Sunday 26 September 2021

ओमानसँग नेपाल ७-२ ले पराजित

११ असोज, काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।

कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा ओमानले २-१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ५ गोल गरेको थियो ।

नेपाली टोली आज कतारबाटै माल्दिभ्स जानेछ । साफ अक्टोबर एक देखि १५ सम्म माल्दिभ्समा हुनेछ ।

फोटो : ओमान फुटबल



source https://www.onlinekhabar.com/2021/09/1018902

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More