरै क्षेत्रफल (४२ प्रतिशत) ओगट्ने पहाडमा कुल धान उत्पादनको जम्मा २६ प्रतिशत हिस्सा रहेको छ भने बाँकी ४ प्रतिशत धान उत्पादन हिमाली भूभागमा हुने गर्छ ।

त्यस्तै, नेपालमा धानको उत्पादनको प्रवृत्ति हेर्दा बर्खे धानले करिब ९३ प्रतिशत हिस्सा ओगटेको छ भने चैते धानले जम्मा ७ प्रतिशत हिस्सा ओगटेको पाइन्छ ।

उत्पादन र आयातको अवस्था

नेपाल सरकारले चालु (२०७९/८०) आर्थिक वर्षमा धान लगायत प्रमुख खाद्यान्नको आयातमा ३० प्रतिशतले कमी ल्याउने लक्ष्य तथा घोषणा गरेको थियो । संयोग भनौं या के भनौं; देशको अर्थ व्यवस्थामा देखिएको बाह्य प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको आयातमा कडाइ र रूस–युक्रेन युद्धको कारण विश्व खाद्यान्न बजारमा देखिएको गहुँको अधिक मागलाई व्यवस्थित गर्नका लागि भारतले गहुँ निर्यातमा गरेको कडाइका कारण चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म खाद्यान्न आयातमा ३३ प्रतिशत कमी आएको थियो ।

आजभन्दा करिब तीन दशक पहिलाको धान निर्यातकर्ताको रूपमा आफ्नो पहिचान बनाएको देशले आयातकर्ताको पहिचान बनाउँदै गएको छ । पछिल्लो समयमा धानको आयात किन बढ्दै गएको छ त ? यस पछाडिका मूलभूत कारण निम्नानुसार रहेका छन् :

जनसंख्यामा भएको वृद्धिसँगै खाद्यान्नमा देखिएको बढ्दो माग, खानेबानीमा आएको परिवर्तन (उत्पादित मोटा चामल भन्दा आयातित मसिना र बास्नादार चामल प्रति उपभोक्ताको बढ्दो अभिरुचि र दुई छाक भात खाने संस्कार), सडक सञ्जालको विस्तारसँगै सुधारिएको खाद्यान्न वितरण प्रणाली र बजार केन्द्रको बढ्दो विकास, उपभोक्ताको क्रयशक्तिमा देखिएको वृद्धि, भू–उपयोगमा आएको परिवर्तन, शहरकेन्द्रित बसाइँसराइ र बाँझो जग्गा, पछिल्लो २० वर्षमा ०.३६ प्रतिशतले धानखेतीको क्षेत्रफलमा आएको संकुचन, उच्च उत्पादन लागत, कृषकको न्यून प्रतिस्पर्धात्मक क्षमता र न्यून उत्पादन उत्पादकत्व जस्ता कारण मुख्य रहेका छन् ।

उत्पादन र उत्पादकत्वलाई सोझो रूपमा प्रभाव पार्ने तत्व भनेको लगाइने बालीको जात प्रमुख हो । नेपालमा धानको उत्पादन र उत्पादकत्व तुलनात्मक रूपमा न्यून हुनुमा यहाँ लगाइने धेरैजसो जातहरू (८५ प्रतिशत) खुला सिञ्चन हुनु पनि एक हो । उत्पादन र उत्पादकत्वको तथ्याङ्क एकातिर छ भने, अर्कोतिर खाद्यान्न वासलातको ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुरको २०७६ को उपभोग्य खाद्यान्नको वासलातको तथ्याङ्क हेरी प्रदेश अनुसारको खाद्यान्नको माग आपूर्तिको विश्लेषण गर्दा बागमती प्रदेश बाहेक सबै प्रदेशहरू खाद्यान्न बचतको अवस्थामा रहेको पाइएको छ । अत्यधिक जनसंख्या र शहरीकरणको कारण खाद्यान्नको माग बढी हुन गई बागमती प्रदेशमा खाद्यान्न न्यून भएको पुष्ट्याईं केन्द्रको रहेको छ ।

जे होस् उपलब्ध तथ्याङ्कलाई मात्र हेर्ने हो भने एकातिर नेपालमा वार्षिक करिब १६ लाख मेट्रिक टन खाद्यान्न बचतको रूपमा रहेको देखिन्छ भने अर्कोतिर, नेपालको करिब २१ प्रतिशत घरपरिवारमा पर्याप्त खानेकुराको अभाव रहेको तथ्याङ्क पनि भेटिन्छ ।

अब के गर्ने त ?

धान र भातमा आधारित हाम्रो खाद्य संस्कारलाई निरन्तरता नै दिने हो भने हामीसामु दुई वटा विकल्प रहेका छन् । पहिलो विकल्प उत्पादन वृद्धि हो भने दोस्रो उत्पादकत्व वृद्धि । उत्पादन वृद्धि गर्नका लागि अन्य कुरा यथावत् वा सकारात्मक रहेको अवस्थामा धान खेतीको क्षेत्रफल विस्तार गर्दै मूलतः चैते धान (जसको उत्पादन बर्खे धानको तुलनामा २०–२५ प्रतिशतले बढी छ) लाई प्रवर्द्धन गर्नु आवश्यक रहेको छ ।

उत्पादकत्व वृद्धिको विषयलाई हेर्दा धान खेतीमा उन्नत बीउ र प्रविधिको प्रयोग गरी न्यून प्रति एकाइ लागत र क्षेत्रफलबाट अधिकतम उत्पादन लिनुको विकल्प देखिंदैन । यसरी उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिने हो भने हाल देशमा देखिएको करिब ५ लाख टन चामलको वार्षिक मागलाई पूर्ति गर्नका लागि हालको उत्पादकत्व (३.४ मेट्रिक टन प्रति हेक्टर) लाई बढाएर कम्तीमा ४.१५ मेट्रिक टन प्रति हेक्टर बनाउनु आवश्यक रहेको छ ।

उपरोक्त विकल्पलाई रणनीतिगत गरी व्यावहारिक बनाउनका लागि देहायका उपाय अवलम्बन गर्नु आवश्यक देखेका छौं । पहिलो उपाय, दुई छाक भातको संस्कारलाई अंगीकार गर्ने हो भने दुई बाली धान खेती अवलम्बन गर्ने, त्यसका लागि दुई छाक भात र दुई बाली धान खेती रणनीति उत्तम ठहर्छ ।

दोस्रो उपाय, एक छाक मात्र भात खाई अर्को छाक भात बाहेकको वस्तु खाने हो भने सबैभन्दा उत्तम विकल्प भनेको एक छाक भात, एक छाक रैथाने बाली उत्तम रणनीति ठहर्छ । जसले गर्दा खाद्यान्नमा देखिंदै गएको परनिर्भरता हट्दै गई स्थानीय र रैथाने बाली उपभोगले खाद्य र पोषण सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । किनभने नेपालमा खाद्य महत्व बोकेका करिब २५०० प्रकारका रैथाने बाली पाइन्छन् । जसले उन्नत बालीको जातीय विकासमा महत्वपूर्ण भूमिका खेल्छन् साथै उत्पादन र उत्पादकत्व वृद्धि गर्न समेत मद्दत गर्छन् ।

उल्लिखित रणनीति र विकल्पको कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने अन्य विषय र व्यवस्थाहरू निम्नानुसार हुन सक्छन् :

  • धान प्रवर्द्धनका लागि उपयुक्त मसिनो तथा बासनादार धानका जातहरूको लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (इरी) सँग नेपाल कृषि अनुसन्धान परिषद् मार्फत प्राविधिक सहयोग लिने ।
  • चैते धान काट्ने समयमा हुने वर्षाले पाकेको धानलाई क्षति नगरोस् भन्नका लागि उत्पादन स्थलमा धान सुकाउनका लागि सोलार ड्रायरहरूको व्यवस्था गर्ने ।
  • नेपालमा धानखेतमा औसत नाइट्रोजन ४६ केजी, फस्फोरस २६ केजी र पोटास १० केजी प्रति हेक्टर प्रयोग भएको पाइन्छ । यसलाई वृद्धि गरी सिफारिस बमोजिम तीनवटै मलहरू १००ः३०ः३० पु¥याउनु जरूरी छ । यसका साथै, माटोको सन्तुलित व्यवस्थापनका लागि समेत प्राङ्गारिक मलको रूपमा हरियो मल प्रवर्द्धन कार्यक्रमलाई जोड्ने ।
  • गुणस्तरीय र उन्नत जातको बीउको प्रयोग गर्ने जसको प्रयोगको कारणले मात्र पनि २० देखि २५ प्रतिशतसम्म उत्पादनमा वृद्धि हुन जान्छ । तसर्थ, राष्ट्रियस्तरमा धानमा गुणस्तरीय बीउको प्रतिस्थापन दर वृद्धि गर्ने ।
  • सिंचाइ अर्को महत्वपूर्ण पाटो रहेको छ । नेपालमा खेती गरिने क्षेत्रफलको करिब एक तिहाइ अर्थात् करिब १० लाख हेक्टर क्षेत्रफल मात्र सिंचित क्षेत्रफलको रूपमा रहेको छ । धान खेती हुने करिब १५ लाख हेक्टरमध्ये बाँकी ५ लाख हेक्टरमा सिंचाइको सुविधा पुगेको छैन, जहाँ आकाशे पानीको भरमा खेती भइरहेको छ ।
  • नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानबाली लगाइने क्षेत्रफलको करिब एक तिहाइ क्षेत्रफलमा आकाशे पानीको भरमा खेती गर्नु निकै दुःखदायी कुरा हो । जसलाई यथाशक्य सिंचाइको व्यवस्था गर्नु आवश्यक रहेको छ । विशेषतः चैते धानको लागि फागुनदेखि जेठ अन्तिमसम्म सिंचाइका लागि निरन्तर पानी हुने सुनिश्चितता गर्ने ।
  • धानबालीमा आधारित कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरणका लागि कृषकलाई सरल र सहज वित्तीय साधनको पहुँच सुनिश्चित गर्नु अर्को महत्वपूर्ण विषय रहेको छ । त्यस्तै, धान उत्पादनको लागतलाई घटाउन जमिनको चकलाबन्दी कार्यलाई प्राथमिकता दिई यान्त्रिकीकरण मार्फत व्यवसायीकरणमा जोड दिने ।
  • बजार व्यवस्थापन अर्को महत्वपूर्ण विषय बनेको छ । एकातिर उत्पादित उपजको वितरण प्रणाली सुदृढ गर्दै उपजको बजार मूल्यलाई सन्तुलित राखिराख्नु, अर्कोतिर कृषकको न्यूनतम मुनाफा सुनिश्चित गर्दै कृषकलाई थप उत्पादन र बजारीकरणतर्फ प्रोत्साहित गर्नु महत्वपूर्ण रहेका छन् ।
  • बजार व्यवस्थापनको विषयले उपभोक्ताको माग र आपूर्तिको विषयलाई समेत समेट्ने भएकोले विशेषतः धान बालीको विषयमा कुरा गर्दा उपभोक्ताको माग अनुसारका मसिना र बासनादार जातहरूको विकास गरी खेती गर्नु अहिलेको आवश्यकता बनेको छ । बजारीकरणकै सन्दर्भमा, सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण तथा धान खरिद गर्ने कार्यलाई नियमित, पारदर्शी र भरपर्दो बनाई निरन्तरता दिने ।

(मुख्य लेखक ज्ञवाली वरिष्ठ कृषि विकास अधिकृत हुन् भने सह–लेखकद्वय पाठक कृषि अर्थ विज्ञ र रेग्मी बाली विकास अधिकृत हुन् । लेखकत्रय गण्डकी प्रदेशको कृषि मन्त्रालय मातहत कार्यरत छन् ।)



source https://www.onlinekhabar.com/2023/06/1329652

मगलन-नरयणगढ खणडम पहर झरन रकएन सडक अवरदध

१५ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।

मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।

मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउन नसकिएको बताए । ‘पानी परेको छैन, तर पहिरो खसिरहेको छ,’ उनले भने, ‘त्यसैले पहिरो हटाउन सकिएको छैन ।’

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको उनको भनाइ छ । हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको उनले बताए ।

बिहीबार बिहान पनि झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो साढे १ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।



source https://www.onlinekhabar.com/2023/06/1329638

रषटरय धन दवस तथ रपइ महतसव आज

१५ असार, काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।

आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने मन्त्रालयको विश्वास छ ।

नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

दहीच्युराको संस्कृति

असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

 



source https://www.onlinekhabar.com/2023/06/1329629

Wednesday, 28 June 2023

वदयरथहरलई मग पर गरन असतर नबनऊ

१४ असार, काठमाडौं । पेशागत हकहितको माग गर्दै आन्दोलनरत मावि शिक्षकहरुको तालाबन्दीको कारण कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित भएको छ ।

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले मंगलबारदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गर्ने घोषणा गरेको छ । विराटनगर र सुर्खेतको परीक्षण केन्द्रमा ताला लगाएको छ भने केन्द्रमा पनि उत्तरपुस्तिका परीक्षण रोक्ने चेतावनी दिएको छ ।

हिस्टुनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले बोर्डलाई आन्तरिक सर्कुलर गरेर रोकिदिन आग्रह गरेको बताए । उनले भने, ‘हामीले पाँच दिन समपरीक्षणको काम रोकिदिनुहोस भनेको छु, यदि गर्नुभएन भने यहाँ पनि साँचो लगाउँछौं ।’

शिक्षकहरुको आन्दोलनले उच्च शिक्षा अध्ययनका लागि कक्षा १२ को नतिजा पर्खिरहेका विद्यार्थीहरुलाई भने समयमा रिजल्ट नआउने हो कि भन्ने चिन्ताले सताएको छ ।

कक्षा १२ को परीक्षा दिएर सिम्याटको तयारी गरिरहेकी सुरक्षा चौलागाईं उत्तरपुस्तिका जाँच्न रोकिएको खबरले मानसिक तनाब दिएको बताउँछिन् । रिजल्ट ढिला आउने चिन्ता बढेको भन्दै उनले भनिन्, ‘त्यसै पनि रिजल्ट नआएसम्म तनाव नै हुन्छ । अहिले त कपी जाँच्न नै छोड्नु भएको छ भन्ने कुराले झन् तनाव दिइरहेको छ ।’

अर्का विद्यार्थी बसन्त दुलाल पनि शिक्षकहरुले आफ्नो माग पुरा गर्न विद्यार्थीलाई अस्त्र बनाउन नहुने बताउँछन् । उनी भन्छन्, ‘सरहरुको माग ठीक होला, तर आफैंले पढाएको हामी विद्यार्थीलाई किन पासो थाप्नु ? यो त हामीमाथि अन्याय हो नि !’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा तालाबन्दीको कारण विद्यार्थीको नतिजामा ढिलाइ हुने बताउँछन् ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म भएको कक्षा १२ को परीक्षामा करिव चार लाख ६७ हजार विद्यार्थी सहभागी थिए । बोर्डले साउनभित्र नतिजा निकाल्ने तयारी गरिरहेको थियो । परीक्षा नियन्त्रक शर्मा भन्छन्, ‘यही (उत्तर पुस्तिका नजाँच्ने आन्दोलन) कारणले विद्यार्थीको रिजल्ट ढिला हुने भयो । लाखौं विद्यार्थी मानसिक तनावमा पर्ने भए ।’

उत्तरपुस्तिका जाँच स्थगित गर्नुपर्ने हिस्टुनको मागमा आफूहरुको सहमति नभएको भन्दै उनले भने, ‘एक हप्ता उत्तरपुस्तिका परीक्षण रोकिनु भनेको नतिजा पनि एक हप्ता पछाडि धकेलिनु हो । विद्यार्थीको भविष्यसँग जोडिएको कुरामा कसरी समर्थन जनाउन सक्छौं ?’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पनि शिक्षकको माग स्वभाविक भए पनि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण स्थगित गर्नु न्यायसंगत नभएको बताउँछन् । शिक्षकहरुको माग जायज भए पनि प्रकृया गलत भएको भन्दै उनले भने, ‘उहाँहरुले सेवा सुविधा पाउनुपर्छ, तर आफ्नो माग पुरा गर्न विद्यार्थीलाई मोहरा बनाउनु ठिक होइन ।’

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पनि आन्दोलित शिक्षकहरुको मागमा ऐक्यवद्धता भएपनि विद्यार्थीलाई अन्याय पर्ने आन्दोलनमा आफूहरुको सहमति नभएको बताइन् । ‘आन्दोलित शिक्षक साथीहरुले न्याय पाउनुपर्छ । उहाँहरुको पेशागत सुरक्षा हुनुपर्छ’ उनले भनिन्, ‘विद्यार्थीलाई मर्का पर्ने कुरामा हाम्रो समर्थन रहँदैन ।’

‘विद्यार्थीमाथि अन्याय’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला

सरकारले २०६७ सालमा दिएको ४ हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्ने गरी संघीय शिक्षा ऐनमा आउनुपर्ने आन्दोलनरत शिक्षकहरुको माग छ ।

साविक उमावि तहको स्वीकृत दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविच्छिन्न रुपमा कार्यरत शिक्षकलाई उमावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने (विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने), साविकको उमावि तहमा कार्यरत ४ हजारको संख्याको अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरी बुँदा न १ बमोजिम आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गरिनुपर्ने लगायतका उनीहरुको माग छ ।

शिक्षक/कर्मचारीले आफ्नो माग पुरा गर्न विद्यार्थीलाई अस्त्र बनाउनु बद्मासी भएको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् । विद्यालय बन्द गर्ने, उत्तरपुस्तिका परीक्षण स्थगित गर्ने जस्ता आन्दोलनले विद्यार्थीमाथि अन्याय हुने उनी बताउँछन् । भन्छन्, ‘उनीहरुले न्याय पाउनुपर्छ, तर आफूलाई न्याय माग्ने शिक्षकले विद्यालय बन्द गर्ने, उत्तरपुस्तिका जाँच स्थगित गरेर विद्यार्थीमाथि अन्याय गर्न मिल्छ ? यो बद्मासी हो ।’

यस्तो प्रवृत्ति रोक्न नियामक निकाय बलियो गरी काम गर्नुपर्ने बताउँछन् । ‘१२ कक्षा पढाउनेहरुले उत्तर पुस्तिका जाँच गरेनन् भने १२ कक्षा माथिकालाई जाँच गर्न लगाएर भएपनि नतिजा समयमा दिनको लागि काम गर्नुपर्छ’ उनी भन्छन् ‘आन्दोलनकारीले ताला लगायो भन्दै चुप लागेर बस्ने होइन ताला फुटाएर काम सुचारु गर्नुपर्छ ।’

हिस्टुका अध्यक्ष न्यौपाने भने कक्षा ११ र १२ पढाउन पहिला शिक्षक लाइसेन्सको अनिवार्य नभएको, तर अहिले त्यही कारण कतिपय स्थानीय तहले शिक्षक निकाल्न थालेपछि आन्दोलन गर्न बाध्य भएको बताउँछन् । ‘आफ्ना आवाज राज्यलाई सुनाउन सांकेतिक रुपमा एक हप्ताको लागि मात्र गरेको हो’ आफूहरुको आन्दोलनले नतिजा प्रकाशनमा ढिला नहुने दाबी गर्दै उनले भनेका छन्, ‘करिब ९० प्रतिशत उत्तर पुस्तिकाको परीक्षण सकिएको छ, समपरीक्षणको काम मात्रै बाँकी हो ।’



source https://www.onlinekhabar.com/2023/06/1329210

ववधतभतरक एकत न हमर रषटरय पहचन ह : परधनमनतरपरधनमनतर

१४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको नेपाल धर्म निरपेक्ष राज्य भएको उल्लेख गरे ।

बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।

‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1329211

आज बकर इद सरवजनक बद

१४ असार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग (जत्रत) मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत (दुवा) माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुसी भएनन् ।

अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । भोलि पर्व मनाउनका लागि मुसलमान समुदायक तयारीमा जुटेका छन् ।

गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०/१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

बकरिद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ ।

बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरुको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ ।

ठूलो जनावरमा (राँगा, भैँसी, ऊँटजस्ता जनावर) हलाल गरिन्छ त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ । कतिपय मानिसहरुले मृतात्मा(बुबा, हजुर बुबाआमा, पत्नी वा पति)को संझनामा कुर्बानी दिने गर्दछन् ।

अरब देशमा आज मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा भोलि मनाइने भएको छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ ।

यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

– राससको सहयोगमा



source https://www.onlinekhabar.com/2023/06/1329188

Tuesday, 27 June 2023

हव खलम बढ मच रजमरग पन अवरदध

१३ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ ।

यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो ।

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।

पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।



source https://www.onlinekhabar.com/2023/06/1328734

दसर रमनरयण मशर फटबल परतयगत : रतहट र सरह समफइनलम परवश

१३ असार, काठमाडौं । रौतहट र सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिमरा रंगशालामा मंगलबार भएको खेलमा धनुषालाई हराउँदै रौतहट र सप्तरीलाई हराउँदै सिराहा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा सिराहाले सप्तरीलाई ३-१ गोल अन्तरले पराजित गर्यो । सिराहाको जितमा सुजन मगर, अनिल मगर र उद्धव घलेले समान एक-एक गोल गरेका थिए । सप्तरीका लागि निरज चौधरीले एक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सिराहाका अमन लामा म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।

यसैगरी दोस्रो खेलमा धनुषालाई १-० गोल अन्तरले पराजित गर्दै रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गर्यो । रौतहटको जितमा सन्देश चौधरीले निणर्ायक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत रौतहटका गोल रक्षक मिरोज धामी म्यान अफ द म्याच घोषित भए ।

उनलाई पनि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ४ बजे सर्लाही र सप्तरी जिल्ला फुटबल संघबीच हुनेछ भने दोस्रो खेल बारा र सिराहा जिल्ला फुटबल संघबीच हुनेछ ।

मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा सोमबारदेखि शुरु भएको दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिता असार १६ गतेसम्म सन्चालन हुनेछ ।



source https://www.onlinekhabar.com/2023/06/1328719

उपपरधनमनतर नरयणकज शरषठ चन परसथन यसत छ दन भरमण तलक

१३ असार, काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उदघाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन् । दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।



source https://www.onlinekhabar.com/2023/06/1328702

Monday, 26 June 2023

शव शखर सहकरक परवअधयकष कदरनथ शरम भरतबट पकरउ

१२ असार, काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।

उनी नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/06/1328148

कज मलएर गएक सवसथयक करमचरलई तलब कसल खवउन ?

१२ असार, काठमाडौं । राजनीतिक पहुँचको भरमा दरबन्दी भन्दा बाहिर रोजेको स्थानीय तहमा गएका कर्मचारीको तलब–भत्ता सरकारका लागि टाउको दुखाइ बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७५ सालदेखि हालसम्म ८९१ कर्मचारी काजमा शहरकेन्द्रित पालिकामा कार्यरत छन् । उनीहरूको दरबन्दी भने दुर्गम क्षेत्रमा छ । राजनीतिक पहुँचको भरमा स्वास्थ्यका कर्मचारी दरबन्दी भएको दुर्गम क्षेत्रको साटो काज लिएर शहरकेन्द्रित गाउँपालिका, नगरपालिका तथा महानगरपालिकामा गएका छन् ।

मन्त्रालयका प्रशासन महाशाखाका अनुसार १७० जनाको दरबन्दी रहेको पोखरा महानगरपालिकामा थप ५८ जना काजमा काम गरिरहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ३८ जनाको मात्रै स्वीकृत दरबन्दी छ । थप ५१ जना कर्मचारी काजमा छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ४५ जनाको दरबन्दी रहेकोमा थप ३२ जना कर्मचारी काजमा छन् । यस्तै धनगढी उपमहानगरपालिकामा १८ जनाको दरबन्दी रहेकोमा थप १६ जना काजका कर्मचारी छन् ।

काजमा कर्मचारी बढी रहनेमा कञ्चनपुरको भीमदत्त, बाँकेको कोहलपुर, हेटौंडा लगायत स्थानीय तह छन् ।

नियमले सरकारी कर्मचारीलाई एक महिनासम्म मात्रै काजमा राख्न मिल्छ । तर, राजनीतिक पहुँच र स्वास्थ्य सम्बन्धी ट्रेड युनियनको भनसुनका भरमा स्वास्थ्यका कर्मचारी वर्षौं काजमै बस्छन् । काज र घरपायक सरुवाको माग गर्दै दिइएका ७०० को हाराहारी निवेदन मन्त्रालयमा थुप्रिएका छन् ।

तर काजमा जाने कर्मचारीको संख्या बढ्दै गएपछि उनीहरूको तलबभत्ता मिलानमा टाउको दुखाइ बनेको छ ।

काजमा आएका कर्मचारीलाई तलब कसले दिने भन्ने विवाद छ । स्थानीय तहले तलब भत्ता खुवाउन नसक्ने भन्दै दरबन्दीभन्दा बाहिर भएको समायोजन मिलानका कर्मचारी फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका थिए ।

तत्कालीन समयमा मन्त्रालयले स्थानीय तहसँग अपुग बजेट माग गर्न सूचना जारी गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा २५३ स्थानीय तहले स्वास्थ्य अन्तर्गतका काजमा रहेका जनशक्तिका लागि २ अर्ब ७३ करोडको माग गरेका थिए ।

अर्थ मन्त्रालयले १ अर्ब २३ करोड मात्रै दियो । ४५ भन्दा बढी स्थानीय तहलाई रकम पुगेको छैन । मन्त्रालयका अनुसार काजका जनशक्तिको लागि अब थप १ अर्ब हाराहारी रकम चाहिन्छ ।

चालु आर्थिक वर्षका लागि स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई १७ अर्ब ४५ करोड मात्र बजेट विनियोजन भएको थियो । जबकि, मन्त्रालयका अनुसार स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई तलब खुवाउन २१ अर्बको आवश्यकता पर्छ ।

३ अर्बभन्दा बढी रकम व्यवस्थापन गर्न नसक्ने भएपछि मन्त्रालयले करिब ८ महिनादेखि ३०० भन्दा बढी कर्मचारीलाई ८ महिनादेखि तलब खुवाएको छैन । साथै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ४ असारमा आर्थिक वर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दीभन्दा बाहेकका कर्मचारीको तलब भत्ता नव्यहोर्ने निर्णय गरेका छन् ।

मन्त्रीको निर्णयानुसार मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी राखे आफैं तलब भत्ताको व्यवस्था गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतम भन्छन्, ‘हिजो त्यही स्थानीय तहले तलब, भत्ता र काम दिन्छु भनेर कामकाज र सरुवाका लागि सहमति दिएर लगेको थियो । हिजोकै सहमतिमा काम लगाउने जिम्मेवारी स्थानीय तहकै हो ।’

दरबन्दी भन्दा ५१ जना बढी काजका कर्मचारी रहेको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल भने स्वास्थ्य मन्त्रालयले आवश्यकता भन्दा बढी पठाएकाले यस्तो अवस्था आएको जिकिर गर्छिन् । ‘तत्कालीन समयमै कार्यपालिकाको बैठकले सरकारले पैसा पठाउँदासम्म काममा लगाउने र पैसा नपठाएको अवस्थामा फर्किएर दरबन्दी भएको ठाउँमा जाने सहमति भएको थियो’ मेयर ढकाल भन्छिन्, ‘तर अहिले न सरकारले पैसा पठायो, न उहाँहरू दरबन्दी भएको ठाउँमा नै जानुहुन्छ ।’

ठूलो संख्यामा रहेका काजका कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतले धान्न नसक्ने भन्दै उनले सरकारले दरबन्दी भएको ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यपालिका बैठकबाटै काजमा आएका जनशक्ति फिर्ता गर्ने निर्णय गरेर दरबन्दी भएकै ठाउँमा व्यवस्थापन गर्न संघीय मन्त्रालयलाई आग्रह गर्दा सुनुवाइ नभएको उनले बताइन् । ‘नगरपालिकाले आन्तरिक राजस्व उठाएर ठूलो संख्यामा रहेका कर्मचारीको व्यवस्थापन गर्न सक्दैन’ मेयर ढकाल भन्छिन्, ‘काजमा भनेर आउनुभएको कर्मचारीलाई सरकारले तलब पठाउनुपर्छ कि उहाँहरूकै दरबन्दीमा व्यवस्थापन गर्नुपर्छ ।’

पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल समायोजन मिलान गर्दा राजनीतिक पार्टीको भनसुनमा कर्मचारी काजमा राख्दा यस्तो समस्या भएको जिकिर गर्छन् ।

‘हिजोका दिनमा समायोजन हुँदा स्थानीय तहले दरबन्दी छैन, तलब खुवाउन सक्दिनँ भन्दाभन्दै राजनीतिक पहुँचका आधारमा काजमा गए’ उनले भने, ‘सुरुमै सिस्टममा कर्मचारीलाई पठाएको भए यो समस्या आउँदैनथ्यो ।’ अब काजमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्न आधारभूत अस्पतालको दरबन्दी स्वीकृत गर्नुपर्ने उनले बताए ।

मन्त्रालयले आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार गरेको छ, तर स्वीकृत भएको छैन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमै नयाँ दरबन्दी नथप्ने घोषणा गरेका छन् । त्यसैले अबका दिनमा कर्मचारीलाई काजमा नखटाउने निर्णय गरेको भन्दै स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रदेश र स्थानीयको कानुन नबनेसम्म काजमा कर्मचारी नपठाउने निर्णय गरेको छ ।’



source https://www.onlinekhabar.com/2023/06/1328135

परस यनयन कठमडक अधयकषम महशवर गतम नरवचत

११ असार, काठमाडौं। नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् ।

गौतम प्रतिस्पर्धी दिलिपप्रकाश कार्कीलाई 1८६ मत अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

गौतमले ३१५ मत प्राएका छन् भने उनका प्रतिस्पर्धी दिलिपप्रकाश कार्कीले १२९ मत ल्याए।

त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन्। उनले २८५ मत ल्याए भने उनका प्रतिपर्धी केशव पाण्डेले १५१ मत मात्र ल्याए।

नेपाल प्रेस युनियन काठामाडौं शाखाको ९ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो।

अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष र सचिव बाहेकका अन्य पदमा भने सर्वसहमत भएको निर्वाचन अधिकृत प्रदीप बस्यालले जानकारी दिए।

उनका अनुसार उपाध्यक्षमा रोमन आचार्य(पुरूष), महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह-सचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी,सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड),राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल,रामचन्द्र मिश्र, अनुप प्रधान,मिन्साङ लामा,रमेश सेन्चुरी, विनिता क्षेत्री,मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल रहेका छन् ।



source https://www.onlinekhabar.com/2023/06/1328116

Sunday, 25 June 2023

फरकखलक मपदणड मटर ! बजटक आकर घटय

११ असार, पोखरा । पोखरा महागरको ०७४ सालदेखि नै वार्षिक नीति तथा कार्यक्रममा निरन्तर समावेश हुँदै आएका दुई विषय हुन्, ‘फेवाताल र फिर्केखोला संरक्षण ।’ तर, अतिक्रमणले खुम्चिँदै गइरहेको ताल र खोलाको अवस्था भने ज्यूँकात्यूँ छ ।

वार्षिक नीति तथा कार्यक्रममै समावेश भएर आउँदासमेत फेवाताल र फिर्केखोला संरक्षण हुनुको साटो बर्सेनि निरन्तर अतिक्रमणको चपेटामा पर्दै आइरहेको छ ।

फेवातालको सन्दर्भमा सर्वोच्च अदालतले असार ६ गते मापदण्ड ६५ मिटर कायम गर्न र उक्त मापदण्डभित्र पर्ने संरचना भत्काउन आदेश जारी गरिसकेको छ ।

मेयर धनराज आचार्यले पोखरा महानगरको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पनि फिर्केखोला संरक्षणका लागि आवश्यक नीति ल्याउने घोषणा दोहोर्‍याएका छन् ।

यसपटकको नीति तथा कार्यक्रममै उनले फेवातालको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्ने वाचा गरेका छन् ।

‘फेवा, बेगनास, रुपालगायत रामसार सूचीमा सूचीकृत तालहरुको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मेयर आचार्यले भनेका छन् ।

आइतबारको १३औं नगरसभामा मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भएको छलफलमा जनप्रतिनिधिले फेवाताल र फिर्केखोला अतिक्रमणको विषय महानगरले गम्भीर रुपमा नलिएको आरोप लगाए ।

छलफलको सुरुमै पोखरा महानगर ५ की वडा सदस्य विष्णुमाया परियारले फिर्केखोला मापदण्डको विषयमा प्रश्न गरिन् । उनले फिर्केखोलाको मापदण्ड निर्धारण नगर्दा स्थानीयले सास्ती पाइरहेको बताइन् ।

‘०७४ सालदेखि नै उठिरहेको विषय हो, यो । तर, अहिलेसम्म मापदण्ड निर्धारण गरिएको छैन । कति हो त नि मापदण्ड ?’ परियारले प्रश्न गरिन्, ‘यसको जतिसक्दो चाँडो निर्धारण गरियोस् । वाषिर्क नीति तथा कार्यक्रममा समावेश गरिरहने, तर मापदण्ड निर्धारण नगर्ने ?’

हाल फिर्केको मापदण्ड १० मिटर भनिएको छ । उक्त मापदण्डअनुसार खोलाको दायाँबायाँ १० मिटर मापदण्डभित्र कुनै संरचना बनाउन पाइँदैन । तर, महानगरले आफ्नै नियम कडाइका साथ लागू नगर्दा खोलामाथि नै संरचना ठडिँदा कतैकतै फिर्केखोला नै देखिँदैन ।
पोखरा महानगर वडा नं. १८, अँधेरी कुनादेखि वडा नं. ४, ५ हुँदै फेवातालमा गएर मिसिने फिर्केखोला २४ मिटरसम्म फैलिइएको छ । तर, अतिक्रमणको चपेटाले कतै नालीमा परिणत भइसकेको छ ।

फिर्केखोला संरक्षण गर्ने भन्दै निवर्तमान मेयर मानबहादुर जिसीले ०७५ असार १ मा डोजर लिएर फिर्के पुगेका थिए । तर, मेयर जिसीले चालेको उक्त कदम फिर्के संरक्षण होइन, बदनामी खेप्नुपर्‍यो ।

फिर्केखोला मिचेर बनेका संरचना हटाउएर ‘फुटट्रयाक’ बनाउने भन्दै निवर्तमान मेयर जिसीले आफैं डोजर चलाएका थिए । पैदलमार्ग शिलान्यासका क्रममा तत्कालीन मेयर जिसी आफैं डोजर अपरेटर बस्ने ठाउँमा बसे ।

डोजर अपरेटरलाई निर्देशन दिनुको साटो उनले आफैं डोजरको लिभर चलाउन पुग्दा दुर्घटना हुन पुग्यो । अचानक डोजर चल्दा खोलाको वाल रेलिङमा बसेका पत्रकारसहित ५ जना घाइते भएका थिए ।

महानगरले ०७४ सालमा फिर्केखोला बचाउन पैदलमार्ग बनाउने भन्दै इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा ‘५ मिटर राइट अफ वे’मानेर रेखांकन गरिएको थियो । जबकि फिर्केको मापदण्ड १० मिटर उल्लेख थियो ।

गोदार संयोजकत्वमा गठित समितिले ५ मिटर मापदण्ड आधार मानेर बनाएको प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । त्यसमा विभिन्न सरकारीदेखि गैरसरकारी संघसंस्थासहित व्यक्तिका स्थायी तथा अस्थायी संरचना थिए ।

फिर्केखोलाको नयाँ मापदण्ड ५ मिटर !

अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको नयाँ मापदण्ड तोक्नका लागि पटकपटक अध्ययन भएका छन् । तर, निर्धारण हुन सकेको छैन । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनापश्चात भएको कास्की २ को उपनिर्वाचनमा फिर्केखोलामाथि चरम राजनीतिकरण भएको थियो ।

बहालवाला पर्यटनमन्त्री अधिकारीको दुर्घटनामा मृत्युपश्चात रिक्त पदमा भएको उपनिर्वाचनको नेकपा एमालेले नियमविपरीत ५ मिटरको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सम्झौता नै गरेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिल कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्केखोलाको मापदण्ड घटाउने सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । तत्कालीन समयमा महानगरका मेयर जिसीको प्रतिनिधिका रुपमा वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका थिए ।

तर, लिखित रुपमै गोप्य राखिएको उक्त सम्झौता शर्माले साँझको बेला हस्ताक्षर गरेकाले आफूले गल्ती गरेको भन्दै माफी नै मागेका थिए । फेरि फिर्केको मापदण्ड १० मिटर नै लागू गर्ने भनिएको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फेरि पनि फिर्केखोला संरक्षण गर्ने विषय उल्लेख भएपछि सम्बन्धित क्षेत्रका जनप्रतिनिधि मापदण्डबारे चासो देखाए । जसमा मेयर आचार्यले नयाँ मापदण्ड ५ मिटर हुने बताएका छन् ।

बजेटबारे प्रश्नको जवाफ दिंदै मेयर धनराज आचार्य ।

‘धेरैले सोध्नुभो फिर्केको मापदण्ड कति हो ? कति हो ? भनेर । अहिलेलाई १० मिटर नै हो,’ सभामा उठेका प्रश्नमाथि जवाफ दिँदै मेयर आचार्यले भने, ‘तर, अहिले नयाँ मापदण्डका लागि अध्ययन भइरहेको छ । प्रस्तावित मापदण्ड ५ मिटर छ । सायद यही महिनाभित्र यसको मापदण्ड टुंगिन्छ ।’ उनले फिर्केको मापदण्ड विवाद टुंग्याउन सम्बन्धित वडाका जनप्रतिनिधिले पनि साथ दिनुपर्ने बताए ।

मेयर आचार्यले १९ वटाभन्दा बढी घरधूरीले आफ्नो मलमूत्र सीधै फिर्केमा मिसाइरहेको खुलाए । ‘विभिन्न १९ वटाभन्दा बढी घरधूरीले आफ्नो शौच सीधै खोलामा मिसाइएको खुलेको छ । जिल्ला कारागारको पनि शौच खोलामै मिसाइएको छ,’ मेयर आचार्यले सभामा उठेका विषयमाथि उत्तर दिँदै भने, ‘उहाँहरुलाई हामीले हामीले ७ दिनको समय दिएर पत्राचार गरेका छौं । अटेर गरे कानुनी कारवाही हुन्छ ।’

‘फेवातालबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न महानगरले खुट्टा कमाउँदैन’

मेयर आचार्यले नीति तथा कार्यक्रममाथि सभामा उठेका प्रश्नमाथि जवाफ दिँदै फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन हुने बताएका छन् ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सो कुरा उल्लेख गरेको छ ।

‘मापदण्ड मिचेर बनेका संरचना हटाउन र फेवातालको संरक्षण गर्ने सबैले मेयरको काम हो भनेर बस्यौं । बचाउन केही गरेनौं, रमिते भएर बस्यौं,’ मेयर आचार्यले भने, ‘सबैले सर्वोच्चको आदेश कहिले लागू हुन्छ भन्नु भएको छ । यसमा औपचारिक लिखित आदेश आउनुपर्छ ।’

मेयर आचार्यले अगाडि थपे, ‘रेडियो सुनेको भरमा हुँदैन । औपचारिक लिखित आदेश आएपछि हाम्रो भागमा के परेको छ, हेर्नुपर्ला ! करिब ६ सय संरचना र ४० अर्बभन्दा बढी मुआब्जाको विषय छ । सबै तहको जिम्मेवारी खुलिसकेपछि सर्वोच्चको आदेश पालना गर्न महानगरले खुट्टो लुलो बनाउनुपर्ने कुनै कारण छैन ।’

लेकसाइड २४ घन्टा खोल्नेदेखि २० वर्षे पुराना सवारी साधन हटाउने नीति

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत पोखरा लेकसाइडलाई २४ घन्टा खोल्न पहल गर्नेदेखि २० वर्ष पुराना सवारी साधन विस्थापन गर्नेसम्म लक्ष्य राखेको छ ।
मेयर आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने बताएका हुन् ।

‘यात्रुहरुको हितलाई मध्यनजर गरेर ट्याक्सी सेवालाई अनिवार्य रुपमा मिटरमा चल्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिनेछ,’ मेयर आचार्यले भने, ‘२० वर्ष पुराना सवारी साधनहरुलाई विस्थापन गरिनेछ ।’ महानगरमा सञ्चालित सवारी साधनको प्रदूषण नियन्त्रण प्रमाणपत्र अनिवार्य रुपमा लागू गर्ने घोषणा गर्ने र विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्थललाई प्लास्टिकका झोला, पानीका बोत्तल बिसर्जन गर्ने र जलाउने कार्य निषेध गर्ने बताएको छ ।

त्यस्तै, महानगरले सरकारले प्रावितहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपैयाँ थप गरिदिने भएको छ । हाल खाजाखर्च वापत १० रुपैयाँ दिइँदै आइएको भए पनि महानगरले त्यसमा १० रुपैयाँ थप गरी २५ रुपैयाँ पुर्‍याउने घोषणा गरेको हो । विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षणको तामिलको व्यवस्था गर्ने महानगरले जनाएको छ ।

पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने जनाएको छ । अहिले महानगर प्रोफाइल सर्वेक्षण गरिरहेको र त्यसपश्चात विपन्न घरधुरी पहिचान गरिने मेयर आचार्यले जानकारी दिए ।

नीति तथा कार्यक्रम पारित, बजेटको आकार घट्यो

आइतबारको १३औं नगरसभामा प्रस्तु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएसँगै पारित भएको छ । साथै, उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोडको बजेट प्रस्तुत गरेकी छन् ।

उपप्रमुख गुरुङले नगर सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षभन्दा करिब डेढ अर्ब रुपैयाँ कम बजेट हो । चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

उपप्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै संघीय अनुदानबाट २ अर्ब ७६ करोड, प्रदेश सरकारबाट अनुदान १० करोड २३ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड व्यहोर्ने जानकारी दिइन् ।

महानगरले सबैभन्दा बढी पूर्वाधारतर्फ २ अर्ब, प्रशासनिक खर्चतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड, पर्यटन तथा सहरी विकास तथा वातावरणतर्फ ७० करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये असार ८ गतेसम्म ४३.०५ प्रतिशतमात्रै खर्च भएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । उनले असार मसान्तसम्म ७० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको बताइन् ।



source https://www.onlinekhabar.com/2023/06/1327720

चनदरकट गउपलकक बजट करड

 ११ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि  ५१ करोड बढीको बजेट ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले १३ औं गाउँसभामा  ५१ करोड ३०  लाख ९७ हजार ४५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

जसको चालू तर्फ ३४ करोड ४९ लाख ५५ हजार १ सय ४३ (६७.२३ प्रतिशत) रहेको छ । पुँजीगत तर्फ १६ करोड ८१ लाख ४१ हजार ९ सय १ (३२.७७ प्रतिशत) बजेट सभामा  पेस भएको छ ।

बजेटमाथि छलफल र पारित गर्दै  गाउँसभाको  १३ औ अधिवेशन सकिएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1327717

आरथक रपम चलयमन हन नसकपछ मरज हद नज वदयलय

११ असार, काठमाडौं । आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ ।

कोभिडपछि भएको आर्थिक मन्दीको कारण चलायमान हुन नसक्दा मर्ज भएर सञ्चालन भइरहेको विद्यालय सञ्चालक तथा विद्यालय संगठनहरुले जानकारी दिएका छन् ।

एन प्याब्सनका अध्यक्ष पाण्डव हमालको अनुसार कोभिडपछि आर्थिक रुपमा चलायमान हुन नसक्दा कुनै दुई वटा त कुनै तीन वटा मर्ज भइरहेको बताए ।

उनको भनाइ अनुसार एन प्याब्सनमा आबद्ध देशभरका करिब २० वटा विद्यालय मर्ज भएर सञ्चालन भइरहेको छ ।

उनले भने, ‘लगानी पनि वृद्धि गर्नुपर्ने हुन्छ तर दुई वर्ष कोभिडका कारण विद्यालयको आयस्रोतमा ह्रास आयो । निजी विद्यालयलाई सरकारको सहयोग छैन र विद्यालय आफैंमा चलायमान बन्न सकेन । त्यस्ता विद्यालय कुनै दुई वटा त कुनै तीन वटा मर्ज भएर सञ्चालन भईरहेको छ ।’

सकारले सामुदायिक विद्यालयमा लगानी वृद्धि गर्दै लगिरहेको र निजी विद्यालयहरुले त्यो अनुसार लगानी वृद्धि गर्न नसकेकोले अझै पनि कतिपय विद्यालय संकटमा रहेको उनले बताए ।

प्याब्सन काठमाडौं जिल्लाका अध्यक्ष प्रेम राईले पनि विद्यालयहरु मर्ज गरेर सञ्चालन गर्ने क्रम भइरहेको बताए । उनले भने, ‘थोरै लगानीमा सुरु भएका विद्यालयहरु कुनै दुई वटा कुनै तीन वटा मर्ज गरेर सञ्चालन भइरहेको छ ।’

प्याब्सनमा आवद्ध भएका करिब २५ वटा विद्यालयहरु मर्ज भएको उनले बताए छन् । राज्यले निजी विद्यालयलाई गरेको विभेदका कारण निजी विद्यालयहरु मर्ज भइरहेको उनको आरोप छ ।

कुपण्डोलकी काठमाडौं बसन्तपुरकी अभिभावक रिना महर्जन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएकोले निजी विद्यालयहरु चल्न छोडेको बताउँछिन् ।

रिनाले एक निजी विद्यालयमा पढाइरहेकी आफ्नी छोरीलाई अहिले सामुदायिक विद्यालयमा भर्ना गरेकी छिन् । उनी भन्छिन्, ‘अहिले मासिक पाँच हजार शुल्क लिने बोर्डिङ स्कुल र सरकारी स्कुलको पढाइ उस्तै हुन्छ । अनि को लान्छ बोर्डिङ स्कुल ।’

उनी आफैंले पनि मासिक ४ हजार शुल्क लिने एक विद्यालयमा छोरी पढाउँदै थिइन् तर यो वर्ष त्यो स्कुल अलि परको अर्को स्कुलमा मर्ज हुने भन्ने भएपछि रिनाले आफन्तको सुझावमा आफ्नी छोरी सामुदायिक विद्यालयमा भर्ना गराएकी छिन् । त्यसपछि उनले सामुदायिक विद्यालयको पढाइ र छोरी पढिरहेकी निजी विद्यालयको पढाइको गुणस्तर समान भएको थाह पाएको बताउँछिन् ।

तर काठमाडौं महानगरपालिकाले भने विद्यालय मर्जको लागि अहिलेसम्म कुनै खालको जानकारी नआएको बताएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत सिताराम कोइरालाले भने, ‘अहिलेसम्म मर्ज गर्ने भन्ने जानकारी आएको थाह छैन ।’ उनले महानगरभित्रको विद्यालयहरु मर्ज नभएको हुन सक्ने अनुमान गरे ।



source https://www.onlinekhabar.com/2023/06/1327693

Saturday, 24 June 2023

मकवनपरम टपरक ठककरबट एक जनक मतय

१० असार, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३-००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार हेटौंडा-१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

ठक्करबाट घाइते कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2023/06/1327175

ससद बठकम बजटबर मनतरहरल जवफ दन

१० असार, काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेक (बजेट)माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1327165

हवखल तरन तइन र फडकक सहर

१० असार, पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो ।

टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो ।

‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’

वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ ।

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै दुई गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन ।

विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ ।

मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् ।

तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो ।

तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् ।

बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे ।

डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् ।

पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ ।

प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् ।

यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ ।

बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ।

– राससबाट



source https://www.onlinekhabar.com/2023/06/1327148

Friday, 23 June 2023

रप गउपलकम घरघरम मर पलन रपनम सपलगन

९ वैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ ।

रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने र यसलाई मोडल फार्मको रुपमा विकास गर्ने भएको हो ।

रुपा गाउँपालिकाले बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने, बहुउपयोगी र राम्रो मूल्य पनि पर्ने भएकाले सिप्लिगान खेतीको व्यावसायिक प्रारम्भ गरिने अध्यक्ष नवराज ओझाले बताए ।

सिप्लिकानको मोडल र्फमको विकास गर्न व्यावसायिक खेती गर्ने र बजारीकरणको व्यवस्था पनि पालिकाले नै गर्ने छ ।

रुपा गाउँपालिकाले शुक्रबार एकै दिन ल्याएको नीति तथा कार्यक्रम र बजेटल कृषिलाई प्रमुख केन्द्रमा राखेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष लालसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।

‘गाउँपालिकाको साथः किसानको हात’ भन्ने नाराका साथ ‘एक घर एक घार कार्यक्रम’ बृहत्तर रुपमा सञ्चालन गरिने अध्यक्ष ओझाले बताए ।

रुपाले मौरीपालनको हब बनाउने र उत्पादित महको ब्रान्डिङ गरी न्यूनतम ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखेको छ ।

रुपालाई महको हब बनाउने यो कार्यक्रमका लागि पालिकाले १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष गुरुङले बजेटमार्फत प्रस्तुत गरिन् ।

मौरीपालनको हब बनाउने यो कार्यक्रमका लागि मात्र पालिकाको सिंगो बजेटको १२.७० प्रतिशत विनियोजन भएको हो ।

रुपा गाउँपालिकाले ल्याएको कुल ४३ करोड २९ लाख ७७ हजार रुपैयाँको बजेटमध्ये ९ अर्ब ४४ करोड, लाख ७३ पुँजीगत छ । चालुतर्फ ३३ करोड ८५ लाख रुपैयाँ छ ।

रुपा गाउँपालिका अहिले पनि मह उत्पादनका हिसाबले सम्भावनाको क्षेत्र मानिन्छ । अहिले पनि रुपा गाउँपालिकामा करिब ५/६ सय लिटर मह उत्पादन हुँदै आएको छ । अब प्रत्येक घरमा मौरी पालनका लागि प्रोत्साहन गर्ने र कम्तीमा ८ हजार लिटर मह बिक्री गर्ने लक्ष्य राखिएको ओझाको भनाइ छ ।‍

गाउँपालिकाले पनि मायाको चिनो तथा कोसेलीका रुपमा अतिथिलाई मह दिन संस्कारको विकाससमेत गरेको छ ।

रुपाले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ ।

व्यावसायिक कृषि तथा पशु सेवा विकासका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन भएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1326834

आज नपलल नदरलयणडससग खलद जतन परन दबब

९ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ ।

जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।

यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी ५ ।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।



source https://www.onlinekhabar.com/2023/06/1326828

गलमदरबरम शययक असपतल नरमण अनतम चरणम

९ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।

भवनको काम अहिले रङ्गा रोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए ।

नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

गुल्मीदरबार गाउँपालिकामा निर्माण भएको भवनको २०७७ साल मंसिर १५ गते तत्कालीन लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले शिलान्यास गरेका थिए ।

कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो ।

भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्यधुनिक खालको रहेको छ ।

अहिले  गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।

त्यसको लागि गाउँपालिकाले २०८० / ०८१ सालको  नीति तथा कार्यक्रममा एम.बी.बी. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।

गाउँपालिकामा एम.बी.बी. एस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

पालिका पूर्ण पोषणमैत्री गाउँपालिका घोषणा भएको छ । केहि दिनअघि पालिकालाई पूर्ण पोषणा मैत्री बनाउन पालन गर्नपर्ने सबै सूचक पूरा गरेर पालिका पूर्ण पोषणमैत्री घोषणा गरिएको हो ।

त्यस्तै गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढलै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिने स्वास्थ्य शाखा संयोजक अर्यालले बताए ।

दुर्गम गाउँवस्तीमा विशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जसले गर्दा स्थानीय तहमा बनाइएका भवनहरू प्रयोगमा आउनेमा शंका छ ।

जिल्लाका अन्य पालिकामा १५ शैय्याका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैय्याको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/06/1326825

गडकटम पखरम डबर बलकक मतय

९ असार, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।

पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2023/06/1326820

दरसञचर परवधर सहपरयगक लग कनन झमल

८ असार, काठमाडौं । डिजिटल नेपालको सपनालाई पूरा गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन्। शुक्रबारदेखि सुरू भएको २ दिने ’ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३’ को पहिलो सेशनमा बोल्दै वक्ताहरू बताउँछन् ।

डिजिटल सक्षमताका लागि डिजिटल पूर्वाधार सहयोग विषयमा भएको प्यानल सेसनमा इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले दूरसञ्चार पूर्वाधार सहप्रयोग आवश्यक भएपनि नेपालमा भने आफ्नो सामान अरूलाई किन प्रयोग गर्न दिन भन्ने मानसिकता अझै कायम रहेको बताए ।

’मेरो सामान अरूलाई किन प्रयोग गर्न दिने भन्ने मानसिकता छ,’ उनले भने, ’त्यो प्रविधि मैले पनि चलाइरहेको छु । कुनै रकेट राइन्स होइन ।’

यस्तै डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले पर्याप्त योजनाबिना काम गर्दा पूर्वाधारमा समस्या देखिएको बताए ।

यता, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायले दूरसञ्चार सेवा सस्तो हुनका लागि पूर्वाधार सहप्रयोग जरूरी रहेको र त्यसैअनुसार प्राधिकरणले सह–प्रयोगमा सहजीकरण गरिरहेको बताए ।

‘दूरसञ्चार पूर्वाधार सहप्रयोग नगर प्राधिकरणले भनेको छैन । सहप्रयोग गर्नेपर्छ भनेर अनिवार्य गरिएको छैन। अनिवार्य गर्नकी भन्दा सेवा प्रदायक आफै शेयरिङ गर्छौं भनेपछि त्यस्तो व्यवस्था नगरिएको हो।’

‘नेपालमा कनेक्टिभिटीको आधारभूत फाउन्डेसन तयार भइसकेको छ । अब सेवा प्रदायक र नियामकले डिजिटल इकोसिस्टममा काम गर्नुपर्छ,’ उनले भने, ‘दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि कानुनमा अझै अस्पष्तता रहेको छ।’

त्यसैगरी नेपाल टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले सकेसम्म आफ्ना पूर्वाधार सह–प्रयोग गरिरहेको बताइन् । आफूहरूले पनि अरूको फाइबर लिजमा लिएको बताइन् ।

‘सन् १९९७ बाट ट्रान्समिसन लाइनमा अप्टिकल फाइबर राख्न थालेका थियौं, त्यसपछि अप्टिकल फाइबर हामीलाई बोनस आएको जस्तो भयो।त्यो बेला नेटवर्क सञ्चालन गर्न राखेको थियौं । विजनेस गर्न खोजेकै होइन’ उनले भनिन्।

नेपाल विद्युत प्राधिकरणका निर्देशक तारा प्रधानले सुरूवाती समयमा बिजनेसको हिसाबले अप्टिकल फाइबर सुरू नगरेको बताए । विद्युत प्राधिकरणले तारहरू अन्डरग्राउण्ड गर्न सुरू गरेको छ । अन्डरग्राउन्ड गर्दा कतिपय कोरहरू खाली राखेर डक्ट गरिरहेको छ । उक्त डक्टमा अन्य सेवाप्रदायकको केबल राख्न दिन आफूहरू सकारात्मक रहेको उनले बताए ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्रालयका सहसचिव अनिल दत्तले डिजिटल परिचयपत्र सबैको जग भएको बताए । उनले भने, ‘राष्ट्रिय परिचयपत्र महत्त्वपूर्ण रहेको छ । यसले भेरिफिकेसन प्रक्रियालाई सजिलो बनाउँछ । सेवा लिन सजिलो हुन्छ ।’

उनले नागरिकलाई सबै सुविधा एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले डिजिटल रुपान्तरण जरुरी रहेको बताए । उनले यी सब सेवा भविष्यमा सरलताको लागि सरकारले काम गरिरहेको बताउँछन्। ’राष्ट्रिय परिचयपत्रलाई ई–केवाईसीको रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ’भविष्यमा नागरिकतालाई पनि सजिलै रिप्लेसन गर्न सकिन्छ । सेवासँग एकीकृत गर्दा परिचयपत्रको प्रयोग बढी हुन्छ । यसकारण डिजिटल रूपान्तरण जरूरी छ।’

यता, बडी एण्ड डेटाका सहसंस्थापक शुभ कायस्थले सरकार आश र त्रासले गर्दा राष्ट्रिय परिचयपत्र बनाइरहेको आभास भइरहेको बताइन्। उनले भनिन्,’ हामीले अध्ययन गर्दा आश र त्रासले गर्दा राष्ट्रिय परिचयपत्र बनाइरहेको भेटियो।यस्तो अवस्था कहिलेसम्म आउने हो विकासोन्मुख देशमा ?’

उनले डिजिटल रूपान्तरण गर्दै गर्दा  सरकारले डेटा सुरक्षामा समेत लापरबाही गरिरहेको उनले आरोप लगाइन्।  ‘सरकारले यो गर्दैछु भन्छ । तर डेटा सुरक्षित छैन । लोकसेवाको चार लाख डेटा उड्यो । खै त्यो अजैसम्म रिकभर भएन । सरकारी वेबसाइटहरु पटक पटक ह्याक हुन्छन् । खै त डेटाको सुरक्षा ?’

यता, योङ इन्नोभेसन प्रालिका सीईओ विभूषण विष्टले जनतालाई नेशनल आईडी प्रयोगबारे अझै बुझाउन नसकेको स्वीकार गरे ।

उनले भने, ‘नेशनल आईडी प्रयोगबारे अरूलाई बुझाउन सकेका छैनौं। यसका फाइदा बुझाउनु अगाडि लैजानु पर्छ। डेटा कम्प्युटरमा हुँदा मात्रै त्यसपछि मात्रै सुरक्षाको कुरा आउँदैन । अफलाइनमा भएको डेटामा पनि सुरक्षाको कुरा आउँछ ।’

यस्तै आदेश खड्काले राष्ट्रिय परिचयपत्रमा नागरिकलाई सँगै लिएर आउन जरूरी रहेको बताए ।  उनले भने, ‘राष्ट्रिय परिचयपत्र र पञ्जीकरणलाई सरकारले एकै तरिकाबाट अगाडि बढाउने प्रयास गरेको छ । सामाजिक सुरक्षा, खोप र स्कुलको विवरणलाई राष्ट्रिय परिचयपत्रसँग जोडेर अगाडि बढ्न सकिन्छ। तर जनतालाई सँगै लिएर आउन जरूरी छ ।’

यस्तै  डिजिटल नेपाल कन्क्लेभको तेस्रो सेशनमा पालिका र प्रदेशमा  डिजिटल शासन कस्तो हुनुपर्छ भन्नेबारेमा छलफल भएको छ ।  उक्त छलफलमा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले स्थानीय, प्रदेश र संघ सरकारलाई अहिलेको संविधानको आखाले हेरे मात्र डिजिटल गभर्नेन्सलाई व्यवस्थित गर्न सकिने बताए।

‘डिजिटल स्थानीय, प्रदेश र संघ सरकारलाई अहिलेको संविधानको आँखाले हेर्नुपर्छ । त्यसो भए मात्र डिजिटल गभर्नेन्सलाई व्यवस्थित गर्न सक्छौं,’ उनले भने ।  पालिकासँग भएको विकासको डेटा प्रदेश र संघसँग नभएकोप्रति उनको गुनासो छ । उनले भने, ’पालिकासँग भएको विकासको डेटा प्रदेश र संघसँग छैन्, किनकी त्यस्तो व्यवस्था नै छैन। तर,  धुलिखेल नगरपालिकाले नक्सापासदेखि डिजिटल हस्ताक्षर सुरू गरिसकेको उनको दाबी छ ।

‘धुलिखेल नगरपालिकाले नक्सापासदेखि डिजिटल हस्ताक्षर सुरू गरिसके छौं। एपबाटै कर तिर्न सकिन्छ । अप्टिकल फाइबर बिच्छ्याएका छौं,’ उनले भने, ‘नगरपालिकाको एउटै डेटा सेन्टर बनाउने भनेर काम गरिरहेका छौं।’ यस्तै  टेलिमेडिसिनमा पनि काम अगाडि बढेको उनले बताए ।

सरकारले राष्ट्रिय स्तरको डेटा एकै ठाउँमा ल्याउनु पर्नेमा उनको जोड छ । उनले भने, ‘राष्ट्रिय स्तरको डेटा पाउन चुनौती छ । त्यसकारण राष्ट्रिय डेटालाई एक ठाउँमा ल्याउन काम गर्नुपर्छ ।’

डिजिटल प्रविधि प्रयोग गरेर धुलिखेल नगरपालिकाले गरिबी कमगर्नेदेखि सेवा प्रवाहसम्म चुस्त बनाएको उनले प्यानलमा सुनाए । ‘डिजिटल पालिकाका लागि आईटी जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्छ, ’ उनले भने, ’डिजिटल स्थानीय सरकार बनाउन रणनीति योजना बनाउनु पर्छ भन्ने आयो भने स्थानीय सरकारले डिजिटल सरकार बुझ्छ ।’

यस्तै  डिजिटल शासनमा स्थानीय सरकार अझै पनि अलमलमै रहेको स्मार्ट पालिकाका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले बताए ।

‘डिजिटल शासनमा स्थानीय सरकारको अवस्थाको कुरा गर्दा हामी उत्साहित पनि छौं, कन्फ्युज पनि छौं,’ उनले भने । डिजिटल जानुपर्छ भनेर कोभिड पछि धेरैले बुझे पनि जिटल पालिका बनाउन रोडम्याप नै नभएको उनले बताए । ‘डिजिटल पालिका बनाउन रोडम्याप बनाउनु पर्छ। हामीसँग रोडम्याप छैन,’ उनले भने ।

त्यसैगरी डिजिटल प्रदेश र डिजिटल पालिकाबारे सुरूमा अवधारणा स्पष्ट पार्नु पर्नेमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीको गुनासो छ । उनले भने, ‘डिजिटल प्रदेश र डिजिटल पालिकाबारे सुरूमा अवधारणा स्पष्ट पार्नुपर्छ। अहिले पनि कर्णाली प्रदेश २० प्रतिशत मात्रै इन्टरनेटको पहुँच छ । पूर्वाधार महत्वपूर्ण रहेछ । २ दिनसम्म इन्टरनेट चलाउन पाएन भने त्यसको क्षतिपूर्ति कसले दिने ? जवाफ नै छैन ।’

उनले  कर्णालीको आधारभूत भौतिक पूर्वाधार नै नभएपछि  डिजिटल साक्षरताको कुरा गर्न अहिले नसुहाउने बताए। उनले भने,’ कर्णालीमा अवस्था त भौतिक पुर्वाधार नै छैन। अवस्था त्यस्तो छ । कर्णालीमा हाइटेन्सन लाइन लिन सकेका छैनौं । सोलारबाट टावर सञ्चालन भइरहेका छन् ।’

उनले कानुनले पनि बन्देज लगाउँदा कतिपय काम गर्न नपाएको उनले बताए । ‘कतिपय कुरा कानुनले पनि बन्देज लगाएकाले काम गर्न पाएका छैनौं । एउटा कानुनले गर भन्छ अर्कोले नगर भन्छ । कानुनमा सुधार गर्नुपर्नेछ,’ उनले भने ।

तर जे भएपनि चाँडै नै कर्णालीमा पनि डिजिटल साक्षरतामा आउनेमा उनले विश्वास व्यक्त गरे । ‘अभावका बीच पनि कर्णालीमा पनि ढिलो चाँडो डिजिटल साक्षरता आउँछ,’ उनले भने ।

यस्तै  डिजिटल पालिका र डिजिटल प्रदेश गरेर डिजिटल नेपाल बन्छ की बन्दैन् ? भन्ने मुख्य प्रश्न रहेको विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले बताए ।  उनले भने, ‘डिजिटल पालिका र डिजिटल प्रदेश गरेर डिजिटल नेपाल बन्छ की बन्दैन् ? यो एउटा ठूलो प्रश्न हो । अनि डिजिटल नेपाल बनेर डिजिटल रूपान्तरण हुन्छ की हुँदैन ? अर्को ठूलो प्रश्न हो।’

उनले सरकारले डेटालाई सिष्टममा र सिष्टमलाई एकीकृत गर्न नसके डिजिटल रुपान्तरण सम्भव नहुने बताए । ’जनतालाई सेवा दिने परम्परागत प्रक्रियालाई कोडिङ गरेर सफ्टवेयर बनाएपछि त्यो ई–गभर्नेन्स भयो भनेर बुझ्यौं। ई–गभर्नेन्स भनेको ट्रान्सलेसन होइन्, डिजिटल रूपान्तरण हो। जबसम्म हामी एकीकृत गर्न सक्दैनौं तबसम्म हाम्रो सिस्टम अन्तरआवद्धता भएको बुझ्न सक्दैनौं ।’

आयोग डिजिटल गभर्नेन्स स्थापना गर्न तर्फ लागेको उनले  बताए। ’नेपालमा डिजिटल लिडरसीप गर्ने मान्छे चाहिएको छ। डिजिटल रूपान्तरणको लिडरसीप गर्ने मान्छे नेपालको प्रधानमन्त्री हुन्छ जस्तो मलाई लाग्छ ।’

यसको लागि सरकार रेगुलेटर मात्र नभएर सेवा प्रदायक हुनु पर्ने उनको भनाइ छ। उनले भने, ‘सरकारलाई हामीले रेगुलेटरको रूपमा मात्र हेर्यौं । जबसम्म सरकार रेगुलेटर मात्र नभएर सेवा प्रदायक हुन सक्दैन्, तबसम्म यो देशमा रूपान्तरण सम्भव हुन सक्दैन । हामीले सोचेको सरकार गभर्मेन्ट एज अ सर्भिस हो ।’



source https://www.onlinekhabar.com/2023/06/1326815

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More