Monday 27 September 2021

सुटिङ सेटमा फर्किएकी साम्राज्ञी

गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो ।

तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् । उनै, साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् । यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो ।

साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।



source https://www.onlinekhabar.com/2021/09/1019026

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More