२० चैत, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई दिएको हो ।
महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ । ‘राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखी गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न÷नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।
नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ
source https://www.onlinekhabar.com/2021/04/942552
0 comments:
Post a Comment