Monday 5 June 2023

‘महाभारत’का ‘शकुनी’ गुफी पेन्टलको निधन

काठमाडौं । ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको निधन भएको छ । ७८ वर्षीय उनको मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा फरिदबादको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो । त्यहाँ सुधार नभएपछि उनलाई केही दिनदेखि मुम्बईको अँधेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज साँझ अन्त्येष्टि गरिने जनाइएको छ ।

सन् १९७५ मा ‘रफू चक्कर’ फिल्मबाट बलिउडमा डेब्यु गरेको गुफी ८० दशकमा केही फिल्म र टीभी शोमा देखिए । यद्यपि उनलाई खास परिचय भने सन् १९८८ मा बीरआर चोपडाको सुपरहिट शो ‘महाभारत’ले दियो । यसमा उनले शकुनी मामाको भूमिका गरेका थिए । गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा देखिएका थिए ।

गुफीको निधनमा बलिउडकर्मी र दर्शकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।



source https://www.onlinekhabar.com/2023/06/1317875

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More