Friday, 2 April 2021

गोठमा आगो लाग्दा १५ चौपायाको मृत्यु

२१ चैत, जनकपुरधाम । सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।

हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी/बाख्राको जलेर मृत्यु छ ।

आगलागीले तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।



source https://www.onlinekhabar.com/2021/04/942790

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More