Sunday 11 June 2023

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने

२९ जेठ, विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2023/06/1320826

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More