Friday, 2 April 2021

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु

२१ चैत, काठमाडौं । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् ।

‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनी भन्छन्, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ, जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’

यो पनि पढ्नुहोस बर्दियामा बाघ : संख्या बढ्यो, असुरक्षा पनि बढ्यो 

source https://www.onlinekhabar.com/2021/04/942774

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More