Monday 5 June 2023

यू-२० महिला एसियन कप छनोट : नेपालले घरेलु टोली म्यानमारको सामना गर्दै

२३ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारको सामना गर्दैछ ।

नेपाल र म्यानमारबीचको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

नेपालभन्दा माथिल्लो वरीयताको टोली भए पनि उच्च मनोबलका साथ नेपालका प्रशिक्षक यामबहादुर गुरुङले बताएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हरेक खेल जित्नकै लागि खेल्ने बताए ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ ।  टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ । हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ गुरुङले भने, ‘फिफा वरीयतामा हामीभन्दा माथl भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

समूह बी मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ । चीन नेपालको समूहको बलियो टोली हो । नेपालले कम्तीमा दुई टोलीलाई हराउँदै प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउने लक्ष्य राखेको छ ।

समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् । दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा समूह ए बाट अष्ट्रेलिया र घरेलु टोली भियतनामले अन्तिम चरणमा स्थान पक्का गरिसकेका छन् ।

यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह बी को विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।



source https://www.onlinekhabar.com/2023/06/1318262

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More