Tuesday 28 September 2021

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

१३ गते, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने ।

प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् ।

जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गरेका छन् । त्यसमध्ये जितिया पनि एक भएको उनको भनाइ छ ।

साथै जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन् । उनले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।

 



source https://www.onlinekhabar.com/2021/09/1019771

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More