Friday 16 June 2023

कललम जपक ठककरबट घइत भएक यवकक मतय

२ असार, धनगढी । कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका- ४ खैरेनामा प्रदेश ३-०१-०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका- १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2023/06/1323425

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More