Thursday 8 June 2023

कल्पतरु शताङ्क समारोहमा डा. बस्ताकोटी सम्मानित

२६ जेठ, काठमाडौं । कल्पतरु साहित्यिक पत्रिका प्रकाशन शताङ्क समारोहमा साहित्यकार डा. ऋषि बस्ताकोटी सम्मानित भएका छन् ।

साहित्य सदन रामहिटीमा आयोजित साहित्यिक समारोह विगत तीन दशकदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ प्रदान गरिएको हो ।

वनविज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक सिध्याएपछि जर्मनीबाट मास्टर्स र क्यानाडाको क्यालगरी युनिभर्सिटी पिएचडी पूरा गरेपछि बस्ताकोटी अहिले अमेरिकी सरकारी निकायमा जलवायु विज्ञका रूपमा कार्यरत छ । सिर्जनात्मक लेखनमा पनि सक्रिय उनको गत वर्ष ‘विसंगत बस्ती’ मुक्तक संग्रह पनि प्रकाशित भएको छ ।

प्रवासमा नेपाली साहित्यको उत्थानमा क्रियाशील बस्ताकोटीका डेढ दर्जनभन्दा बढी गीत, गजल रेकर्ड भइसकेका छन् ।

समारोहमा साहित्यकार भोजराज रेग्मी ‘मुखाले’ लाई कल्पतरु वर्ष स्रष्टा पुरस्कार-२०७९ प्रदान गरिएको आयोजकले जनाएको छ।



source https://www.onlinekhabar.com/2023/06/1319686

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More