Friday, 2 April 2021

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

२१ चैत, काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।

राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।

ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/04/942786

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More