Sunday 18 June 2023

बलनलई पतर लखद आदपरष नरमण कमपनल मगय मफ

काठमाडौं । ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका इमेल पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ ।

‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं’ कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो ।’

पत्रमा उक्त संवादलाई कलात्मक शैलीबाट मात्र बुझ्न र वृहत जनसमुदायमा इतिहासप्रति रुचि जगाउने क्रममा प्रस्तुत गरिएको उल्लेख छ । सुपर क्यासेट्स टी सिरिजअन्तर्गतको कम्पनी हो ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादलाई भारतले सच्याउनुपर्ने अडानमा काठमाडौं महानगरका मेयर बालेन शाह छन् । तीन दिन समय दिँदा पनि नसच्याइएको भन्दै शाहको निर्देशनमा काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शनमा निषेध गरिएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1324167

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More