Tuesday 13 June 2023

अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगितामा महालेखा परीक्षकको कार्यालय प्रथम

३० जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगितामा महालेखा परीक्षकको कार्यालय पहिलो भएको छ ।

लोक सेवा आयोगले ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा ८ टिमलाई पछि पार्दै महालेखा परीक्षकको कार्यालय पहिलो भएको हो । महालेखा परीक्षककाे कार्यालय टिममा दीपक आचार्य, बिनाेद रिजाल र सुरेश केसी थिए ।

गत वर्ष पहिलो भएको लोक सेवा आयोग यसपटक दोस्रो भयो । राष्ट्रिय मानव अधिकार आयोग तेस्रो र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चौथो भएका छन् ।

प्रतियोगितामा भाग लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समावेशी आयोग, निर्वाचन आयोग र मधेशी आयोग भने छनोट चरणबाटै बाहिरिएका थिए ।



source https://www.onlinekhabar.com/2023/06/1321451

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More