८ कात्तिक, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो ।
सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए । जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।
प्रहरीले उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल पुर्याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
८ कात्तिक, पर्वत । पोखरा बेनी सडक खण्डको मालढुंगामा ठूलो पहाडमुनि कालीगण्डकीको किनारमै एउटा बस्ती छ- माझी बस्ती । १५० परिवार बसोवास गर्ने यो बस्तीमा तीन सय हाराहारीमा मतदाता छन् ।
जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता मंसिर ४ को चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गाउँ घर घुमिरहँदा र गाउँ घरका मान्छे तिहारको रौनकमा रमाइरहँदा यो बस्तीमा न त तिहार आएको छ न चुनाव नै ।
बस्तीका बासिन्दा कालीगण्डकी तीरमा बालुवा चाल्दै र गिट्टी कुट्दै गरेका देखिन्छन् । बिहानदेखि बेलुकीसम्म नै गिट्टी नकुट्ने हो भने बिहान बेलुकीको छाक टार्न नै धौ-धौ छ यहाँका माझी समुदायलाई ।
‘न कुनै चार्डपर्वको रमाइलो न कुनै आश न कुनै चुनावको उत्साह हामीलाई’, माझीबस्तीको सामुहिक बोली हो यो ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मा पर्ने यो कालिगण्डकी तीरको बस्तीमा आउने नेताहरुले घाउका लागि मलम होइन नुनचुक लिएर आउने गरेको बताउँछन् उनीहरु ।
चुनावका समयमा भोट माग्न आउनेले कालिगण्डकी नदी किनार र सडकको पहिरोले जोखिममा परेको बस्तीलाई उचित ठाउँमा स्थानान्तरण गर्ने आश्वासन मात्र दिएको काम नगरेको मैना गुरुङको गुनासो छ । ‘के माग्नी हो माग हामी सबै पूरा गर्छौं, हामीलाई भोट देउ भन्छन्,’ उनी भन्छिन, ‘अनि चुनाव जितेपछि अर्को चुनावसम्म देखा नै पर्दैनन् ।’
नेताहरुले आफ्नाका लागि मात्र काम गरेको तर जनताका लागि कुनै काम नगरेको उनीहरुको आरोप छ । ‘अहिलेसम्म कसैले केही गरेनन् बस्तीमा आउँछन् भोट माग्छन्,’ बालुवा र ढुंगामा पसिना बगाएर ४ दशक बिताएकी भद्रकाली श्रेष्ठ भन्छिन्, ‘मलाई भोट दिएर जिताउनुहोस भनेर सपना देखाउँछन् । चुनावमा जितेर उनीहरु चिल्लो कारमा हिँड्छन् । हाम्रा दुख ज्युँका त्युँ नै छन् ।’
३ पदक चुनाव जितेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई पराजित गर्दै २०७४ को निर्वाचनमा पर्वतबाट पदम गिरी निर्वाचित भएका थिए । यो पटक पनि उनीहरु दुई जना नै प्रतिस्पर्धामा छन् ।
र दुवैले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, दीर्घकालीन रोजगारीको अवसरको ग्यारेण्टीलाई चुनावी नारा बनाएका छन् । तर उनीहरु जसले जिते पनि आफूहरुलाई केही नहुने माझी बस्तीको साझा बुझाइ छ ।
विगतमा खोला किनारबाट ढुक्कसँग बालुवा गिट्टी निकाल्न पाउने गरेका उनीहरु अहिले नगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको बताउँछन् । नगरपालिकाले कालीगण्डकी नदीबाट बालुवा गिट्टी निकाल्न नपाउने निर्णय गरेकोमा उनीहरु असन्तुष्ट छन् । नगरपालिकाको ननिकाल्न भने पनि उनीहरुले आफ्नो काम भने छाडेका छैनन् ।
८ कात्तिक, वीरगञ्ज । पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो ।
असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।
थप उपचारको लागि साढे ८ बजे एल.एस.न्युरो अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।
७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्, जसमा एक दर्जन बैंकहरुको नाफा आर्थिक वर्ष २०७८/७९ को तुलनामा घटेको छ । औसतमा भने ५.८८ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा १७ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
अझ हाल नबिल बैंकमा गाभिएको नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा कमाएको नाफालाई पनि जोड्ने हो भने वाणिज्य बैंकहरुको नाफा ३.४७ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंकसहित २७ वाणिज्य बैंकले १८ अर्ब १२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थिए । जसमध्ये नेपाल बंगलादेश बैंकको ४१ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । नेपाल बंगलादेश बैंक २७ असार २०७९ मा नबिल बैंकमा गाभिएको थियो ।
बैंकहरुको आम्दानीमा उल्लेख्य वृद्धि भएपनि सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम वृद्धि हुँदा नाफा बढ्न नसकेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव हुँदा बैंकहरुले योजनाअनुसार कर्जा विस्तार गर्न सकेनन् । तर, कोभिड-१९ महामारीका बेला अधिक तरलता हुँदा अर्को बैंकले व्यवसाय खोस्ने डरमा निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर स्प्रेड दर घटाएका बैंकहरुले तरलता अभावसँगै वित्तीय मधयस्तता सेवा वापतको शुल्क वृद्धि गरे ।
जसले गर्दा तरलता अभावका बाबजुद बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ३५ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा ३९.२० प्रतिशत बढी ४९ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंकले आर्जन गरेको ६७ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानीलाई जोड्दा पनि बैंकहरुको खुद ब्याज आम्दानी औसतमा ३६.६१ प्रतिशतले वृद्धि भएको छ ।
किन बढेन नाफा ?
बैंकहरुको मुख्य आम्दानी भनेको खुद ब्याज आम्दानी नै हो । बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बीचमा वित्तीय मध्यस्तता सेवा वापत लिने शुल्क बापत गर्ने आम्दानी खुद ब्याज आम्दानी हो । सोही खुद ब्याज आम्दानी बढेपनि असोजमा उठ्नुपर्ने ब्याज नउठेको र सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकममा वृद्धि हुँदा बैंकहरुको नाफा बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बताउँछन् ।
प्रथम त्रैमासमा करिब ५० अर्ब खुद ब्याज आम्दानी गरेकोमा ९ अर्ब ४७ करोड १९ लाख रुपैयाँ रकम सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाको लागि प्रोभिजन गरेका छन् ।
जबकी गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड ७३ लाख रुपैयाँ मात्रै प्रोभिजन गरेको थिए । यही प्रोभिजनिङ रकममा भएको वृद्धिको कारण बैंकहको आम्दानी बढेपनि नाफा नबढेको हो ।
‘प्रोभिजन बढ्नुको एउटा कारण असोजमा उठ्नुपर्ने ब्याज नउठेको भएर हो भने अर्को राष्ट्र बैंकले पनि सुपरीवेक्षणका क्रममा औंल्याएको कमजोरीहरुमा पनि प्रोभिजन गर्नुपर्यो’, बैंकर्स संघका अध्यक्ष उपाध्याय भन्छन्, ‘पैसा नतिर्ने भनेपछि प्रोभिजन बढ्ने नै भयो । यसले बैंकहरुमा निष्कृय कर्जा अनुपात बढ्ने संकेत देखिएको छ । अहिलेसम्म वित्तीय क्षेत्र सन्तुलित थियो यस्तै अवस्था हुने हो भने बैंकहरुमा पनि समस्या आउँछ ।’
कर्जा ‘रिकभरी’ नभएर प्रोभिजन रकम बढ्नु भनेको निष्क्रिय कर्जा अनुपात बढ्ने संकेत नै भएको बैंकर उपाध्यायले बताए । अहिले निष्क्रिय कर्जा र सुक्ष्म निगरानीमा गएको कर्जाको प्रोभिजन भएको भन्दै अर्को त्रैमासमा ‘वाच लिस्ट’मा रहेको कर्जा असुली भएमा प्रोभिजन घट्न र नभएदेखि झनै बढ्नसक्ने उनले बताए ।
‘सुक्ष्म निगरानीमा गएको कर्जा असली भए त राम्रो भयो तर निष्कृय कर्जामा गयो भने कारवाही नगरी भएन’, उनले भने, ‘पुनर्संरचना गरेर त्यसलाई ब्याक गर्दा पनि साढे १२ प्रतिशत प्रोभिजन गर्नैपर्छ, त्यसले बैंकलाई फाइदा हुदैन । नयाँ कर्जा प्रवाह गर्दा १ं३ प्रतिशत प्रोभिजन गर्दा पुग्छ । तर, त्यसलाई रेस्क्यु गर्दा झनै जोखिम बढ्न सक्छ ।’
आधा दर्जन बैंकको नाफा अर्ब नाघ्यो
आर्थिक वर्षको प्रथम त्रैमासमा नै ६ वटा बैंकले १ अर्ब भन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले ४८.७९ प्रतिशतले नाफा बढाएर सबैभन्दा धेरै १ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत असारमामा नेपाल बंगलादेशलाई गाभेर एकीकृत कारोबार सुरु गरेको नबिलको नाफा दुबै बैंकको एकीकृत वित्तीय विवरणको हो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ६ लाख र कुमारी बैंकले १ अर्ब १५ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
गत आबको प्रथम त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा सबैभन्दा धेरै नाफा बढाउने बैंक कुमारी हो । उसले ८५.०७ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ४ करोड ४४ लाख नाफा कमाएको एनएमबि बैंकको चालु आबको सोही अवधिमा नाफा १३.४३ प्रतिशतले घटेर ९० करोड ४१ लाखमा झरेको छ ।
प्राइम कमर्सियल बैंकको नाफा १०.६१ प्रतिशत, नेपाल बैंकको १९.९७ प्रतिशत, सानिमा बैंकको ३.४६ प्रतिशत एनसीसी बैंकको ०.२४ प्रतिशत, मेगा बैंकको ४४.३३ प्रतिशत, लक्ष्मी बैंकको ८.९३ प्रतिशत, सिटिजन्स बैंकको २७.०९ प्रतिशत, सिद्धार्थ बैंकको ४७.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको १९.६५ प्रतिशतले नाफा घटेको छ । त्यस्तै कृषि विकास बैंकको नाफा ५४.४८ प्रतिशतले घट्दा सनराइज बैंकको नाफा सबैभन्दा धेरै ६१.५० प्रतिशतले घटेको छ ।
प्रथम त्रैमासमा सनराइज बैंकको नाफा १६ करोड ५८ लाखमा सीमित हुँदा कृषि विकास बैंकको २२ करोड १० लाख रुपैयाँमा झरेको छ ।
सबै बैंकको खुद ब्याज आम्दानी बढ्यो
सबै वाणिज्य बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा चार बैंकले ३ अर्बमाथि आम्दानी गरेका छन् । दोस्रो धेरै नाफा कमाएको नबिल बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले वृद्धि भएर ३ अर्ब ६७ करोड ७२ लाख पुगेको छ । यस्तै एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढेर ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब २० करोड २७ लाख र राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३९ लाख रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १२ करोड ९५ लाख, सिद्धार्थ बैंकले २ अर्ब १२ करोड ८६ लाख र एनएमबि बैंकले २ अर्ब ५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशतले बढेको छ ।
स्प्रेड दरले बढेको खुद ब्याज आम्दानी
बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर नै स्प्रेड दर हो । यसलाई बैंकहरुले वित्तीय मध्यस्तता सेवा वापत लिने शुल्क भनदा पनि हुन्छ । गत आर्थिक वर्षबाट बैंकहरुले लगानीयोग्य स्रोतको अभाव हुँदा कर्जा लगानी गर्न सकेनन् ।
राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर ४.४ प्रतिशतसम्म हुन पाउने व्यवस्था छ । तर, कोभिडको समयमा भएको अधिक तरलताले बैंकहरुको ब्याजदर अन्तर ३ प्रतिशत र त्यसभन्दा पनि तल झरेको थियो ।
तर, चालु आबको प्रथम त्रैमासमा आउँदा उक्त स्प्रेड दर बढेर अधिकाम्स बैंकको ४ प्रतिशत हाराहारीमा पुगेको छ । जसमध्ये एनआईसी एशिया बैंकको स्प्रेड सबैभन्दा धेरै ४.३९ प्रतिशत हुँदा नेपाल बैंकको सबैभन्दा कम ३.६६ प्रतिशतमा झरेको छ ।
यही स्प्रेड दर बढ्दा बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि देखिएको हो ।
नेपाल बैंकसहित कृषिविकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्प्रेड दर घटेको छ । सबैभन्दा धेरै स्प्रेड दर वृद्धि सनराइज बैंकको १.६७ प्रतिशत बिन्दुले भएको छ ।
आम्दानी बढेपनि सम्भावित कर्जा नोक्सानीको लागि गर्नुपर्ने प्रोभिजन वृद्धि हुँदा त्यसले नाफामा सपोर्ट भने गर्न सकेन ।
किन बढ्यो प्रोभिजन ?
राष्ट्र बैंबकले सुपरीवेक्षणमा गरेको कडाइले गर्दा बैंकहरुले यसपटक प्रोभिजन रकम बढाएका छन् । अर्कोतर्फ असोजमा कर्जा असुली पनि खासै राम्रो नदेखिएको र असोजमा बैंक्हरुले असुलीलाई प्राथमीकतामा पनि राखेनन् । ब्याज नउठेपछि त्यसलाई सम्भावित जोखिमको रुपमा प्रोभिजन गर्नुपर्दा बैंकहरुको प्रोभिजन बढेको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय बताउँछन् ।
व्यवसायीले बैंक बहिस्कार भनेर अभियान चलाउने आन्दोलन गर्ने जस्ता कार्यले पनि कर्जा रिकभरीमा समस्या भएको र यसले वित्तीय क्षेत्र नै जोखिमा जानसक्ने उनले बताए ।
प्रोभिजन तालिका
चालु आबको प्रथम त्रैमासमा सबैभन्दा धेरै प्रोभिजन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकको प्रोभिजन रकम ९८ करोड ३४ लाख हुँदा सिद्धार्थ बैंकको ८९ करोड ३१ लाख रुपैयाँ प्रोभिजन गरेको छ ।
कुमारी बैंक र एनआईसी एशिया बैंकले भने प्रोभिजन राइट ब्याक गरेको छ । कुमारी बैंकले ७ करोड ७ लाख रुपैयाँ राइट ब्याक गर्दा, एनआईसी एशिया बैंकले १२ करोड ७९ लाख राइट ब्याक गरेको छ ।
८ कात्तिक, धनगढी । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
७ कात्तिक, बलरा (सर्लाही) । सर्लाही–४ मा हामी पुग्दा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह काठमाडौं जाने जहाज चढ्न सिमरा एअरपोर्ट पुगेका थिए । टेलिफोन संवादमा उनले भने, ‘मेरो बहुत राम्रो प्रभाव छ नपत्याए स्थानीय बासिन्दालाई सोध्नुहोस् ।’
बलरा नगरपालिका–५ सुदामा टोल नजिकैको सानो बजारमा चिया पसलमा भेटिएका दुई युवकसँग कुराकानी ग¥यौं ।
कुराकानीको बिट मारेर उनीहरु आआफ्नो मोटरसाइकल बस्दा थाहा भयो अमरेशका प्रचारक रहेछन् । किनभने मोटरसाइकलको अघिल्तिर अमरेश सिंहको फोटो टाँसिएको थियो । अमरेशले मतदातालाई ‘कन्भिन्स’ गर्न युवाहरुलाई यसैगरी मोटरसाइकलमा खटाएका रहेछन् ।
उसो त सर्लाही–४ का लागि अमरेश सिंहको नाम नयाँ होइन । यही क्षेत्रबाट उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन् । तेस्रो पटकमा चाहिँ उनी स्वतन्त्र हैसियतमा छन् ।
सर्लाहीमा कांग्रेसभित्र दखल राख्ने नेता थिए अमरेश । तर १४ औं महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियादेखि कांग्रेसको राजनीतिमा उनको ग्रह बिग्रियो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्नुबाहेक उनले उपाय देखेनन् ।
कुनै बेला पार्टीमा संगै खट्ने र एकअर्कालाई सघाउने सहयात्री नागेन्द्रकुमार यादव अमरेशकै प्रतिस्पर्धी छन् । नागेन्द्रलाई नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका सत्ता गठबन्धनमा रहेका दलको साथ छ ।
नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टीको पूर्वजिल्ला सभापति हुन् । उनलाई सभापति जिताउन अमरेशले सघाएका थिए । कुनै बेला अमरेशको निकट मानिने वीरेन्द्र सिंह पनि अहिले नागेन्द्रसंगै छन् ।
सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव
संस्थापन पक्षमा लागेका उनीहरुको पार्टीमा बोलवाला चलेपछि कांग्रेसभित्रको राजनीतिमा अमरेश पाखा परेको चर्चा सर्लाही–४ मा छ । प्रतिनिधिसभा निर्वाचनमा टिकटको आश गरेका अमरेशलाई क्षेत्रबाट कारवाहीको सिफारिस भएपछि उनी आफ्ना पुराना सारथीहरुका विरुद्ध बागी उठेका हुन् ।
सत्ता गठबन्धनमै रहेको दल माओवादी केन्द्रका नेता शिवपुजन रायले पनि छोरी मधुमाला यादवलाई स्वतन्त्र उम्मेदवार बनाएर गठबन्धनको अवज्ञा गरेका छन् ।
कांग्रेसमा भाडभैलो र प्रदेशससभामा पनि टिकट नपाएपछि शिवपुजनले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवार उठाएका हुन् ।
शिवपुजन राय र छोरी मधुमाला ।
०६३ को मधेश आन्दोलनदेखि राजनीतिमा सक्रिय शिवपुजन २०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन सर्लाही–६ मा मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित भए ।
कांग्रेसका अमरेश सिंहलाई पराजित गर्दै उनले जित निकालेका थिए । त्यतिबेला उनी रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिए । २०७० को चुनावमा उनी किसान छापबाट प्रतिस्पर्धा गरे, तर पराजित भए ।
२०७४ मा माओवादी पार्टीमा प्रवेश गरेर उनले सर्लाही ४ बाटै टिकट पाए पनि अन्तिम समयमा उनको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदियो ।
३० वैशाखको स्थानीय चुनावमा शिवपूजन रामनगर गाउँपालिका अध्यक्षमा आफ्ना कान्छा छोरा राजाबाबु यादवलाई चुनाव जिताए भने यति बेला छोरी मधुमालालाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
यो क्षेत्रमा अमरेश र शिवपुजनबीच शक्तिको लडाईं बेलाबेला चलिरहन्छ । यस क्षेत्रमा अमरेश सिंहको जस्तै प्रभाव शिवपुजनको पनि छ । यसपालि छोरीले दिएको स्वतन्त्र उम्मेदवारीमार्फत् प्रतिस्पर्धामा आएका शिवपुजनले आफ्नो प्रतिस्पर्धी अमरेशलाई नै मानेका छन् ।
नेताहरुबीचको प्रतिष्ठाको लडाईंले स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धा गरिरहेका बेला सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनका आधिकारिक उम्मेदवारहरु भने दबाबमा देखिएका छन् ।
२०५६ को संसदीय चुनावमा सर्लाही ४ बाट जितेका नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनी २०७४ को निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद भएका थिए । उनी पाँचदलीय गठबन्धनका संयुक्त उम्मेदवार बनेका छन् ।
यो क्षेत्रमा कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्ने चर्चा थियो । संस्थापन पक्षकै भएका कारण नागेन्द्रले टिकट पाए ।
सर्लाही ४ मा गठबन्धन कांग्रेस–माओवादीको मात्रै छैन, एमाले र जसपाको पनि छ । जसपाका उम्मेदवार राकेश मिश्र २०७४ को निर्वाचनमा उनी यसै क्षेत्रमा राजपाबाट उम्मेदवार थिए र अमरेश सिंहसँग पराजित भएका थिए ।
अमरेशले २९ हजार ६७५ मतसहित निर्वाचित हुँदा राकेश २८ हजार १३६ मतमा सीमित भएका थिए । अन्यले उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।
राजपा फोरम गठबन्धनका उम्मेदवार रहेका राकेशलाई शिवपूजनको उम्मेदवारी अन्त समयमा खारेज हुँदा बाम गठबन्धनको समेत मत परेको चर्चा हुने गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा २० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नौ जना त स्वतन्त्रमात्रै छन् ।
गत स्थानीय तह निर्वाचनमा सर्लाही ४ भित्र पर्ने वडाहरुमा कांग्रेसको २३ हजार १३१, माओवादी केन्द्रको १८ हजार ६६५, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२, एकीकृत समाजवादीको ६०९ मत आएको थियो ।
उम्मेदवारहरु के भन्छन् ?
अमरेशकुमार सिंह, स्वतन्त्र
यति ग्यारेन्टी गर्छु कि म जित्छु । यहाँ जति बाटो, पुल लगायतको विकासको काम भएको छ । लगातार सांसद भएर मैले नै गरेको छु । सांसदमा जोडदार बोलेपछि मलाई कांग्रेसले टिकट दिएन भनेर जनतामा व्यापक आक्रोश छ । ममाथि अन्याय भएको जनताले भनिरहेका छन् । गठबन्धनकै दुवै उम्मेदवार बहरिया हुन् । यो क्षेत्रमा कसैको घर नै छैन ।
यो क्षेत्रमा दुईजनाको मात्रै प्रभाव छ, मेरो र शिवपुजन रायको । मेरो प्रतिस्पर्धा स्वतन्त्र उठेकी शिवपुजनकी छोरी मधुमालासंग हुन्छ । हामी गठबन्धनको बागी हौं । त्यसैले गठबन्धन जित्ने अवस्था न्यून छ ।
म ३० वर्षदेखि राजनीतिमा छु । १५ वर्षदेखि निरन्तर चुनाव जित्दैछु । त्यसैले यो क्षेत्रको आवश्यकता मैले बुझ्छु ।
मधुमाला यादव, स्वतन्त्र
मैले स्वतन्त्रपूर्वक उम्मेदवारी दिएकी हुँ । बुवाले मलाई उठाउनुभएको होइन, जनताले उठाएको हो । युवामा परिवर्तनको चाहना छ, त्यसैले उनीहरुले मलाई परिवर्तनकै लागि उम्मेदवार बनाएका हुन् ।
शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, दाइजो प्रथा अन्त्य गर्ने प्रयास, महिलामाथि भइरहेको हत्या हिंसाविरुद्ध आवाज उठाउने छु । यहाँको एकएक समस्याको लागि सदनमा आवाज उठाउँछु । जुन यहाँबाट जितेर गएका कसैले केही गरेका छैनन् ।
नागेन्द्रकुमार यादव, नेपाली कांग्रेस
मेरो जित्ने प्रमुख आधार गठबन्धनको मत हो । कांग्रेसका बागी अमरेश सिंह र माओवादीबाट शिवपुजन रायकी छोरी स्वतन्त्र उठे पनि मलाई खासै फरक पर्दैन । गठबन्धनको ५६ हजार मत छ । यदि ५–७ हजार मत घटे पनि दुईवटा प्रदेशसभा सदस्यसहित तीनैजना चुनाव जित्छौं ।
शिवपुजन (कि छोरी मधुमाला) लाई केही मुठीभर कार्यकर्ताले मत दिन्छन् । यसपटक जमानत जोगाउन सक्दैनन् । अमरेश सिंहको पछाडि कति जनता छन् र ? उनी कांग्रेस नै छैनन् भने कांग्रेसको मत कसरी पर्छ ?
विगतमा पनि उनको काम पटक पटक जनताले हेरिसकेका छन् । म विगतमा पनि यही क्षेत्रबाट लडेको छु, जितेको छु । अहिले बाहिरिया भनेर हल्ला फैलाइँदै छ । जनता झुक्किदैनन्, यो क्षेत्रमा म जित्दै छु ।
राकेश मिश्र, एमाले जसपा गठबन्न
मेरो जित्ने प्रमुख आधार किसान आन्दोलन हो । पहिला सरकारले उखु किसानलाई दिएको अनुदान उद्योगीको खातामा आउँथ्यो । हाम्रो आन्दोलनले अब किसानको खातामा आउन थालेको छ ।
मेरो आन्दोलन बेथितीविरुद्ध हो, यसमा सारा किसान, जनता, वुद्धिजिवीको साथ छ । विगतमा थोरै मतले हारेको थिएँ ।
यसपटक सत्ता गठबन्धनमा बागी उम्मेदवारहरु छन् । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । अमरेश सिंहले जहिल्यै पनि धाँधली गरेर जिते । यसपटक मैले जित्ने प्रवल सम्भावना छ ।
७ कात्तिक, रोल्पा । रोल्पाका महिलाहरुले फूल खेती गर्न थालेपछि प्लाष्टिकका कृत्रिम फूलमाला विस्थापित हुन थालेको छ ।
सुनिलस्मृति गाउँपालिका-२ खुंग्रीका महिलाहरूले सुरु गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका कृत्रिम माला विस्थापित हुन पुगेको हो ।
सवणर्ावती स्वावलम्वन समूहका २८ जना महिलाहरू मिलेर सुरु गरिएको उक्त पुष्प खेती करिव डेढ रोपनी जग्गामा लगाइएको छ । तिहारलाई लक्षित गरेर ५५५ जातको पुष्प खेती गरिएको छ । अहिले फूल फूलेका छन् ।
फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पुष्प खेती सुरु गरिएको सुवणर्ावती स्वावलम्वन समूहका अध्यक्ष गीता योगीको भनाइ छ । ‘समूहमा आवद्ध महिलाहरूको आयआर्जनमा समेत टेवा पुर्याउने उद्देेश्यले पुष्प खेतीको सुरुआत गरेका हौं,’ योगीले भनिन ।
हाल प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री भइरहेको फूल बाह्रै महिना लगाउने गरी तयारी गरिहेको अध्यक्ष योगीले बताइन् । यसका लागि हामीलाई प्राविधिक सहयोगको आवश्यकता परेको छ ।
तिहारको समयमा देश बाहिरबाट आयातित प्लाष्टिकका कृत्रिम माला विस्थापित गर्दै स्थानीय जातका सयपत्री फूलको प्रवर्द्धन गर्ने आफूहरूको लक्ष्य रहेको समूहमा आवद्ध महिलाहरुको भनाइ छ ।
आफूहरुले सुरु गरेको पुष्प खेतीवाटै फूल किन्न थालेसंगै प्लाष्टिकका कृत्रिम माला बिक्री वितरण हुन छाडेको सुवर्णावती स्वावलम्वन महिला समूहको भनाइ छ ।
आफ्नै घर आगनमा पुष्प खेती गर्न सकिने प्रशस्तै सम्भावना रहे पनि फूलकै लागि हरेक वर्ष ठूलो धनरासी विदेशिने गरेका कारण यसलाई रोक्ने प्रयासस्वरुप आफूहरूले सामूहिक पुष्प व्यवसाय गरेको महिला समूहको भनाइ छ ।
खुंग्रीबाट रोल्पा सदरमुकाम लिवाङ, सुलिचौर प्यूठानको भिग्रीलगायतका मूख्य व्यापारिक केन्द्रहरु नजिकै पर्दछन । यसका साथै प्यूठानको विजुवार, दाङको भालुवाङ, लमही पनि पुष्प व्यवसायका लागि नजिकका बजार हुन ।
‘मिसन जोजो ।’ अर्थात् प्रहरीले एउटा रहस्यमयी अपराध अनुसन्धानको लागि राखेको नाम । राजधानी सहरमा भएको यस्तो अपराध घटना, जसको छेउटुप्पो पत्तो लगाउन प्रहरीलाई निकै कठिन भइरहेको थियो । त्यही स्थितिमा उनीहरुले कुकुरको मद्दत लिए । कुकुरको नाम थियो, जोजो ।
गोंगबु चोक नजिकै सडकमा सुटकेसभित्र क्षत्विक्षत् अवस्थामा मान्छेको लास भेटिएको थियो, जसको टाउको र खुट्टा नै थिएन । उक्त लास कसको हो ? हत्या कसले गरेको हो ? यी प्रश्नहरुको हल गर्दै अपराधीसम्म पुग्न उनै जोजोले प्रहरीलाई साथ दियो ।
घटना २०७७ साउन २५ गतेको थियो । गोंगबु चोकबाट गणेश मन्दिर छिर्ने बाटोको नवज्योति मार्गमा सडकको दाहिने किनारमा रगतले लत्पतिएको सुटकेस फेला प¥यो । सुटकेसमा टाउको र खुट्टा विनाको शव भेटियो । टाउको नभएकाले प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या भयो । शवको अन्य भाग खोज्न तथा दोषी पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त ट्रयाकर कुकुर ‘जोजो’को सहारा लियो ।
सुटकेस सुँघाएर छाडिएको जोजो तीन सय मिटर पर रोकियो । जहाँ अर्को जेब्रा झोला भेटियो । झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो । टाउको फेला परेपछि प्रहरीलाई शवको पहिचान गर्न सहज भयो ।
प्रहरीले अपराधी पत्ता लगाउने जोजो र ह्याण्डलर सई शंकरप्रसाद शर्मालाई सम्मान ग¥यो । जोजो २०७४ सालमा बेलारुसबाट नेपाल ल्याइएको थियो ।
०००
‘तुफान’ । जर्मन शेफर्ड जातको यो कुकुरले सुदूरपश्चिमको एउटा अपराधमा प्रहरीलाई निर्णायक साथ दियो । घटना २०७८ असोज १९ गतेको थियो ।
कञ्चनपुरको चम्पापुरमा एक पुरुषको शव फेला प¥यो । ती पुरुषको हत्या कसले ग¥यो वा कसरी भयो ? प्रहरीलाई यसको निचोडसम्म पुग्न तुफानले सघायो । मृतकको कपडा सुँघाइ छाड्दा तुफानले शव भेटिएको स्थानबाट ५०० मिटर दक्षिण धानबारीसम्म गयो । धानबारीमा बँदेल मार्न धराप थापिएका विद्युतीय सामान फेला परे । प्रहरीले ती सामानलाई तुफानलाई सुँघाए । तुफान त्यहाँबाट तीन जनाको घरघरमा पुग्यो । तुफान पुगेको घरका तीनै जना व्यक्तिले पछि अपराध स्वीकार गरे ।
०००
‘पप्पी’ । जर्मन शेफर्ड जातको यो कुकुरले हराइरहेको एउटा मान्छेको स्थिति पत्ता लगाउन प्रहरीलाई सहयोग ग¥यो । घटना २०७८ चैत २९ गतेको हो । काठमाडौंको शंखरापुर नगरपालिका–७ का हरिबहादुर श्रेष्ठ घरबाट हराए । परिवारले खोजीका लागि प्रहरीलाई खबर ग¥यो । प्रहरीले ट्रयाकर विषयको तालिम प्राप्त जर्मन शेफर्ड जातको ‘पप्पी’ नामक कुकुरको प्रयोग ग¥यो ।
सबुत प्रमाणको रुपमा घटनास्थलमा रगतजस्तो पदार्थ सुँघाई पप्पीलाई छाडियो । पप्पीले ट्रयाक गरेर शाली नदी किनारमा रगतजस्तो देखिने ढुङ्गामा गएर उभियो । पप्पी त्यसपछि अगाडि बढेन । प्रहरीले पछि उनी खोलामा खसेको आँकलन ग¥यो । खोज्दै जाँदा उनी खोलामै डुबेको अवस्थामा फेला परे ।
०००
यी केही दृष्टान्त हुन्, जसले समाजमा व्याप्त अपराध अनुसन्धानका लागि कुकुरले कसरी साथ दिइरहेको छ भन्ने कुरा छर्लङ्ग पार्छ । सिकार, सुरक्षा र साथीका लागि ढुंगेयुगबाटै मान्छेले कुकुरसँग नाता जोड्यो । अहिले हल्काफुल्का मनोरञ्जनदेखि गहन अपराध अनुसन्धानसम्ममा कुकुरले दर्बिलो साथ दिंदै आएको छ ।
२०७८ पुस २३ गते तनहुको व्याँस नगरपालिका–११ को दरौैपँधेरामा पोखरा महानगरपालिका–८ पृथ्वीचोक बस्ने ३४ वर्षीय किरणकुमार गुरुङको घटनाको अनुसन्धानमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको केनाइन शाखाबाट ट्रयाकर विषयमा तालिम प्राप्त कुकुर ‘कुशल’ परिचालन गरियो । घटनास्थलमा पाइएको प्रमाण सुँघाई हेर्दा कुशल घटनास्थलबाट चार किलोमिटर पर दमौलीबजारसम्म पुगेर व्यास नगरपालिका–११ दरौपँधेरा घर भएका पुजन तिवारीलाई संकेत ग¥यो । प्रहरीले पक्रेपछि तिवारीले अपराध स्वीकार गरे ।
२०७१ असोज १४ गते राति लमजुङको पिप्ले–४ भोटेओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या अभियोगमा घटनास्थलमा प्राप्त सबुतको गन्ध सुँघाएर कुकुर परिचालन गर्दा ‘ज्वाला’ नामको कुकुरले संकेत गरेपछि प्रहरीले अभियुक्त राममणि रेग्मीलाई पक्राउ ग¥यो । उनले पनि प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरे ।
अपराध पहिल्याउने कुकुर
प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले कुनै पनि घटनामा संलग्न अभियुक्तलाई मात्रै पत्ता लगाउने होइन, लागुऔषधको खोजी र पहिचान, हातहतियार तथा विष्फोटक पदार्थको खोजी, विपद् व्यवस्थापन तथा उद्धारको काम पनि गर्छन् । र, कुकुरलाई साथ लिएका यस्ता मिसन सफल भएका छन् ।
नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगञ्जकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङ अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरले निकै सघाएको बताउँछिन् । ‘प्रहरीलाई हम्मेहम्मे परेका कतिपय अपराधका घटनामा कुकुरको साथ खोजिएको छ,’ उनी भन्छिन्, ‘त्यस्ता अपराधको प्रवृत्ति र पात्र पहिल्याउन कुकुर सफल भएका छन् ।
तालिम प्राप्त कुकुरको माध्यमबाट नेपाल प्रहरीले जटिल घटनामा पनि सफलता हात पारेको छ,’ गुरुङ भन्छिन्, ‘तालिम प्राप्त कुकुरले अनुसन्धान अधिकृतलाई हम्मेहम्मे परेका जधन्य अपराधका घटनामा अपराधीलाई पक्रिन सहज बनाइदिएको छ ।’
तालिम प्राप्त कुकुरको माध्यमबाट प्रहरीलाई अपराधीसम्म पुग्न सहज भएको र सजिलै अपराधी पत्ता लाग्ने भएका कारण प्रहरीले सातै प्रदेशमा प्रदेश केनाइन शाखा स्थापना गरेको उनी बताउँछिन् ।
क्राइमसिनदेखि अपराधीसम्म पुग्ने माध्यम
नेपाल प्रहरीसँग भएका कुकुरले जघन्य अपराधका घटनामा प्रहरीलाई निकै ठूलो सहयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतो ।
‘प्रहरीसँग भएका कुकुरले घटनास्थलदेखि अभियुक्तसम्मको काम निकै बफादारीपूर्वक गरिरहेका छन्,’ महतो भन्छन्, ‘विशेष तालिम प्राप्त कुकुर घटनास्थल, क्राइमसिन र अपराधीसम्मको सम्बन्ध सेतु हो ।’
प्रविधि र विज्ञानको विकाससँगै अपराधी ‘एड्भान्स’ बन्दै गइरहेको अवस्थामा प्रहरीलाई जटिल लागेका तथा अनुसन्धानलाई टुंगोमा पु¥याउन नसकिएका घटनामा कुकुरको प्रयोगले निकै सहज भएको महतो बताउँछन् ।
‘तालिम प्राप्त कुकुरको सुँघ्न सक्ने क्षमता र काम गर्ने कलाले प्रहरीलाई अपराधीसम्म पुग्न निकै सहज भएको हो । कुकुरको प्रयोगले अपराधी पक्रिन सहज हुनुका साथै र अपराध गरे एक न एक दिन सजाय भोग्नुपर्छ भन्ने मानसिकता पनि विकास भएको छ । त्यसका लागि तालिम प्राप्त कुकुरको संख्या थप्ने योजना बनाइरहेका छौं,’ ब्युरोका प्रवक्ता महतो भन्छन् ।
प्रहरी कुकुरको प्रयोगबाट जघन्य अपराधका घटनाका दोषीलाई पक्राउ गर्न सफल भएकाले कुकुरप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको एसएसपी गुरुङ बताउँछिन् । ‘अपराध गरेको मान्छे त्यसै डराइरहेको हुन्छ । त्यसमाथि कुकुरले पत्ता लगाएका अभियुक्तले सहजै अपराध स्वीकार गरेका छन् । कुकुरले गरेको कामप्रति विश्वास बढ्दै गएका कारण अहिले जघन्य अपराधका घटनामा कुकुरको माग बढिरहेको छ,’ उनले भनिन् ।
प्रहरीसँग सात प्रजातिका ९५ कुकुर
नेपाल प्रहरीसँग सात प्रजातिका ९५ कुकुर रहेका छन् । प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ ।
नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषधसम्बन्धी काम गर्ने पाँच, अपराधीको खोजी गर्ने पाँच, विपद् व्यवस्थापन सम्बन्धी १६ र तालिमरत सात गरी ३८ कुकुर रहेका छन् ।
त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमान सुरक्षा कार्यालयमा सात, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा ६, विराटनगर विमानस्थलमा चार, मधेश प्रदेश प्रहरी कार्यालय लालगढमा तीन, जनकपुर विमानस्थलमा तीन, वीरगञ्ज–रक्सौल सीमानामा तीन, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सात, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आठ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा चार, कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरमा ६ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा ६ वटा विशेष तालिम प्राप्त कुकुर रहेका छन् ।
देशभर लागुऔषध सम्बन्धी २५, लोकेसन ट्रयाकर सम्बन्धी १७, उद्धार सम्बन्धी ११, विपद् व्यवस्थापन सम्बन्धी ३५ र तालिमरत सात कुकुर रहेको नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जले बताएको छ ।
प्रहरीसँग भएका कुकुरमध्ये सबैभन्दा बढी जर्मन शेफर्ड प्रजातिका कुकुर रहेका छन् भने त्यसपछि ल्याब्राडोर र बेल्जियन शेफर्ड रहेका छन् । केनाइन कार्यालयको तथ्यांक अनुसार जर्मन शेफर्ड ४०, ल्याब्राडोर २०, गोल्डेन रिट्रिभर १४ बेल्जियन शेफर्ड १३, बिगल चार, क्रोकर स्पाइनियल तीन, डच सेफर्ड एक तालिम प्राप्त कुकुर रहेका छन् ।
जर्मन शेफर्ड र बेल्जियन शेफर्ड बढी प्रभावकारी
वरिष्ठ प्रहरी उपरीक्षक गुरुङका अनुसार अध्ययन अनुसन्धानमा सबैभन्दा बढी प्रभावकारी जर्मन शेफर्ड र बेल्जियन शेफर्ड रहेका छन् । तर अहिले नेपाल प्रहरीले जर्मन शेफर्ड भन्दा बढी प्राथमिकता बेल्जियन शेफर्डलाई दिइरहेको छ । कुकुरको ज्यान जति ठूलो भयो त्यति नै त्यसको आयु कम हुने गुरुङ बताउँछिन् ।
उनका अनुसार जर्मन शेफर्डको औसत आयु आठदेखि १३ वर्ष हुन्छ । उसको ज्यान भारी र ठूलो भएका कारण पनि उसले बढ्दो उमेरसँग राम्ररी काम गर्न सक्दैन ।
बेल्जियन शेफर्ड प्रजातिको कुकुर जर्मन सेफर्ड भन्दा सानो र आयु बढी हुने भएकाले त्यसलाई प्राथमिकता दिइरहेको केनाइन कार्यालयको भनाइ छ । अपराध अनुसन्धानमा खटिने कुकुरले ६ देखि आठ वर्षसम्म काम गर्न सक्छ ।
अपराध अनुसन्धानमा खटिने प्रजातिका कुकुर विदेशबाट ल्याउनुपर्ने भएकाले नेपालको हावापानीमा घुलमिल हुन नसकेका कारण छिटो रोग लाग्ने तथा अशक्त हुने गुरुङ बताउँछिन् ।
कामको प्रकृतिअनुसार समूह वर्गीकरण
अपराधीको खोजी तथा पहिचानमा ट्रयाकर डग
प्रहरीले अपराधको प्रकृतिअनुसार कुकुरलाई तालिम दिने गरेको छ । अपराधीको खोजी तथा पहिचानका लागि प्रहरीले ट्रयाकर डगको प्रयोग गर्ने गरेको छ ।
गुरुङका अनुसार हत्या, अपहरण, चोरी र लुटपाटजस्ता घटनामा संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि ट्रयाकर डगको प्रयोग गरिन्छ । त्यस्ता घटनामा ट्रयाकर डग प्रयोगको पहिलो सर्त घटनास्थलको सुरक्षा रहेको गुरुङ बताउँछिन् ।
घटनास्थल सुरक्षित रहेमा, आवश्यक सबुत प्रमाण भएमा, प्राप्त सबुत सम्बन्धी व्यक्तिमाथि शंका लागेमा, शंका गरेको व्यक्ति पक्राउ परेको तर मुख्य अभियुक्तको पहिचान वा सनाखत हुन नसकेमा र घटनामा संलग्न व्यक्ति पक्राउ परेको तर घटना–अभियुक्तबीचको सम्बन्ध खुल्ने किसिमको सबुत प्रमाण प्राप्त नभएको अवस्थामा ट्रयाकर डगको प्रयोग गरिन्छ ।
लागुऔषध खोजी एवं पहिचानमा ड्रग डिटेक्सन डग
लागुऔषधजन्य सामग्रीको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग हुनबाट रोक्न र त्यसको प्रयोगबाट हुने सम्भावित खतरालाई न्यूनीकरण गर्न प्रहरीले ड्रग डिटेक्सन डगको प्रयोग गर्छ ।
विमानस्थल, बसपार्क, होटल तथा रेष्टुरेन्ट, सीमा नाका, पर्यटकीयस्थल तथा भीडभाड हुने स्थान र शंकास्पद स्थानमा प्रहरीले ड्रग डिटेक्सन डगको प्रयोग गर्छ ।
हातहतियार तथा विष्फोटक पदार्थको खोजी गर्न आर्मस एण्ड एक्सप्लोसिभ डग
विष्फोटकजन्य पदार्थको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग हुनबाट रोक्न र मानवीय तथा भौतिक क्षति हुन नदिन आर्मस एण्ड एक्सप्लोसिभ डगको प्रयोग गरिने केनाइन कार्यालयले बताएको छ ।
विशिष्ट व्यक्तित्वको भ्रमण तथा आवागमन, भीडभाड हुने सभा–समारोहमा, बम तथा विष्फोटक पदार्थ राखेको शंकास्पद स्थानमा र विमानस्थल, बसपार्क तथा सीमानामा आर्मस एण्ड एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ ।
खोजी तथा उद्धार कार्यमा सर्च एण्ड रेस्क्यु डग
प्राकृतिक विपद् मात्रै नभई मानवजन्य आपराधिक क्रियाकलाप, अपहरण तथा शारीरिक बन्धकलगायत हराइरहेका मान्छेको खोजी तथा उद्धार गर्ने कार्यमा सर्च एण्ड रेस्क्यु डग प्रयोग गरिने गुरुङ बताउँछिन् ।
‘बाढी पहिरो जस्ता प्राकृतिक विपद्मा परी हराएका, पुरिएका अपहरणमा परेका, बन्धक बनाइएका व्यक्तिको खोजी गर्न सर्च एण्ड रेस्क्यु डगको प्रयोग गरिन्छ,’ उनी भन्छिन् ।
यसरी दिइन्छ कुकुरलाई तालिम
नेपाल प्रहरीले थाइल्याण्ड, बेलायत, जर्मन, अमेरिकालगायत देशबाट कुकुरका छाउरा ल्याउने गरेको छ । विदेशबाट ल्याइएका छाउरालाई ६ महिना पुगेपछि उसलाई आधारभूत तालिममा सहभागी गराइन्छ । विभिन्न प्रजातिका कुकुरलाई आधारभूत तालिम दिएपछि उसको क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिने वरिष्ठ प्रहरी उपरीक्षक देउती गुरुङ बताउँछिन् ।
आधारभूत तालिममा कुकुरलाई अनुशासित बनाउने, मान्छेसँग घुलमिल हुन सिकाउने र बाँकी एक वर्षसम्म सम्बन्धित अपराध अनुसन्धान सम्बन्धी तालिम दिने गरिन्छ ।
अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई एक जनाले मात्रै तालिम दिने र ह्याण्डलसमेत एक जनाले नै गर्छन् । तर अहिले प्रहरीले सहायक ह्याण्डलर समेत राख्ने व्यवस्था गरेको छ ।
कसरी पुग्छन् अभियुक्तसम्म कुकुर ?
कुकुरमा सुँघ्ने क्षमता निकै बढी हुन्छ । सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गुरुङ बताउँछिन् । ‘मान्छेपिच्छे फरक–फरक गन्ध हुने भएका कारण कुकुर सजिलै अपराधीसम्म पुग्छ,’ उनी भन्छिन् ।
घटनास्थलमा भएका सबुत प्रमाण भएको मान्छेको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गुरुङ बताउँछिन् । अपराधीले घटनास्थलमा सबुत प्रमाण नछाडे पनि पाइलाको गन्धका कारण कुकुर सजिलै अपराधीसम्म पुग्ने उनको भनाइ छ ।
सुँघ्ने क्षमताले अब्बल कुकुर
नेपालमा पाइने भोटे प्रजातिको कुकुरको सुँघ्ने क्षमता १५० मिलियन हुन्छ भने जर्मन शेफर्ड, बेल्जियन शेफर्ड र ल्याब्राडर प्रजातिका कुकुरमा ३०० देखि ३५० मिलियनसम्म हुन्छ । यही सुँघ्न सक्ने क्षमताका कारण बेल्जियन शेफर्ड र जर्मन शेफर्ड जस्ता तालिम प्राप्त कुकुर सहजै अपराधीसम्म पुग्छन् ।
प्रहरीको भन्दा बढी खर्च
प्रहरीको रासन भत्ता सुगम दुर्गम अनुसार फरक–फरक हुने गर्छ । सुगममा मासिक रासन खर्च करिब पाँच हजारदेखि ६ हजारसम्म हुन्छ । यसरी हिसाब गर्दा पाँच हजारमा दिनको १६६ रुपैयाँ पर्न आउँछ भने छ हजारले दैनिक २०० रुपैयाँ । प्रहरी कर्मचारी भन्दा कुकरले बढी रासन भत्ता पाउँछन् ।
तर प्रहरीको अपराध अनुसन्धानमा प्रयोग गरिने कुकुरले दैनिक ६०० देखि ७०० रुपैयाँसम्म खाना खान्छ । कुकुरको खाना उमेर र काम अनुसार फरक पर्ने गुरुङ बताउँछिन् । ठूलो कुकुरलाई बिहान बेलुका दैनिक दुई छाक खाना दिइन्छ भने सानो उमेरकालाई तीन छाक खाना दिइन्छ ।
तालिम प्राप्त र अनुसन्धानमा खटिने कुकुरलाई ‘गड फुड’ खुवाइन्छ । एउटा स्वस्थ कुकुरले एक पटक ६०० ग्रामदेखि एक किलोसम्म खाना खान्छ । कुकुरको स्वास्थ्य उपचार तथा स्याहारका लागि सरकारले समेत बजेट छुट्याएको हुन्छ ।
छोराछोरीभन्दा बढी माया
विदेशबाट स–साना कुकुरका छाउरा ल्याएर पाँच–छ महिनाबाट तालिम दिन सुरु गर्ने गरेको प्रहरीलाई सुरुमा तालिम दिन गाह्रो पर्ने गरेको ह्याण्डलर बताउँछन् ।
११ वर्षदेखि केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा कुकरलाई तालिम दिने तथा ह्याण्डलर हवल्दार भीमप्रसाद गौतम प्राणीलाई मानवजस्तो काम गर्न सक्ने बनाउनु र भनेको मान्न सक्ने बनाउनु निकै चुनौतीपूर्ण भएको बताउँछन् ।
‘अवोध प्राणीलाई तालिम दिएर अपराध तथा अपराधी पत्ता लगाउन सक्ने बनाउनु निकै चुनौतीपूर्ण काम हो,’ गौतम भन्छन्, ‘तर कुकुर तालिममा अब्बल भएर अपराधी पत्ता लगाउन सक्ने बन्दा निकै खुसी लाग्छ । तालिम दिन गरेका दुःख र प्रयासले काम गर्न थप प्रेरणा दिन्छ ।’
गौतमले कुकुरलाई ट्रयाकर गर्न, सर्च एण्ड रेस्क्यु, विष्फोटक पदार्थको पहिचान तथा खोजी र लागुऔषध सम्बन्धि तालिम दिने गरेका छन् ।
कुकुरलाई तालिम दिन अपराधी पत्ता लगाएपछि बाहिरका मान्छेले सोचेजस्तो सजिलो नभएको बताउँछन् अर्का ह्याण्डलर कृष्ण सेन ।
‘कुकुरलाई तालिम दिएर मान्छेभन्दा राम्रो काम गर्न सक्ने बनाउनु निकै चुनौतीपूर्ण काम हो,’ उनी भन्छन्, ‘तर कुकुरले अपराध तथा अपराधी पत्ता लगाउन थालेपछि सबै कुरा बिर्सेर काम गर्न झन् उत्साह थपिन्छ ।’
१३ वर्षदेखि केन्द्रमा रहेर कुकुरलाई तालिम दिई अब्बल बनाइरहेका वरिष्ठ प्रहरी हवल्दार सेन घरपरिवार तथा छोराछोरीलाई भन्दा बढी समय कुकुरलाई दिने हुँदा छोराछोरीको भन्दा बढी माया लाग्ने बताउँछन् ।
‘सानो छाउरादेखि रेखदेख पालनपोषण तथा तालिम दिएर मान्छेभन्दा राम्रो काम गर्ने बनाउने र घटनास्थलदेखि अपराधीसम्म पुग्दा पनि कुकुर आफूसँगै रहने हुनाले छोछोरीकोभन्दा बढी माया लाग्छ,’ अनलाइनखबरसँग उनी भन्छन् ।
तर कुकुरले अपराध तथा अपराधी पत्ता लगाउँदाको क्षण र सफलताले आफूहरुको हौसला बढाउने उनी बताउँछन् ।
२०३२ सालमा केनाइन शाखा स्थापना
नेपाल प्रहरीले २०३२ सालदेखि कुकुर सेक्सन स्थापना गरेर अपराध अनुसन्धानका लागि कुकुर पाल्न थालेको हो । केनाइन शाखाको स्थापना हुनुअघि नेपाल प्रहरीले दुई जना प्रहरी अधिकृतलाई कुकुरबारे तालिम लिन मलेसिया पठाएको थियो । त्यसपछि २०३२ सालबाट प्रहरीले व्यवस्थित रुपमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको हो ।
२०२६ सालमा मलेसियाबाट ल्याइएको दुईटा र नेपालमा खरिद गरिएको दुई गरी चार तालिम प्राप्त कुकुरबाट प्रारम्भ भएको केनाइन सेवामा अहिले सात प्रजातिका ९५ कुकुर रहेका छन् भने वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा १६५ जनाको दरबन्दी कायम गरेर अपराध अनुसन्धानमा प्रहरीले कुकरको प्रयोग गर्दै आइरहेको छ ।
रिटायर भइसकेका कुकुरलाई तालिम केन्द्रमै राखेर नमरुन्जेलसम्म पाल्ने गरेको एसएसपी गुरुङ बताउँछिन् । रिटायर कुकुरको स्याहारसुसार सेवामा रहँदाजस्तो नभए पनि सामान्य खानाको व्यवस्था र स्वास्थ्योपचार हुने गरेको छ ।
७ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् ।
महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।
विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैंले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौं गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।
७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे ।
एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए पनि चुनाव जित्न भने उनलाई सजिलो देखिएको छैन ।
कैलाली–२ मा झपट रावलसहित ९ जना उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा चाहिँ एमालेका रावल, सत्ता गठबन्धनका भगत बडुवाल र नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीबीच हुने देखिन्छ ।
माओवादी केन्द्रका बडुवाल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । माओवादी विभाजन हुँदा उनी मोहन वैद्यतिर लागे । त्यसपछि विप्लव समूहमा पुगेका उनी स्थानीय चुनाव अगाडि माओवादी केन्द्रमा फर्किएका थिए ।
चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन् । तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । कैलाली २ (२) मा उम्मेदवार बनेका उनले वाम गठबन्धनका साझा उम्मेदवार नन्दकुमार साउदलाई कडा टक्कर दिएका थिए । उनी ८४५ मतान्तरले दोस्रो भएका थिए । यो पटक उनी नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभा सदस्यकै लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीले आफ्नी श्रीमतीको नेतृत्वमा गठन गरेको नागरिक उन्मुक्ति पार्टीको कैलालीमा राम्रै प्रभाव छ । एमालेका कैलाली अध्यक्ष रतनबहादुर थापा समेत पार्टी प्रवेश गरेर महासचिव बनेका छन् । थापा आफैं प्रदेशसभा सदस्यका लागि २(१) मा उम्मेदवार छन् ।
तीन जनाको जित्ने दाबी
यद्यपि तीनै जना उम्मेदवार आफू जित्ने दाबी गर्छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादीका बडुवाल गठबन्धनमा आवद्ध दलहरुसँगको मतभार जितको पहिलो आधार भएको बताउँछन् । भन्छन्, ‘जनताले प्रतिगामी निर्णय गर्ने विपक्षी र पहिचानको मुद्दा बोकेर मान्छेहरुलाई ब्ल्याकमेलिङ गर्नेहरुलाई पनि सबक सिकाउने पक्का छ ।’ एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु दोस्रो बन्ने प्रतिस्पर्धामा रहेको उनको दाबी छ ।
तर बडुवालले दाबी गरेजस्तो सहजै नतिजा आउनेमा नेताहरु शंका गर्छन् । बडुवाल पछिल्ला वर्षहरु सक्रिय राजनीतिमा नहुनु, मतदातासँग सम्बन्ध टुट्नु र गठबन्धनका दलहरुमा देखिएको असन्तुष्टि उनका लागि चुनौती भएको एक नेताले बताए ।
एमाले उम्मेदवार रावल पनि आफूले नै चुनाव जित्ने दाबी गर्छन् । राजनीतिक दलका हिसाबले आफू मात्र एकल उम्मेदवार भएको भन्दै उनले भने, ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा गएका छौं, अरुहरुसँग मुद्दा छैन । कोही जात र समुदाय विशेषको आडमा आएका छन् भने कोही एक्लै चुनाव लड्न ल्याकत नभएपछि गठबन्धनको नाममा आएका छन् । सबैलाई यहाँका जनताले जवाफ दिनेछन् ।’
उनी निवर्तमान सांसद पनि हुन् । २०७० सालमा दोस्रो संविधानसभामा एमालेबाट जितेका मोहनसिंह राठौर २०७४ मा कांग्रेसतिर लागेपछि रावलले टिकट पाए र चुनाव पनि जिते । आफूले जनतासँग गरेका प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्न भूमिका खेलेको र संसदमा आवाज बुलन्द गरेकाले पनि मत पाउने उनको दाबी छ ।
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा पनि यहाँ एमाले ठूलो दल पनि हो । तर सत्तारुढ दलहरुको गठबन्धनका कारण उनलाई सहज छैन ।
नागरिक उन्मुक्तिका अरुण चौधरी भने आफ्ना प्रतिस्पर्धी दुबै परीक्षण भइसकेकाले जनताले आफूलाई अवसर दिने बताउँछन् । ‘सँगै प्रतिस्पर्धामा रहेका दुवै जना नेताहरु टेष्टेड हुनुहुन्छ, चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले मतदाताले परिवर्तन खोजेका छन् । त्यसको विकल्प म मात्रै हो । मलाई जनताले अनुमोदन गर्नेछन् ।’
चौधरी आफ्नो जित्ने मुख्य आधार आफूले गरेको काम सँगसँगै उत्पीडनमा पारिएको थारु र दलित समुदायको मत तथा पुराना दलसँगको वितृष्णा भएको सुनाउँछन् । ‘यो क्षेत्रमा करीब ३५ हजार थारु समुदायको मत छ । २६ हजार खसे पनि मैले २० हजार मत पाउँछु । यति मत पाएमा म चुनाव जित्छु,’ चौधरीले भने, ‘अझै दलित समुदायको मत पनि धेरै पाउँछु ।’
यस्तो छ,स्थानीय तहको मतभार
कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबभन्दा ठूलो दल हो । एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत १७ हजार ८८३ छ ।
कांग्रेसका वडाध्यक्षले पाएको मत १३ हजार १२१ छ । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।
तपाइँको खुसीको लागि बताइदिऊँ, पछिल्लो बाघ गणना अनुसार नेपालमा पाटेबाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ मा १२१ थियो । यसैगरी, २०२१ को राष्ट्रिय गैंडा गणनाको सार्वजनिक नतिजाअनुसार एकसिङ्गे गैंडाको संख्या ७५२ ९५२० वयस्क० पुगेको छ। यसैगरी, मानिसभन्दा पनि पुरानो रैथाने हात्तीको संख्या बताउनुपर्दा २०७६ सम्म सुदूरपश्चिमको शुक्लाफाँटामा २ देखि १८ वटा, बर्दिया निकुञ्जमा ४५र५० वटा र पर्सा निकुञ्जमा २५ वटासम्म रहेको तथ्यांक छ।
यी दुर्लभप्रायस् जनावरको जनसंख्या निरन्तर वृद्धि हुँदा र राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा नेपालको तारिफ भइरहँदा हामी यीबाहेक अन्य लोपोन्मुख जनावर नचिन्ने या नामै नसुन्ने भएका छौं। ठूला स्तनधारीको अत्यधिक चर्चाका कारण साना लोपोन्मुख जनावर ओझेलमा परेका छन्। यसै अनभिज्ञताका कारण अति महत्त्वपूर्ण तर विरलै देखिने वन कुकुरसँग तपाइँको परिचय गराउनु अत्यावश्यक भएको छ।
वन कुकुर विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको सबैभन्दा लोपोन्मुख स्तनधारी प्रजाति हो। वन कुकुर (वैज्ञानिक नाम : क्यून अल्पनाइस) अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ। तपाइँ निकुञ्ज आसपास आदिवासी जनजाति समुदायबाट हुनुहुन्छ भने घरपालुवा कुकुर र वन कुकुरबीचको भेद छुट्याउन सक्नुहुन्छ, अन्यथा तपाईं वन कुकुरलाई ब्वाँसो या स्याल ठानेर लखेट्नु हुनेछ। शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो छुट्टिसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन्।’ सबै कुकुरको आदिम पुर्खा ब्वाँसो भए पनि आनुवंशिक विज्ञान (प्राचीन डीएनएहरूको बृहत् अध्ययन) ले ३२ हजारदेखि १९ हजार वर्ष अगाडि यी जीवहरू एकापसमा छुट्टिसकेको बताइसकेको छ।
आफ्नो भू-भागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको नेपालले वन कुकुर संरक्षणमा चासो दिएको देख्न र भेट्न मुस्किल छ। अध्ययन, अनुसन्धान र खोजको खाँचोमा यस्ता रैथाने प्राकृतिक सम्पदाको चर्चा शून्यप्रायस् छ। वन कुकुरको चर्चा यसकारण पनि गर्नु परेको छ कि नेपालको हकमा बाघबाहेक वन कुकुर एक मात्र ठुलो संकटासन्न मांसहारी प्रजाति हो। यसैले यसलाई संरक्षित सूचीमा राखेर मात्र हुँदैन, संरक्षण सम्बन्धी विशेष परियोजना नै सञ्चालन गर्नुपर्छ। वन कुकुरको अभिलेखीकरण राख्ने र अन्यत्र देखिएका छन् भने तिनको पुनर्स्थापनाका लागि सचेत बन्नुपर्छ। यस्ता जीवको अनुपस्थितिका कारण जैविक प्रणालीमा निम्तिएको रिक्ततालाई सम्बोधन गर्नु चानचुने कुरा होइन, यसैले यसबारे सोचिहाल्नुपर्दछ। जुरासिक पार्क फिल्मबाट बाहेक अन्य हिसाबले लोप भएका जनावरलाई अस्तित्त्वमा ल्याउनु साह्रै गाह्रो छ। यसैले वन कुकुरको कंकाल संग्रह गर्नुभन्दा सीमित संख्यामा छँदै तिनको संरक्षणको चासो देखाउनु उचित हुन्छ।
अन्तर्राष्ट्रिय कानुन बमोजिम यो दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को अनुसूची-२ र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को सङ्कटापन्न वर्गमा पर्छ। विश्वव्यापी रूपमा यसको महत्त्व दर्शाउन हरेक वर्ष मे २८ मा विश्व वन कुकुर दिवस मनाइन्छ। तर, नेपालमा यो दिवस मनाइएको भन्नेबारे समाचारसमेत भेट्न मुस्किल छ। हामीकहाँ वन कुकुरलाई कानुनी हिसाबले कम महत्त्व दिइएको यसप्रकार पुष्टि हुन्छ।
वन कुकुर कस्तो देखिन्छन् ?
ठूलो गोलाकार कान भएको, कालो थुतुनो ९मुख० भएको रातो-रातो, खैरो-खैरो (गोल्डेन रेड)यस जीवको कम्मर छिनेको हुने गर्दछ। फूर्तिलो शरीर भएको यस जीवको झुप्प परेको पुच्छरको टुप्पोतिरको भाग कालो रङको हुने गर्छ। यस लोपोन्मुख स्तनधारी प्रजातिलाई ठाउँ एवम् भाषा अनुसार ब्वाँसो, फार च्यु, बन्सा कुत्ता, वन नागी आदि भनिन्छ। लामो मेरुदण्ड र पातलो खुट्टाको कारण कतैकतै ‘बिरालो’ भन्ने गरेको पनि पाइन्छ। झलक्क देख्दा हाइना जस्तो पनि लाग्दछ। यसको वैज्ञानिक नाम ‘क्युन अल्पाइनस’ र अंग्रेजी नाम ‘ढोल’ वा ‘एशियाली वाइल्ड डग’ भन्ने गरिन्छ।
वन कुकुर खडा हुँदा १७(१२ इन्च र लम्बाइमा ३ फिटसम्मका हुने गर्दछन्। सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ। वयस्क पोथी (अल्फा फिमेल) बढीमा १६ केजीसम्म हुने गर्दछे भने वयस्क भाले चाहिं (अल्फा मेल) २१ किलोसम्म हुने गर्दछ। अधिकतम १५-१६ वर्षसम्मको आयु रहने गर्दछ।
अफ्रिकामा पाउने जंगली कुकुर (वैज्ञानिक नाम : : Lycaonpictus ) हाइना जस्तै रिसाहा प्रवृत्तिका हुने गर्दछन्। औसत ५ देखि १० को समूहमा रहने यी वन कुकुरहरू भने अन्य कुकुर प्रजाति (अफ्रिकी जंगली कुकुरसहित) भन्दा शान्त स्वभावका हुन्छन्। ब्वाँसाहरूले जस्तो वनकुकुरले मानिसहरूलाई आक्रमण गर्न जान्दैनन्, गरेको प्रमाणहरू भेटिएको छैन। यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन्। तर निकुञ्ज आसपास मानववस्ती र मानव चहलपहल वृद्धि भएकाले यिनीहरूले निकै कष्ट व्यहोरिरहेका छन्।
शिकारको उपलब्धता र तिनीहरूको बास बस्ने पारिस्थितिक प्रणालीको प्रकारको आधारमा यिनीहरूको घनत्त्व फरक-फरक रहन सक्छ। विश्वमा हाल २,५०० को संख्यामा वन कुकुर रहेका छन्। अल्फा मेलको संख्या ५०० मात्रै रहेको छ। साथै यो संख्या निरन्तर ओरालो लाग्दो क्रममा देखिन्छ। नेपालमा बढीमा १०० को संख्यामा वन कुकुर रहेको आकलन गरिए पनि यसको पुष्टि हुन् बाँकी नै छ।
पर्सा निकुञ्जमा क्यामेरा ट्रयापिङमा परेको वन कुकुर
वन कुकुरहरू कहाँ -कहाँ पाइन्छ ?
वनकुकुर एशियाको रैथाने प्रजाति हो। पेलिस्टोसिन पिरियडमा यो जीव एशिया, युरोप र उत्तरी अमेरिकासम्म फैलिएकोमा १२-१८ हजार वर्षअघि नै यसको दायरा एशियामा खुम्चिन पुग्यो। वन कुकुरको सन्दर्भमा, पहिलो पटक १७९४ मा पेस्टेरेफ नामक अन्वेषकद्वारा साहित्यमा वर्णन गरिएको पाइएको छ, जहाँ उनले सुदूर पूर्वी रूसको यात्राको क्रममा वन कुकुरसँग सामना गरेको र यस जीवलाई ‘सामूहिक शिकारी ९प्याक्ड हन्टर०’ र सुनौलो स्यालसँग तुलना गरेर धेरै समानताहरू रहेको उल्लेख गरेका थिए।
पहिले(पहिले यस जीवको फैलावट व्यापक रुपमा एशियाभर नै थियो, तर, एसियाको वन क्षेत्रको भारी विनाशले निम्ताएको वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवम् विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धि लगायत कारणले आजभोलि धेरै देशबाट लोप भइसकेको छ। वन कुकुर नेपाल, भारत, चीन, बाङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, थाइल्यान्ड र लाओस गरी ११ वटा देशमा पाइन्छ। वन कुकुर सबैभन्दा बढी संख्यामा भारत ९वेस्टर्न घाट० देखिएका छन्। भारतपश्चात् वन कुकुरको राम्रो संख्या चीनमा देखिन्छ। भुटानको जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जमा वन कुकुरहरूको उपस्थिति राम्रै छ। म्यानमारको ११ वटा क्षेत्रमा क्यामेरा ट्रयापिङबाट पुष्टि वन कुकुरको उपस्थिति भएको र चितुवापश्चात् देशको शीर्ष शिकारीको रूपमा बाघलाई प्रतिस्थापन गरेको देखिन्छ।
समुद्री सतहदेखि ५३०० मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबहार, उष्ण वर्षा वन, खुला मैदान आदि वन कुकुरका लागि उपयुक्त वासस्थान मानिन्छ। नेपालमा भने समुद्र सतहदेखि ४३५० मिटरसम्म पाइने एक अध्ययनमा उल्लेख छ। यस उचाइमा नेपालका तराई एवम् लेकाली भेगका प्रायशस् निकुञ्ज एवम् संरक्षित क्षेत्र पर्ने हुँदा वन कुकुरहरू नेपालका विभिन्न भागमा छरिएर रहेको अनुमान गर्न सकिन्छ।
नेपालमा कहाँ-कहाँ पाइन्छ ?
नेपालको हकमा तराईमा संरक्षित क्षेत्रहरू (उष्ण सदावहार वन, पतझड वन, खुला मैदान ) देखि हिमाली भेगका संरक्षित क्षेत्र एवम् जैविक मार्गहरूमा वन कुकुर देखिएका छन्।
तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजंघा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने पुष्टि भएको छ। यसबाहेक तिब्बतीय संस्कृतिको आकर्षण केन्द्रको रूपमा रहेको हुम्लाको नाम्खा गाउँपालिकाको लिमी भ्याली लगायत क्षेत्रमा पनि वन कुकुर देखिएका छन्। हालसालै वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जंगली याकको फोटो लिमी भ्यालीमा खिचेका छन्। दुर्लभ चौंरी भेटिनुले लिमीको जैविक विविधताप्रति सरकार जागरुक हुनुपर्ने देखाउँदछ। यसो हुनसकेमा त्यस भेगमा देखिने वन कुकुरको संख्याको पनि आकलन गर्न सकिनेथियो।
चितवन राष्ट्रिय निकुञ्ज (चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्ला, १००-८१५ मिटर) , बर्दिया राष्ट्रिय निकुञ्ज (बर्दिया जिल्ला, लगभग ४१५ मिटरको उचाइ), पर्सा राष्ट्रिय निकुञ्ज (चितवन, मकवानपुर र पर्सा जिल्ला, ५००-९५० मिटर), अन्नपूर्ण संरक्षण क्षेत्र (कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्ला, ७९०-८०९१ मिटरसम्म), खप्तड राष्ट्रिय निकुञ्ज (बझाङ, बाजुरा, डोटी र अछाम जिल्ला, १२६२-३२७६ मिटर), कञ्चनजङ्घा संरक्षण क्षेत्र (ताप्लेजुङ जिल्ला, १८२९- ८५५० मिटरसम्म ), रारा राष्ट्रिय निकुञ्ज (मुगु र जुम्ला जिल्ला, २८००-४०३९ मिटर), ढोरपाटन शिकार आरक्ष (रुकुम, बाग्लुङ र म्याग्दी जिल्ला, ३०००-७००० मिटर), लिमी भ्याली (हुम्ला, ४१०० मिटर) मा वन कुकुर पाइएको छ।
यसैगरी, भूकम्पपश्चातको स्थलगत रिपोर्टिङ गर्ने क्रममा २०७३ भदौमा लाङटाङ क्षेत्रमा पुगेको बखत कसैले आफूलाई ‘वन कुकुर’ भनेर देखाएको स्मरण गर्छन्, साहित्यकार एवं पत्रकार मोहन मैनाली। यस तथ्यले लाङटाङमा पनि वन कुकुर भेटिने तथ्यलाई पुष्टि गर्दछ।
सन् २०११ मा चितवन राष्ट्रिय निकुञ्जमा र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा क्यामेरा ट्रयापबाट वन कुकुरको प्याक रेकर्ड एवम् उनीहरूको उपस्थिति पुष्टि गरिएको थियो। सन् २०१० अम्बिकाप्रसाद खतिवडाले आफ्नो स्नातकोत्तरको अनुसन्धानको क्रममा कन्चनजङ्गा संरक्षण क्षेत्रमा वन कुकुरको अध्ययन गरेका थिए। व्यक्तिगत रूपमा सीमित व्यक्तिहरूले वन कुकुर संरक्षणमा चासो दिएको पाइन्छ। फ्रेन्ड्स अफ नेचर भन्ने संस्थाले केही काम गरेको देखिन्छ तर यस संस्थाको मुख्य फोकस वन कुकुर होइन, अन्य लोपोन्मुख जनावर संरक्षण गर्दा वन कुकुर पनि परेको हो। वन सम्बन्धी पढेका विद्यार्थीबाट व्यक्तिगत रुपमा नै बढी काम भइरहेको छ।
वन कुकुरका आनीबानी र शिकार प्रवृत्ति :
१. वन कुकुरले मान्छेले झैं ‘सिसि..’ को आवाज निकाल्ने गर्दछन्। सिट्ठी हालेर (ह्विसलर) एकअर्कासँग कुराकानी गर्ने गर्दछन्। चिच्याउने, म्याउ गर्ने तथा कुखुरा जस्ता कराउने यी जीवहरू रोचक आवाज निकाल्न माहिर हुन्छन्। यो आवाज कसरी उत्पादन हुन्छ, खोजीकै विषय रहेको छ। शिकारलाई आक्रमण गर्दा, यिनीहरू ‘काका।।काका’ आवाजहरू चिच्याउँछन् भने खाना माग्न बच्चाहरूले फरक आवाज निकाल्छन्।
२. वन कुकुरहरू असली पौडीवाज हुन्। वन कुकुरले ७०-८० प्रतिशत शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन्। सोही कारण यिनीहरू खोला किनार, पोखरी एवम् घाँसे मैदान आसपास बढी देखिने गर्दछन्। वन कुकुरहरू चितुवारबाघझैं बाक्लो जंगलमा बस्ने या शिकार गर्ने गर्दैनन्। यिनीहरू बच्चाहरू भन्दा पहिले आफूले शिकार खाने केही सीमित जीवहरूमध्ये पर्छन्।
३. उष्णकटिबन्धीय वनहरूमा वन कुकुरले बाघ र चितुवासँग प्रतिस्पर्धा गर्छ। एक समूहमा ९२-३० वटा सम्म० मा बस्न रुचाउने यिनीहरू प्रायस् साँझ र बिहानपख सक्रिय हुन्छन्। तराईतिर ७-१० वटाको एउटा झुण्ड देखिने गर्छ भने हिमाली भेगमा झुण्डको आकार सानो हुने गर्छ (२-३ वटाको समूह )। अन्तरसमूहको झगडा विरलै देखिने गरेको छ।
४. समूहको नेतृत्व एक जोडीले गरेको हुन्छ‚ जसलाई ‘अल्फा जोडी (टिम लिडर)’ भनिन्छ। आफ्नो शिकारलाई लखेट्ने क्रममा अल्फा मेल र अल्फा फिमेल दुवैले पालैपालो नेतृत्व लिने गर्दछन्। एउटा थाकेपछि अर्को दौडिने गर्छ। अल्फा मेल र अल्फा फिमेल बाहेक अन्य सदस्यहरूले शिकार समात्नका लागि ‘अल्फा जोडी’ सँग सहकार्य गरेको देखिन्छ।
५. वन कुकुरलाई कुशल शिकारीका रूपमा पनि चिनिन्छ। यिनीहरूले आफ्नो शिकारलाई दौडाएर, थकाएर मात्रै आक्रमण गर्ने गर्दछन्। वन कुकुरहरू आफूभन्दा ४-१० गुणा ठूलो जनावर (गौरी गाई, चौंरी, बँदेल)लाई पनि आफ्नो शिकार बनाउँछन्। यिनीहरू ३० माइल प्रति घण्टाको गतिमा शिकारको पछाडि दौड्ने सामर्थ्य राख्दछन् ।
६. कहिलेकाहीं मात्रै चितुवा र बाघको शिकारमा वन कुकुरले आँखा गाड्ने गर्दछन्, अन्यथा यी जीवहरू साना प्रजातिलाई नै आफ्नो शिकार बनाउँछन्। बाघ(चितुवाको वन कुकुरसँग विरलै सामना हुन्छ, वन कुकुरहरू समूहमा हुने हुँदा बाघ-चितुवाले यिनलाई आफ्नो आहारा बनाउन खोज्दैनन्। एक्लो-दुक्लो अवस्थामा भेट्टाएमा वन कुकुर बाघको भोजन बन्न पनि सक्छ। हिमाली भेगमा भेडीगोठ वरपर वन कुकुर देखिनुको प्रमुख कारण वनभालु र हिउँ चितुवाको डर पनि एक हो। समूहमा रहेको खण्डमा एशियाटिक कालो भालु वन कुकुरको आहारा पनि बन्ने गरेका छन्, तर यस्ता घटनाहरू विरलै देखिन्छन्।
७. अन्य मांसहारी जनावरले जस्तो शिकारको घाँटीमा झम्टा मार्दैनन्। सामूहिक रूपमा शिकार गर्ने यिनीहरू चारैतिरबाट घेरा हाली शिकार जीवित रहँदै पुच्छरपट्टिको भागबाट खान शुरू गर्छन्। पछाडिबाट उफ्रिएर आफ्नो शिकारलाई घाइते बनाउनु यिनीहरूको शिकारजन्य प्रवृत्ति हो। कहिलेकाहीं आँखामा आक्रमण गरेर आफ्नो शिकारलाई अन्धो समेत बनाउँछन्। यिनीहरू विभिन्न प्रकारका घाँस, जडीबुटी र पातहरू पनि खाने गर्दछन्, बिरामी भएकाले मात्रै होइन, आनन्द ९भोजन पाचनक्रिया० प्राप्तिका लागि पनि खाने गर्दछन्।
उदाहरणस् झुण्डमा रहने आफ्नो मनपसन्द साम्भार मृग (६०-८० केजी)हरूमध्ये एकलाई छान्ने, लखेट्दै लखेट्दै झुण्डबाट एक्ल्याउने, पानीको स्रोत नजिक पुर्याउने, पछाडिबाट आक्रमण गर्ने एवम् पानीको स्रोत नजिक नै बसेर खाने गर्दछन्।
८. यिनको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जंगली बँदेल, रतुवा तथा गौरी गाईसम्म पर्छन्। हिमाली भेगमा पाइने वन कुकुरहरूले चरनमा लगिएका भैंसी, गाई, भेडा, बाख्रा आदिको शिकार पनि गर्छन्। तराईमा अल्फा जोडीको नेतृत्त्वमा सामूहिक रूपमा शिकार गर्छन् भने हिमालतर्फ चाहिं भेडाबाख्रा भएको ठाउँ (गोठाला भएका ठाउँ) वरपर एक्लै-एक्लै पनि देखिने गर्दछन्।
९. हरेक वर्ष सेप्टेम्बरमा यिनीहरूको ब्रिडिङ सुरु हुने गर्दछ। स्वस्थ अल्फा फिमेलले बढीमा १२ वटासम्म बच्चाहरू जन्माएको पाइएको छ। गर्भावस्थाको अवधि ६०–६३ दिनसम्मको रहन्छ। यस समयमा, समूहले ओडारमा बसेकी आमालाई खाना पुर्याउने गर्दछन्। यसरी जन्मिएका बच्चाहरू ६ महिनाको उमेर भएपश्चात् वयस्कहरूसँग शिकारमा जान्छन्, र आठ महिनाको उमेरमा साम्बर जस्ता ठूला शिकारहरूलाई मार्न मद्दत गर्छन्।
१०. तराईमा देखिने वन कुकुरमा रौंहरू कम देखिन्छ भने हिमाली क्षेत्र ९कन्चनजंघा, अन्नपूर्ण, लिमी भ्याली, खप्तड, ढोरपाटन० मा देखिने वन कुकुरहरूमा बाक्ला रौंहरू हुने गर्दछ। तराईमा देखिने वन कुकुर र हिमालमा देखिने वन कुकुरहरूको खाना खाने तरिका पनि फरक रहेको पाइन्छ। वासस्थान टुक्रिंदा समयक्रममा यिनीहरूमा फरकपन देखिएको हो।
११. वन कुकुरले घरपालुवा कुकुरले झैं एउटा खुट्टा उचालेर पिसाब फेर्ने नभई दुवै खुट्टा मास्तिर उचालेर पिसाब फेर्ने गर्दछ। पिसाबको गन्ध कुकुर प्रजातिको पहिचान हो। रोचक कुरा के भने हरेक कुकुरको पिसाबको गन्ध भिन्नाभिन्नै हुनेगर्छ। पिसाबले गर्दा कुकुरलाई आफ्नो सीमा निर्धारण गर्न सहज हुन्छ। तर, वन कुकुरहरूले आफ्नो क्षेत्र वा यात्रा मार्गहरूको चिनो लगाउन पिसाब प्रयोग गरेको प्रमाणहरू भेटिएको छैन। यस सवालमा पनि वन कुकुर अन्य प्रजातिका कुकुरभन्दा पृथक् देखिन्छ।
वन कुकुर संरक्षणका चुनौती के-के हुन् ?
संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण (गाउँबस्ती) बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु, घरपालुवा कुकुरबाट रोगहरू सर्नु वन कुकुर संरक्षणको मुख्य चुनौतीको रुपमा देखिएको छ। औलो उन्मूलनपश्चात् तराईको चारकोसे झाडी मासिनु र त्यतातर्फ बसाइँसराइ बढ्नु पनि वन कुकुरको संख्यामा कमि आउनुका मुख्य कारण हुन्। निकुञ्ज वरिपरि बस्ती विस्तार बढ्नु अर्को चुनौती हो। वनक्षेत्र हुँदै गरिने विकासले वन्यजन्तुको वासस्थानलाई खण्डीकरण गरेको छ भने विकास पछि हुने चहलपहलले पनि धेरै ठूलो असर गरेको छ।
घरपालुवा वस्तुलाई आक्रमण गरेको प्रतिशोधमा मान्छे(वन कुकुर द्वन्द्व पनि चर्किएको छ। यस क्रममा विषादी हाल्ने, जालमा पार्ने एवं गोली हानेर मार्ने लगायतका विधि ज्यादा प्रचलित छन्। मूलतस् भारतीय मानिसहरूले आफ्ना पशुधनलाई सुरक्षित गर्ने सवालमा वन कुकुरहरूलाई ठूलो संख्यामा मार्ने गरिरहेका छन्। ब्रिटिश राजको समयमा ब्रिटिश स्पोर्टस् हन्टर्सहरूले आफ्ना विभिन्न खेलहरूका लागि वन क्षेत्रको प्रयोग गर्ने हुँदा त्यस क्रममा वन कुकुरको संख्या ओरालो लागेको हो।
नेपालकै हकमा पनि विगतमा राजारानीको शिकार भ्रमण मुख्य कारक तत्त्व हो। प्रत्येक वर्ष दुई साता चितवन र बर्दियामा राजारानीको शिकार भ्रमण हुन्थ्यो। भ्रमण तयारीमा आवास, खानपिन, सुरक्षालगायत सबै व्यवस्था सेना, गृह मन्त्रालय, वन मन्त्रालय र स्थानीय प्रशासनबाट हुन्थ्यो। शिकारको प्राविधिक पक्षको सबै जिम्मेवारी निकुञ्जका कर्मचारीलाई दिइएको हुन्थ्यो। ठूलो दलबलसहित शिकार भ्रमणमा पुग्नुले एकान्तप्रिय वन कुकुरलाई स्थानान्तरण गर्न बाध्य बनेको हुनुपर्दछ।
राणाकालीन समयमा पनि शिकार खेल्न एवम् काठमाडौंको जाडो छल्न श्री ३ हरू चारकोसे झाडी छिर्ने गर्दथे। यसताका राजाहरूले वन कुकुर देख्नुलाई अपसकुनको रूपमा लिइने गरिन्थ्यो, जुन अद्यापि कायम नै छ। समाजमा वन कुकुरले आँखामा पिसाब गरिदिए अन्धो हुने तथा शरीर नाघिदिए अपाङ्ग हुने जस्ता अन्धविश्वास बरकरार छन्, जसले वन कुकुरको संरक्षणमा थप जटिलता थपिदिएका छन्।
धेरैजसो समुदायहरू दाउरा, घाँस तथा थप आम्दानी दिने गैरकाष्ठ वन पैदावरका लागि नजिकको जंगलमा भर पर्दछन्। परम्परागत वा रीतिगत वन व्यवस्थापन, दाउराको विकल्पको रूपमा याक वा गाईको गोबरले खाना पकाउने र आगो ताप्ने, पानीको मुहान क्षेत्रका रुखहरू नकाट्ने जस्ता परम्परागत चलनहरू जलवायु परिवर्तनलगायत विविध कारणले कम हुँदै गएका छन्। वनजंगल पवित्र र भगवानको रुपमा मान्ने आदिवासीहरूलाई पछिल्लो वन नीतिले अप्ठ्यारोमा पारिरहेको हुँदा उनीहरूमार्फत पनि वन कुकुर लखेट्ने क्रम बढेको पाइन्छ।
अर्कोतर्फ, जलवायु परिवर्तनका कारण वन कुकुरको संख्या कम हुँदै गएको छ। तापक्रम वृद्धिले सिमसार, ताल र नदीहरूको भौतिक, रासायनिक तथा जैविक सम्पत्तिमा, आणविक संरचनामा, जलचर र तिनका सामुदायिक बनावट तथा पानीको समग्र गुणमा परिवर्तन ल्याइदिएको छ। पानीको स्रोतमा दख्खल पुगेसँगै क्रमिक रुपमा वन कुकुरको संख्या पनि ओरालो लागेको अनुमान गर्न सकिन्छ।
वन कुकुरहरूमा विभिन्न प्रकारका रोगहरूको जोखिम पनि बढेको देखिन्छ। अन्य क्यानिड प्रजातिका जीवहरूसँग सम्पर्कमा आउने क्रममा ती जीवहरूको मलमा भएका टोक्सोकारा क्यानिस जस्ता कीटाणु वन कुकुरको शरीरमा प्रवेश गरेको पाइन्छ। यसो हुँदा रेबिज, क्यानाइन डिस्टेम्पर, म्यान्जे, ट्रिपानोसोमियासिस, क्यानाइन पार्भोभाइरस, सेस्टोड्स र राउन्डवर्म्स जस्ता एन्डोपारासाइटहरूबाट वन कुकुरहरू पीडित हुन सक्छन्।
वन कुकुरमाथिको मानव उत्पीडन अझै पनि क्षेत्र अनुसार फरक(फरक तीव्रताका साथ भइरहेकै छ। वन कुकुरको रौं ९भुत्ला०को व्यापार पनि पछिल्लो समय मौलाइरहेको छ, यो वन कुकुरको सुरक्षा चुनौतीमा थपिएको अर्को जटिलता हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यसलाई मार्ने, घाइते बनाउने वा क्षति पुर्यायउनेलाई संरक्षित वन्यजन्तु बाहेकलाई हुने कसूर अनुसार २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। वन कुकुरको आक्रमणबाट मान्छेको मृत्यु भए वा पशुधनमा क्षति पुगे वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ तथा त्यसको तेस्रो संशोधन, २०७५ अनुसार राहत व्यवस्था गरिएको छ। वन्यजन्तु अपराधसम्बन्धी नेपालको कानुन अन्य देशको तुलनामा बलियो छ, तर यसमा लुप होलहरू धेरै छन्। लोपोन्मुख वन्यजन्तुको संरक्षणको महत्व र अपराधको गाम्भीर्य नबुझ्दा नेपालमा कानुनले काम गर्न सकिरहेको छैन।
वन कुकुर किन जोगाउने ?
वन कुकुर संरक्षण किन गर्ने रु त्यसबाट के फाइदा हुन्छ रु संरक्षण नगर्दा के हुन्छ रु यी प्रश्नहरू उठाउनु नै संरक्षणको पहिलो कदम हो। र, उत्तर सपाट छ- वन कुकुर संरक्षण गर्नु भनेको हाम्रो परिवेशको संरक्षण हो। वन कुकुर मानव जातिले सृष्टि गर्न नसक्ने प्रकृतिको वरदान हुन्। यस नैतिक सिद्धान्तकै आधारमा कुनै पनि जीवजन्तुको लोपोन्मुख हुनु मनासिव कुरा होइन। वन कुकुर लोप हुँदा त्यसका वंशाणु सधैंको लागि लोप हुन्छन्। यसकारण संरक्षणको लक्ष्य वंश र वंशाणुकको संरक्षण हो। कुनै पनि जीवको भविष्यको मृत्युलाई रोक्नु नै मानव धर्म हो, चिकित्सा क्षेत्रले पनि यसलाई स्वीकारेको छ।
पारिस्थितिकीय प्रणाली एवम् जैविक विविधतामा मानव मात्रै होइन हरेक जीवजन्तु, पशुपक्षीको बरोबर योगदान रहन्छ। मान्छे मात्रै एकछत्र भन्ने होइन। यस धरतीमा रहेका विभिन्न तत्वहरूमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरुमा प्रभाव पर्छ । प्रत्येक वन्यजन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ। यी सबैको संरक्षण हामी मानवकै अस्तित्व बचाउनका लागि पनि अत्यावश्यक छ। प्रकृतिसँग अन्तर्क्रिया विना मानव विकासको सम्भावना रहन्न। पर्यावरणमा भइरहेको असन्तुलनले मानवलगायत विभिन्न प्राणीहरूको क्रियाकलापहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ नै। तसर्थस् भविष्यमा हुने वातावरणीय विनाशले पृथ्वीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानवजातिको अस्तित्व संकटमा पर्नुअगावै यतातर्फ सोच्नु उत्तम रहन्छ।
वन कुकुरको पारिस्थितिकीय प्रणाली तथा वितरणबारे अरू वन्यजन्तुको तुलनामा थोरै अध्ययन भएको छ। यद्यपि वन कुकुर किन जोगाउने भन्ने सन्दर्भमा हामी यी कुराहरू भन्न सक्छौं-
१. वन कुकुर प्रमुख शिकारी प्रजाति भएकाले यसले आफ्नो आहाराजन्य प्रजातिहरूको नियमनमा सहयोग पुर्यामउँछ। यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव(मानव द्वन्द्व अझ बढ्न सक्छ।
२. वन कुकुरको ‘क्यानिड’ परिवारमा पनि ‘क्युन’ वर्गको अन्तिम प्रतिनिधि हो, यसकारण यसको संरक्षण अत्यावश्यक छ।
३. संरक्षित क्षेत्र र वरपरका जैविक विविधताका कारण नेपाल प्राकृतिक सम्पदामा धनी भएको हो। वन कुकुर अति विशिष्ट गुणसहित नेपालमा निकै कम संख्यामा पाइएको अनुमान छ, यसबाट पर्यटन प्रबर्धन हुने नै छ। नेपाल भित्रिने कुल विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा अन्य संरक्षित ठाउँमा घुम्न जाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। लोपोन्मुख वन कुकुर संख्या वृद्धि गरेको खण्डमा ‘कुन वन्यजन्तु हेर्ने रु’ गाइडको प्रश्न हामीले खुलेर ‘वन कुकुर’ भन्न सक्छौं । अद्भुत प्रकृति एवं आकर्षक वन्यजन्तु देख्दा उनीहरू मख्ख हुनेछन्।
वन कुकुरलाई जोगाउन के गर्ने ?
१. वन कुकुर सूचना केन्द्रस् वन कुकुरको ओहोर(दोहोर, संख्या, गतिविधि, हानिनोक्सानी आदि सम्बन्धी सम्पूर्ण जानकारी एकत्रित रुपमा प्रवाह गर्न ‘वन कुकुर सूचना केन्द्र’ अथवा ‘वन कुकुर अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना’ गर्न जरुरी छ। यसबाट कुन ठाउँमा कुन महिना के कति वन कुकुर देखापर्छन् भन्ने जानकारी पाइन्छ। यसले ठाउँ विशेषमा भएका मानवीय तथा आर्थिक क्षतिबारे सरोकार वालाले जानकारी लिन सक्छन्।
२. शान्त वातावरण निर्माण गर्नु स् गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा वन कुकुर त्रसित हुने गर्छ । साथै, वन कुकुरले बच्चा हुर्काउने समयमा जंगल प्रवेशलाई निषेध गरिदिने हो भने माउले बच्चा छोडेर हिंड्ने खतरा एवम् स्याहार नपुगेर बच्चाको मृत्यु हुने खतरा टर्छ, यसले पनि वन कुकुरको संख्या वृद्धिमा योगदान दिन्छ।
३. वन कुकुरको नयाँ ठेगनास् सामुदायिक वन स् तराईमा जनघनत्व अत्यधिक बढिरहेको र तराईका निकुञ्जभित्रका वन कुकुरहरू क्रमशस् माथिल्लो भागमा देखिनु मा पहाडी क्षेत्रमा बढिरहेको सामुदायिक वन विस्तार उल्लेखनीय पाटो हो। कृषि र वन पैदावरमाथिको निर्भरता घटेकाले महाभारत शृंखलामा वनहरू हुर्कन पाएका छन्। सामुदायिक वन उपभोक्ता समितिलाई वन कुकुरको महत्त्व बुझाउन सक्दा पनि हुर्किरहेका सामुदायिक वनहरू वन कुकुरको नयाँ ठेगना बन्न सक्दछ। स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन तथा सदुपयोग गर्न, पर्या–पर्यटन व्यवसाय सञ्चालन गरेमा वन उपभोक्ता समूहको आयआर्जन समेत वृद्धि हुनेछ।
४. वन्यजन्तुमैत्री संरचना निर्माण गर्नु स् वन कुकुरहरुले सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारी साधनहरुले ठक्कर दिएर घाइते समेत भएका छन्। फ्लाइओभर पुल र कल्भर्टको मुनिबाट वन्यजन्तु पास गर्न सर्ने अन्डरपास, भिलेज रोड ब्रिज, इको ब्रिज, क्यानोपी ब्रिज वा यस्तै पूर्वाधारको माथिबाट ओभर पास संरचना र र्यािम्प, गाइडिङ फेन्स, एभियन डिलफ्लेक्टर वा त्यस्तै किसिमका संरचनाबाट आवातजावत गर्न तथा पानीको स्रोतसम्म पुग्नरनिस्कन सक्ने संरचना बनाउने हो भने पनि वन कुकुरको संख्या वृद्धि गराउन सकिन्छ। वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा सकेसम्म गाइडिङ फेन्ससहित स्थानीय सामग्री प्रयोग गरेर ध्वनि प्रतिरोध गर्ने ढंगले बनाउनु उपयुक्त हुन्छ।
५. पाठ्यसामाग्री तयार पार्नु स् संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, वन कुकुर, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनसम्बन्धी अध्ययन-अध्यापन गराउनुपर्दछ। विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री पार्नु फलदायी हुन्छ।
अन्त्यमा,
मानव जाति र वन्यजन्तुको सम्बन्ध सदिऔं देखिएको हो। एउटा स्वस्थ पारिस्थितीय प्रणालीको लागि सम्पूर्ण जीवजन्तुहरु उत्तिकै जिम्मेवार हुन्छन्। खाद्य चक्रले उनीहरुलाई एउटा साझा जालोमा गाँसेको हुन्छ। पर्यटकको मुख्य गन्तव्य बनेका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरू कमसेकम वन कुकुरमैत्री बनाउ। अतस् ‘मृत अवस्थामा भन्दा जीवित अवस्थामै वन कुकुरहरू अमूल्य छन्, जोगाऔं।’
………………….
लेखक परिचय :
सुजन खनाल : वन्यजन्तुको क्षेत्रमा निरन्तर काम गरिरहेका खनाल पर्सा र ढोरपाटन निकुञ्जमा विगत ७ वर्षदेखि सक्रिय छन्। वन कुकुरको सम्बन्धमा विशेष चासो राख्दै आइरहेका खनाल समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना सुरु गर्ने योजनामा छन्।
राजु झल्लु प्रसाद : विगत ५ वर्षदेखि कला, साहित्य, पर्यावरण र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आइरहेका झल्लु प्रसाद हिमाल दर्पणमा सह-सम्पादकको भूमिकामा छन्।
७ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।
आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।