Wednesday 21 June 2023

लहनक सडकम लघवतत पडतक परदरशन

७ असार, लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका छैनन् ।

लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागी मन्दिरा लामाले बताइन् । ‘वृद्धा आमाहरुलाई चाहिँ उनीहरुले ऋण लगानी गर्ने, उहाँहरुले किस्ता तिर्न सक्नु भएन भने तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिएको छ,’ उनले भनिन्, ‘यस्तो ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा उत्रिएका हौं ।’



source https://www.onlinekhabar.com/2023/06/1325802

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More