Tuesday 19 April 2022

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता : आर्मी र एपीएफ उपाधिका लागि भिड्ने

७ वैशाख, धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टीम नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुवै टोली बुधबार भिड्ने भएका हुन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुग्यो । दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो ।

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1112291

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More