नेपाली चलचित्र तथा म्यूजिक भिडियो क्षेत्रमा दोश्रो पुस्ताका कलाकारहरुको आगमन भैरहेको छ । पहिलो पुस्ताले यो क्षेत्रमा राम्रै स्थान बनाइसकेपछि दोश्रो पुस्ताले पनि यही बाटो रोज्नु आफैमा सुखद कुरा हो ।
चलचित्र ‘बागमती र एउटा यस्तो प्रेम कहानी’का निर्माताद्धय दिनेश दर्शनधारी र यसोधा राइले पनि आफ्ना सन्तानलाई यो क्षेत्रमा ल्याउने तयारी थालेका छन् । देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रलाई नै करिअर बनाउने तयारीका साथ अगाडि बढेका छन् । घर परिवारबाट नै कला क्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलेको भन्दै देल्बिस र राजले निरन्तर काम गर्ने सोच बनाएको बताए ।
सुरुवातमा म्युजिक भिडियो र त्यसपछि चलचित्रमा काम गर्ने तयारीमा उनीहरु रहेको वुझिएको छ । दिनेश र यसोधाले नयाँ चलचित्रको तयारी पनि गरिरहेका छन् । यी दुइलाई चाडै नै ठूलो पर्दामा डेब्यू गराउने तयारी ट्रि मिडियाले गरेको छ । अहिले यी दुइले नृत्य र अभिनयको प्रशिक्षण लिइरहेका छन् । कला क्षेत्रमा जोडी नै बनाएर अगाडि बढ्ने योजनामा देल्बिस र राज छन् ।
आफूमा क्षमता भएको खण्डमा कला क्षेत्रको मानिस नभएको अवस्थामा पनि अगाडि बढ्न सकिने उनीहरुको तर्क छ । नेपाली चलचित्र तथा म्युजिक भिडियो क्षेत्र शक्तिशाली बन्दै गएको र यसबाट नै भविष्य बनाउन सक्ने देखेर आफूहरु यता आकर्षित भएको देल्बिस र राज बताउँछन् ।
source https://www.onlinekhabar.com/2021/09/1008072






0 comments:
Post a Comment